
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २७ पुस । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश नं १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसिज, ग्रीन जेनेरेशन, ट्राभल्स सङ्घ झापालगायतका संस्थाले सघाउने भएका छन् । महोत्सवमा ग्रामीण पर्यटनको विकासका लागि टुरिष्ट गाइडसम्बन्धी तालीम,…
महेन्द्रनगर, २७ पुस । बलात्कारपछि हल्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई उनका बुवा यज्ञराजले कुटपिट गरेका छन् । सरकारले घोषणा गरको राहत रकम लिन तयार र डीएनए परीक्षणका लागि रगतको नमुना दिएको भन्दै यज्ञराजले बिहीबार कुटपिट गरेको दुर्गादेवीले बताएकी छिन् । भीमदत्त नगरपालिका– २ उल्टाखामास्थित घरमा बिहीबार बिहान खाना बनाइरहेका बेलामा एक्कासी आएर यज्ञराजले कुटपिट गरेको दुर्गादेवीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुवै छोरी स्कुल गएका थिए, यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’ आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौँ, २७ पुस । दुईदिने औपचारिक भ्रमणका क्रममा बुभबार काठमाडौँ आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रमुख प्रतिपक्ष दलका नेतासँग दुईपक्षीय औपचारिक भेटघाट नगरी फर्केका छन् । परराष्ट्र मन्त्रालयले नभेट्न सुझायो वा उनले आवश्यकता महसुस गरेनन्, यो विषयमा सरकार पक्ष अनभिज्ञ छ । प्रतिपक्ष दल राज्य संयन्त्रमा नदेखिएको भनिरहेको अवस्थामा सदाबहार मित्र एवं दातृ मुलुकको संज्ञा पाएको जापानी राजनीतिक नेतृत्वले सत्ता पक्षसँग दुईपक्षीय औपचारिक छलफल तथा शिष्टाचार भेट गर्दा प्रमुख प्रतिपक्षलाई बिर्सनु अस्वाभाविक हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
काठमाडौं, २७ पुस । रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । बम्जन आश्रमबाट बेपत्ता भएका र बलात्कारसमेत आरोप लगार्ई उजुरी परेपछि सिन्धुपाल्चोक बाडेगाउँ आश्रममा सिल गरी छानबिनपश्चात प्रहरी टोली सिन्धुली आइपुगेको थिए । प्रहरी नायव उपरीक्षक विमल कर्णेल नेतृत्वको टोलीले अनुसन्धानका लागि सिन्धुली प्रहरीका सहायतमा आश्रमका महात्मा गुरु भनिने मकवानपुरका इन्द्रबहादु्र स्याङ्तान र सर्लाहीका गोपाल योञ्जनलाई बिहीबार नियन्त्रण लिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
कृष्णराज गौतम र जमुना धमला काठमाडौँ, २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन् । राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित हुने बताइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्र्ने प्रतिष्ठानले जनाएको छ । बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक…
काठमाडौँ, २७ पुस । नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ । नेपालको दुईदिने भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्नुभएको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा विदेशमन्त्री कोनोले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन जापानबाट सहयोग हुने प्रतिबद्धता व्यक्त भएको थियो । उहाँले दुई देशबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार–विमर्श भएको…
काठमाडौँ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताउनुभएको छ । २९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पृथ्वी नारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालीको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले एकीकरणको अभियानमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने असङ्ख्य ज्ञात–अज्ञात योद्धाहरूप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ…
बिर्तामोड, २७ पुस । मेची उद्योग वाणिज्य संघको शनिबार हुने निर्वाचनमा लोकतान्त्रिक प्यानलको नेतृत्व गदैर् धुलाबारीका पुराना व्यापारी पुनित वंशल अध्यक्षको प्रतिष्पर्धामा छन् । उनले व्यवसायिक हित र व्यपारीको जीतका लागि लोकतान्त्रिक समूह निर्माण गरेर चुनावी अभियानलाई व्यापारी व्यवसायीमाझ पु¥याएका छन् । मंगलबार उम्मेद्वारी दर्ता गरेसँगै अहिले मेचीनगर क्षेत्रमा घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । कांग्रेस र राप्रपाको समर्थनमा लोकतान्त्रिक प्यानलबाट वंशलसँगै १५ जना चुनावी प्रतिष्पर्धामा होमिएक हुन् । प्रचार–प्रसारको अन्तिम समयमा पनि आफ्नो प्यानलको जीत सुनिश्चित भएको दाबी गरेका अध्यक्षका प्रतिष्पर्धी वंशलले मेचीनगरको व्यवसायिक अभिबृद्धि र बृहत्तर सहकार्यका लागि आपूm नेतृत्वको समूहलाई मतदान गर्न भनेका छन् । उनले आफ्नो नेतृत्वको समूहलाई भोट दिनुपनेर्…
बाुधबारे, २६ पुस । विगत २ वर्षदेखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जीवन बिताइरहेका एक ११ वर्षीय बालकसहित लिम्बू परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले सहयोग गरेको छ । बिहीबार बुद्धशान्ति–४ हापेन चोकमा रहेको सो परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले लत्ताकपडासहित खाद्यान्य सहयोग गरेको हो । शारीरिक रुपमा हिँडडुल समेत गर्न नसक्ने ११ बर्षिय आइतराज लिम्बू, उनका ५ महिनाका कान्छा भाइ जसको जन्मदै माथिल्लो पट्टिको ओठ छैन उनीसहित उनकी दिदीलाई जाडोको न्यानो कपडा, २ थान कम्मल र केही खाद्यान्य सहयोग गरिएको जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईंले जनाएका छन् । सोसाइटीका अध्यक्ष सञ्जिल प्रसाईं, उपाध्यक्ष अनिल वाग्ले, सल्लाहकार…
भोजपुर, २६ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको यशोधरा माविको भवन शिलान्यास गर्नुभएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त विद्यलाय भवन जिल्ला आयोजना कार्यान्वयन एकाईमार्फत निर्माण हुन लागेको हो । आयोजना कार्यान्वयन एकाईको ६८ लाख ३५ हजार अनुदानमा चारकोठे पक्की भवन बन्ने भएको हो । भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले विद्यालयलाई प्रदेश सरकारका तर्फबाट पाँच लाख बराबरको बाली विज्ञान कृषि सामग्री खरीदका लागि तत्काल सहयोग उपलब्ध गराउने, पाँच करोड ५१ लाख बराबरको अत्याधुनिक यशोधरा बहुउद्देश्यीय भवन नगरपालिकासँगको लागत साझेदारीमा शुरु गर्न विद्यालयले विस्तृत परियोजना प्रतिवेदन तत्काल तयार गरेमा भवन बनाउने जिम्मा लिने…