
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २८ असार । झापा मुलुकको ५०औँ पूर्ण खोप सुनिश्चित जिल्ला बनेको छ । झापाको भद्रपुरमा बुधबार आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला भएको घोषणा गर्नुभयो । खोप नैसर्गिक अधिकार भएको बताउँदै उहाँले भविष्यको कर्णधारका रुपमा रहेका कुनै पनि बालबालिका खोपबाट बञ्चित हुनु नहुने बताउनुभयो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य झापाका बरिष्ठ जनस्वास्थ्य प्रमुख मधुसूधन कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै २५३ वटा खोप केन्द्रबाट झापामा बर्सेनि १९ हजार ८३५ जना बालबालिका खोप लगाउने जानकारी दिनुभयो । ‘सरकारको बहुबर्षिय खोप योजना अन्तरगत ९० प्रतिशत भन्दा बढी बालबालिकालाई खोपको पहुँचमा ल्याउने लक्ष्य लिएको छ’,…
झापा, २८ असार । झापाको कनकाई नगरपालिका–१ मा सञ्चालित शिव निर्माण सेवा (अलकत्रा उद्योग)मा युवा संघ झापाले लगाएको ताला आज खोलिएको छ । गुणस्तरहीन अलकत्रा उत्पादन गरेको भन्दै युवा संघले उक्त उद्योगमा गत असार २२ गते तालाबन्दी गरेको थियो । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति झापाको रोहवरमा उद्योग सञ्चालकसँग भएको वार्तापछि उद्योगमा लगाइएको ताला खोलिएको युवा संघ नेपालका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले जानकारी दिनुभयो । उहाँले सो उद्योगबाट उत्पादित अलकत्रा प्रयोग गरी निर्माण गरिएका सडकको गुणस्तर जाँच गरिने, उद्योगले आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिने सहमति भएको बताउनुभयो । त्यस्तै, झापाको लक्ष्मीपुर सडक, जयपुर, धरमपुर र कनकाई गरी चार…
चितवन, २८ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताएका हुन् । मुद्दाको अर्को पक्षले के गर्छ भन्ने उहाँहरुकै कुरा भएको भन्दै उनले भने, ‘योभन्दा बढी टिप्पणी गर्नु अहिले उचित ठान्दिनँ ।’ फरक प्रसंगमा उनले प्रदेशका राजधानी तोकिसकिएका ठाउँ नबदल्ने हो कि भन्ने तर्क आएको बताउँदै भने, ‘एक ठाउँमा प्रदेश राजधानी बदल्दा चारैतिर हावा चल्ने हो कि भन्ने चिन्ता राजनीतिक नेतृत्वमा देखापरेको छ ।’ प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशलाई…
विर्तामोड, २८ असार । सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशी रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । बुधबार साँझ खाना बनाउँदै गर्दा उनलाई सर्पले डसेको थियो । सर्पले डसेलगत्तै राजवंशीलाई कनकाई नगरपालिकामा रहेको सहारा सपदंश उपचार केन्द्र लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको बताइएको छ । राजवंशीलाई गोमन सर्पले डसेको थियो । त्यस्तै अढाइ वर्षीया बालिकाको पनि डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –१ निवासी राजु तामाङकी अढाइ वर्षीया छोरी रोविका तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…
फिनल्याण्डको सोन्काजार्भी शहरमा शनिबार श्रीमती बोकेर दौडिने प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा ५३ जना पुरुषहरु आफ्नी श्रीमतीलाई बोकेर एकघण्टा दौडिए र उक्त दृष्यलाई हेर्दै हजारौँ दर्शकहरुले मज्जा लिए । वल्र्ड वाइफ क्यारिङ्ग च्याम्पियनसीपअन्तर्गत योपटक भएको प्रतियोगिता २३ औँ हो । हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ । ४२ सय जनसंख्या भएको उक्त शहरमा हुने श्रीमती बोक्ने प्रतियोगिता हेर्न विश्वभरका हजारौँ मानिसहरु आउने गरेका छन् । अमेरिका, बेलायत, स्विडेन, इस्टोनियालगायतका विभिन्न १३ देशबाट छनोट चरण पार गरेका ५३ जोडीहरु फाइनल चरणको प्रतिस्पर्धामा उत्रिएका हुन् । अन्य ५२ प्रतिस्पर्धीलाई पछि पार्दै लिथुआनियाका भिटाउटास किर्कलियाउस्कासले यो वर्षको स्वास्नी बोक्ने प्रतियोगिताको उपाधि…
