झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सप्तरी, ९ माघ । रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको विष्टले बताउनुभयो । प्रहरीलाई देख्नेबित्तिकै चौधरीले फायरिङ गरेका थिए । प्रहरीका तर्फबाट फायरिङ हुँदा मोटरसाइकल पछाडि सवार चौधरी ढलेका थिए भने मोटरसाइकल चालक फरार भए थिए । चौधरीको टाउकोमा गोली लागेको छ । उनको साथबाट एक…

Read More

काठमाडौँ, ९ माघ । भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले आज ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई÷तीन दिन घरमै आराम गर्न सुझाव दिएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । चिकित्सकको सल्लाह अनुरुप अध्यक्ष दाहाल आफ्नै निवासमा आराम गरिरहनुभएको छ । यसैबीच, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आजै सुमेरु अस्पताल पुगी अध्यक्ष दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । अध्यक्ष दाहालले आफ्नो स्वास्थ्य अवस्थाबारे चासो राख्ने शुभचिन्तकप्रति आभार प्रकट गर्दै…

Read More

पशुपतिनगर, ९ माघ । आठौँ राष्ट्रिय खेलकूदका लागि तेक्वान्दो खेलका २४ खेलाडी छनोट गरिएको छ । इलामको रोङ गाउँपालिकास्थित कुटीडाँडामा जिल्ला खेलकूद विकास समिति र जिल्ला तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा खेलाडी छनोट गरिएको हो । छनोट भएका खेलाडीमा ज्ञान गड्तौला, विनोद मुखिया, मिलकुमार सेर्मा, लोकेन्द्र तामाङ, दावा लामा, अविनास गुरुङ, सन्तोष राई, करिना प्रधान, सान्ता खवास, झुमा प्रधान, छुनु राई र कुशुम मगर रहेको तेक्वान्दो सहायक प्रशिक्षक कुमारी राईले जानकारी दिनुभयो । यसैगरी पुम्से विधातर्फ प्रश्ना राई, प्रज्ञा राई, खुस्बु सुब्बा, गौरव सिवा, गणेश सिवा र सन्देश गड्तौला छनोट भएका छन् । छनोट हुनेमा ५४ किलोदेखि ७८ किलो तौल माथिका…

Read More

विराटनगर, ८ माघ । नेपाल तरुण दललका नेताले सरकार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उक्त दलद्वारा आज यहाँ आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उक्त दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले दुईतिहाइको यो बहुमतको सरकार नेपाली जनताको भावना र इच्छाअनुसार अघि बढ्नुपर्छ भन्नुभयोे । दलका महासचिव भूपेन्द्रजन शाही र उपाध्यक्ष उत्तम चापागाईंले सरकारले शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाई भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । उक्त दलका जिल्ला सभापति सञ्जय थापा, गोपाल तामाङ, सिजन गुरुङ र विद्वान गुरुङलगायतले सरकार सुशासनको मार्गमा नहिँडको धारणा व्यक्त गर्नुभएको थियो…

Read More

भोजपुर, ८ माघ । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्रहरीले जनाएको छ । प्रहरीले विकलाई चिचिला गाउँपालिका–५ र राईलाई सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विक कारागार चलान भएका छन् । राईमाथि भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

रवीन्द्र काफ्ले फिदिम, ८ माघ । याङवरक गाउँपालिका–४ सिगेवाका सोमनाथ पोखरेलले व्यावसायिक गाईपालन थाल्नुभएको तीन वर्ष भयो । उमेरले ५७ वर्ष पुग्नुभएका पोखरेलले गाईपालनका लागि सहयोगीहरु समेत राख्नुभएको छ । सात वटा माउ गाई पाल्नुभएका पोखरेलले अहिले दैनिक १४ लिटर दूध बेच्दै आउनुभएको छ । आफ्नो दुर्गम गाउँमा व्यावसायिक गाईपालन र दूध उत्पादन हुन्छ भन्ने उहाँले कहिल्यै सोच्नुभएको थिएन तर, आज उहाँ नै व्यावसायिक रुपमा दूध उत्पादन गर्ने नमूना कृषक बन्नुभएको छ । गाईपालनसम्बन्धी पूर्ण जानकारी हासिल गर्नुभएका पोखरेलले तीन वर्षमा गाईपालनमा कुनै अप्ठेरो भोग्नु परेको छैन । “हामीलाई जिल्ला पशुसेवा कार्यालयले व्यावसायिक पशुपालनबारे तालीम दिएको थियो, तालीमपछि हामीले गाईको…

Read More

बुधबारे, ८ माघ । आनन्देश्वर शिव मन्दिर तथा गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति–१ होक्सेको ४८ औं वार्षिकोत्सवको अवसर पारेर विश्व शान्तिको कामना सहित सञ्चालनमा आइरहेको गुरुकुल पाठशालाको स्तरउन्नती, भवन निर्माण तथा मन्दिर घेराबारा गर्ने उद्देश्यले स्कन्द महापुराण लगाइने भएको छ । यही माध ११ गतेदेखि २१ गते सम्म पं. गणेशप्रसाद दाहालको प्रमुख व्यासत्व तथा पं. लक्ष्मीप्रसाद तिम्सिनाको उपव्यासत्वमा पुराण हुन लागेको प्रचारप्रसार संयोजक हेमन्त बरालले जनाएका छन् । मन्दिरका अध्यक्ष पहलमान बरालको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरी पुराणको तयारी सुरु गरिएको छ । समितिको आर्थिक संयोजकमा कृति थपलिया चयन भएका छन् । त्यस्तै विभिन्न उपसमितिका संयोजक पनि मंगलबारको भेलाले तय गरेको…

Read More

पशुपतिनगर, ८ माघ । इलाका प्रहरी कार्यालय पशुपतिनगरले कैद फैसला भएका सात फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । जिल्ला अदालत इलाममा पेश गरिएको जरिवाना र कैद असुल गर्न बाँकी रहेको १६ लाख ३६ हजार ५२५ रुपैयाँ जरिवाना र एक वर्ष २० दिन कैद भएका सात फरार अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा रु १५ लाख १६ हजार ६८८ जरिवाना र एक वर्ष बन मुद्दामा कैद सजाय तोकिएका रोङ गाँउपालिका–५ इरौटारका ५१ वर्षीय नेत्रबहादुर मगर, चोरी मुद्दामा २० दिन कैद र रु ३७ हजार ८३७ जरिवाना तोकिएका सप्तरी खडक…

Read More

चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो । आउनुहोस्, बदामका चकित पारिदिने फाइदाबारे जानकारी लिऔंः तौल कम गर्छः बदामले तौल कम गर्न निकै मद्दत गर्छ । बदाम खाएको लामो समयसम्म भोक लागेको महसुस हुँदैन । त्यसकारण तपाईंको आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ । एन्टिअक्सिडेन्ट र मिनरल्सले भरपुरः बदाममा एन्टिअक्सिडेन्ट…

Read More

पाल्पा, ८ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई काम गर्न उचित समय भए पनि बहुमतको दम्भका कारण काम हुन नसकेको बताउनुभयो । वर्तमान सरकारले विकास, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न नसकेको उहाँको आरोप थियो । उहाँले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा संवैधानिक परिषद्बाट हुने कानूनी व्यवस्था रहे पनि विपक्षीदलको नेताको अनुपस्थितिमा भएकोप्रति आक्रोशत व्यक्त गर्नुभयो…

Read More