
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २९ पौष । झापाको भद्रपुर नगरपालिकालाई केन्द्र बनाएर खोज पत्रकारिताको विकासका लागि काम गरिरहेको खोज पत्रकारिता मञ्च चन्द्रगढीले पत्रिका वितरणमा संलग्न वितरकहरूलाई न्यानो कपडा प्रदान गरेको छ । आर्थिक अवस्था कमजोर भएर पढाइ खर्च चोहो गर्न बिहान पत्रिका वितरण गरी दिउँसो विद्यालय अध्ययन गर्दै आएका भद्रपुर क्षेत्रका ७ जना किशोरलाई जनही एक थानका दरले जम्पर ज्याकेट प्रदान गरिएको हो । सामाजिक उत्तरदायित्व बोध कार्य अन्र्तगत मञ्चले ७ हजार मूल्य बरावरका कपडा हस्तान्तरण गरेको हो । अध्यक्ष ईश्वर अधिकारी, उपाध्यक्ष उत्तम नेपाल, सचिव द्रोण अधिकारी र सदस्य डिल्लीरमण नेपालको आर्थिक सम्योजनमा खरिद गरिएको कपडा हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका…
ईलाम, २९ पौष। ईलामको चुलाचुली गाउँपालिका–५ मा गए राती जंगली हाती गाउँमा पस्दा अन्दाजी ९५ हजार मूल्य बराबरको क्षति पु¥याएको छ । राती साढे २ बजे जंगलबाट निस्किएको २ वटा जंगली हात्तीले सोही गाउँपालिका बस्ने बुध्दमाया लिम्बुको टिनको बेरा भएको घर भत्काएर अन्दाजी २० हजार, ओमनाथ बस्नेतको भान्सा घर, अन्नपात सहित अन्दाजी १५ हजार, मोहन प्रसाद बस्नेतको काठको बेरा भएको घर, अन्नपात सहित अन्दाजी१० हजार र टिकादेवी अधिकारीको फर्निचर लगायत अन्नपात सहित अन्दाजी ५० हजार मूल्य बराबरको क्षति पु¥याएको हो । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी पोल्टिमारीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा जंगल तर्फ लखेटेको जिल्ला प्रहरी कार्यलय…
मोरङ, २९ पौष । मोरङको विराटनगर महानगरपालिका–१४ मा आइतवार विहान ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जना घाइते भएका छन् । दिउँसो १३.४० बजेको समयमा बुधनगरबाट बिराटनगर जादै गरेको को.२१ प १६१७ नम्बरको मोटरसाईकललाई सोहि दिशा तर्फ जाँदै गरेको ना.५ ख ६५०७ नम्बरको ट्रिपरले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार विराटनगर महानगरपालिका–१८ बस्ने २८बर्षका ओम प्रकाश यादव घाइते भई उपचारको लागि कोशी अंचल अस्पताल विराटनगर पठाइएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा राखिएको छ ।
चन्द्रकला भण्डारी इलाम, २९ पुस । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिनुभएको छ । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै यहाँ आमरण अनशन बस्नुभएको छ । काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशन थाल्नु भएको हो । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा डा केसीको मुख्य मागको ठीक विपरीत छ…
बनियानी, २९ पुस । नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्की पार्थले मान्छेको लक्ष्य र पशुको आवश्यकता नै द्वन्द्व भएको बताउनुभएको छ । झापामा देखिएको मानव–हात्ती द्वन्द्वका विषयमा चर्चा गर्दै झापा क्षेत्र नं. १ का सांसदसमेत रहनुभएका उहाँले अन्य प्राणीमध्ये हात्तीले मान्छेको व्यवहार र उदेश्य सबैभन्दा छिटो बुझ्ने बताउनुभयो । ‘हात्ती धपाउन मान्छेले जुन उपाय अपनाउँछन्, उसले त्यो जुक्ति तीन पटकमा थाहा पाइसक्छ’, नेता कार्कीले भन्नभुयो, ‘अहिलेसम्मको अनुभवले तीन मिटर गहिरो र दुई मिटर चौडाई खाडल नै हात्तीलाई रोक्ने प्रभावकारी उपाय हो ।’ ‘मेची र सिद्धीको सिरानतिर हात्तीले रुचाउने खाना केरा, ठाउँ–ठाउँमा नून र उसले मन पराउने जातको खर लगाइदिनु पर्छ’,…
