झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ७ पुुस । झापाको भद्रपुर नगरपालिका वडा नं स्थित ज्ञानेचोकमा पहिलो पटक चासोक तङ्नाम साँस्कृतिक मेला आयोजना गरिने भएको छ । भूमिपुत्र लिम्बू समुदायको महान पर्व ‘चासोक तङ्नाम’लाई यस वर्ष भव्यरुपमा मनाउने, भूमिपुत्र समुदायको भाषा, धर्म, संस्कार–संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यले स्थानीय भूमिपुत्र लिम्बू समुदायका युवाहरुको सक्रियता एवम् विभिन्न निकाय, संघ–संस्था, उद्योगी–व्यवसायी, नागरिक समाजको सहयोगमा ‘चासोक तङ्नाम साँस्कृतिक मेला’ आयोजना गरिएको शुक्रबार मेला परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मुख्य रुपमा लिम्बू समुदायको संस्कार एवम् संस्कृतिलाई नै उजागर गरिने यो मेला पुस ७ गते शनिबारदेखि ११ गतेसम्म आयोजना गरिने आयोजक चासोक तङ्नाम व्यवस्थापन समितिका अध्यक्ष सुवास लिम्बूले…

Read More

काठमाडौँ, ७ पुस । सभामुख कृष्णबहादुर महराले किरात समुदायको महान पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त किरात समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उधौली पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले यस पर्वले आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । सन्देशमा उहाँले भन्नुभएको छ, “हाम्रो देश बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय समुदायले मिलेर बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक हो । हाम्रो संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ । हामी नेपाली…

Read More

काठमाडौँ, ७ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले किरात जातिको महान् पर्व उधौली तथा ज्यापू समुदायले मनाउने ज्यापु दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली किरात र ज्यापू दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । उक्त अवसरमा आज शुभकामना दिँदै उहाँले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै प्रगतिपथमा अघि बढ्न सबैलाई ऊर्जा एवम् उमङ्ग प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

Read More

विराटनगर, ७ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । किराँत समुदायको महान्पर्व उधौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर) २०७५ को उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले उधौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई एक–आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको छ भन्नुभयो । यस्ता मौलिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउनाका साथै विभिन्न समुदायबीच आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेकोे शुभकामना मन्तव्यमा उल्लेख थियो । उहाँ…

Read More

दाङ, ७ पुस । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उहाँले बताउनुभयो । सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका र उनीहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राति नै कोहलपुरस्थित शिक्षण अस्पताल लगिएकोे थियो । शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । घटनालगत्तै नेपाली…

Read More

बनियानी, ७ पुस । झापाको झापा गाउँपालिकाबाट नाबालक मिठाई दिन्छु भन्दै अप्राकृतिक मैथुन गर्ने एक युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गापा–२ का १८ वर्षीय सन्दिप बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बर्देवाले सोही वडामा ६ वर्षीय एक नाबालकलाई मिठाइ दिन्छु भन्दै ललाइ–फकाइ अप्राकृतक मैथुन गरेका हुन् । बर्देवालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले मेचीनगर–६ स्थित भन्सार गेटबाट लागुऔषध खैरोहिरोइन सहित बिर्तामोड–१ का आरिप महमदलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा प्रहरीले आरिपको साथबाट २ ग्राम खैरो हिरोइन बरामद गरेको…

Read More

बिर्तामोड, ७ पुस । झापाका स्थानीय तहका प्रमुख/ अध्यक्षहरुले ठूलो योजना र सानो बजेट प्राप्त हुँदा योजनाहरु अपलपत्र हुने गरेको बताएका छन् । जिल्ला समन्वय समिति झापाले शुक्रबार आयोजना गरेको वार्षिक कार्ययोजना सम्बन्धी परामर्श गोष्ठीमा उनीहरुले त्यस्तो बताएका हुन् । ‘बजेट अपुग भएपछि योजनाहरु आधा पनि नभई अलपत्र पर्ने गरेका छन्’, उनीहरु भन्छन्, ‘ठूलो योजनाका लागि ठूलै बजेट पाउनु प¥यो ।’ त्यस्तै, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले तीन तहकै सरकारको कामकारबाहीको निगरानी सञ्चार क्षेत्रले गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रले केन्द्र, प्रदेश र स्थानीय तहले गरेका कार्यहरुको निगरानी गरे प्रभावकारी हुने बताउनुभयो । ‘हाम्रो…

Read More

काठमाडौँ, ७ पुस । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् । आज भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् । नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् । आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भए । उनले २० लाख पुस्कार पाए । त्यसैगरी सेकेण्ड रनरअप प्रदेश नं १, झापाका सुमित पाठक भए । उनले १२ लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको थर्ड रनरअप प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन्…

Read More

लमही, ६ पुस । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले…

Read More

तेह्रथुम, ६ पुस । तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि माइभ्याली फुटबल क्लब इलाम र उदयपुर भिड्ने भएका छन् । आज भएको सेमीफाइनल खेलमा उदयपुरले पाँचथरलाई ४–२ र इलामले झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । खेलको पहिलो हाफमा उदयपुरका हेम राईले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफमा पाँचथरका लागि गजिन राईले एक गोल फर्काएका थिए । निर्धारित समयमा एक–एकको बराबरी खेलेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । यस्तै आजै भएको सेमीफाइनलको दोस्रो खेलमा माइभ्याली फुटबल क्लब इलामले जलथल फुटबल क्लब झापालाई २–० ले पराजित गरेको छ । इलामका लागि मनिष…

Read More