यकिना अगाध देशमा लोकतान्त्रिक गणतन्त्र आयो । सबैतिर खुशी र उमंगको दीपावली भयो । सबैजना भन्न थाले– अब दुःख हरण भयो, सुखको दिन आयो । केही समयपछि चुनावको घोषणा गरियो । प्रतिस्पर्धीहरु गाउँ गाउँ पस्यो । पहिला रावण आयो र सीता पुत्री हरण गरेर लग्यो । लगतै राम आयो र हनुमान पुत्र लिएर गयो । त्यसपछि कहिल्यै न रावण, न राम, न सीता, न हनुमान कोही पनि फर्केर गाउँ आएनन् । बेलाबखत खबरहरु मात्र सुनिन्छन् । कहिले सुनिन्छ– रावण पक्षको जीत भएको छ र राक्षसीराज्य गर्दैछन् । कहिले सुनिन्छ– राम पक्षको जीत भएको छ र रामराज्य चलाउँदै छन् । यता गाउँमा…
जारी विश्वकप फुटबलका विभिन्न ६ वटा खेलको सही भविष्यवाणी गर्ने एउटा चिनिया बिरालोको मृत्यु भएको छ । उक्त बिरालोको असामयिक निधनपछि चिनियाँ सोसल मिडियामा हजारौँ मानिसहरुले श्रद्धाञ्जली प्रकट गरेका छन् । बैडियानएर नामको उक्त सेलिब्रेटी बिरालोका सुन्तला रङको भुत्ला थिए । यो बिरालो बेइजिङको फोर्बिडन सिटीस्थित दरबार संग्राहलय परिसरमा बस्दथ्यो । यो बिरालोलाई विश्वकप फुटबलका खेलहरुको भविष्यवाणी गर्नका लागि खेल हुन थालेका दुई देशका झण्डा राखिएको खानेकुरा सहितका दुई भाँडा दिइन्थ्यो । त्यसक्रममा उक्त बिरालोले ६ वटा खेलको सही भविष्यवाणी गरेको थियो । सही भविष्यवाणीका कारण बिरालो चर्चित बनेपछि संग्राहलयले बिरालोको नाममा चिनियाँ सोसल साइट वेइबोमा अकाउन्ट समेत खोलिदिएको थियो…
झापा, २३ असार । झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्रा उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ । युवा संघले गुणस्तरहीन अलकत्रा उत्पादन गरेको भन्दै कनकाई–१ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी गरेको हो । ‘यहाँबाट उत्पादित अलकत्र प्रयोग गरेर निर्माण गरिएका सडक केही समयमै उक्किन थालेका छन्’, युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले भन्नुभयो, ‘गुणस्तरहीन भएको थाहा पाएपछि हामीले तालाबन्दी गरेका हौँ ।’ शिव निर्माण सेवाले उत्पादन गरेको अलकत्र प्रयागे गरिएका सबैजसो कालोपत्रे गुणस्तरहीन भएको युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले बताउनुभयो । उहाँले विकास निर्माणको काममा गुणस्तरहीन वस्तुको प्रयोग गर्न नमिल्ने उल्लेख गर्नुभयो । जिल्लाको…
केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गर्न सक्छ ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ। तर त्यस्तो केही हुँदैन। महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन्। सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन्। मुटुका लागि फाइदाजनक रक्तदान मुटुका लागि राम्रो मानिन्छ। नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि टाढा राख्छ। रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक मानिन्छ। नयाँ रक्तकोशिका बन्छ शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपूर्ण भुमिका हुन्छ। नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ…
गौरीगञ्ज, २३ असार । पशु सेवा शाखा गौरीगञ्जले शुक्रबार गौरीगञ्जको पश्चिमि क्षेत्रका किसानहरुलाई लक्षित गरि एक दिने पशु उपचार शिविर सम्पन्न गरेको छ । वडा नं. ५ स्थित चिल्हारा प्राबिमा सम्पन्न भएको सो सिविरमा हजार भन्दा बढि घर पालुवा पशुहरुको उपचार गरिएको शाखा प्रमुख विनोद साफीले बताएका छन् । शिविरमा विशेषत पशुहरुको बाँझोपन सम्बन्धी रोगहरुको उपचार गरिएको थियो । यस बाहेक सो शिविरमा हार्मोन सम्वन्धी‚ कास्टिङ होल्ड सम्बन्धी‚ कृत्रिम गर्भाधान सम्बन्धी र पशु बन्ध्याकरण सम्बन्धी सेवाहरु प्रदान गरिएको थियो । पशु चिकित्सक दिलिप सापकोटा लगायत शाखा प्रमुख बिनोद साफि डम्वर ठ्ठापा जनक पौडेल घनेन्द्र भण्डारी बलराम ताजपुरिया लगायतका पशु विशेषज्ञ…