काठमाडौँ, २९ पुुुस । महानगरीय प्रहरी परिसर काठमाडौँले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ । टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचविखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता होवीन्द्र बोगटीले झोलामा लुकाएर ल्याएका तीन थान बुद्धका मूर्तिसहित उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । भन्सार छलेर ल्याएको सुनसहित पक्राउ परिसरको टोलीले भन्सार छलेर ल्याएको सुनसहित एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ल्याउँदै गरेको अवस्थामा धनकुटाका २८…
तेह्रथुम, २९ पुस । कुनै बेला दलित समुदायले मात्र बजाउँदै आएको नौमती बाजा लोप हुनलागेको भन्दै यहाँका गुरुङ समुदाय तिनको संरक्षणमा जुटेका छन् । बाजा बजाएकै कारण अन्य समुदायबाट अपहेलित हुनुपर्दा गाउँका दलित समुदायले बजाउन छाडेका बाजा सङ्कलन गरेर म्याङलुङ नगरपालिका–७ हरिसे बस्तीका गुरुङ समुदायले बाजा संरक्षणका लागि अभियान थालेका छन् । विशेष गरेर शुभकार्यमा बजाइने यी बाजा दलित समुदायले बजाउन छाडेपछि गाउँघरमा हुने विवाह, ब्रतबन्धजस्ता शुभकार्य सुनसान बन्न थालेका थिए । “लोपोन्मुख लोकबाजा संरक्षण गर्न संरक्षण अभियान थालेका हौँ”, स्थानीयवासी ललितबहादुर गुरुङले भन्नुभयो, “यो कार्यले समाजमा रहेको जातीय विभेदको अन्त्य गर्न पनि सहयोग पु¥याउने हाम्रो आशा छ ।” उहाँकै…
आइफोन किन्ने रहर धेरैलाई हुन्छ । मोवाइल फोनको क्रेज बढिरहेको बेला महंगो आइफोन बोक्ने रहरने एक युवकको जिन्दगी नै खतरामा परेको छ । अहिले उनी जिन्दगीको लागि संघर्ष गरिरहेका छन् । यी युवक चीनका हुन् जसले केही वर्ष अगाडि आइफोन किन्नको लागि आफ्नो एउटा मृगौला बेचेका थिए । त्यतिबेला उनलाई लागेको थियो कि एउटा मृगौलाले काम चल्छ भने अर्को किन चाहियो ? तर, उनको यो गल्तीको सजाय उनले अहिले भोगिरहेका छन् । अहिले उनको अर्को मृगौलाले पनि काम गर्न छाडेको छ । एजेन्सी
मोरङ, २९ पौष । मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–३ दुर्गा चोकबाट शनिवार बेलुका लागूऔषध सहित सुनसरीको चतरा घर भएका २८ वर्षका प्रकाश राईलाई पक्राउ गरेको हो । राईलाई सि.आर.भी. पंजावी पेट्रोल पम्पबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसीक–५ एम्पुल, डाईजेल्याब–५ एम्पुल र फेनारगन–५ एम्पुल फेला पारी बरामद गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।त्यसैगरी मोरङको रंगेली नगरपलिका(५ आँपगाछीबाट लागूऔषध सहित पथरी(शनिश्चरे नगरपालिका–८ बस्ने १९ वर्षका झमक बिष्ट र १६ वर्षका रविन माझीलाई पक्राउ गरेको छ…
काठमाडौँ, २९ पुस । थाइल्याण्डमा जारी महिला टी–२० स्मास–२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेशियालाई छ विकेटले पराजित गर्दैै प्रतियोगितामा दोस्रो पटक हासिल गरेको हो । यसअघि हिजो शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई ६२ रनको लक्ष्य दिएको थियो । बैसठ्ठी रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको नेपालले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो । नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिइन् । त्यस्तै सीता…