झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २३ भदौ । नेपाल बङ्गलादेशबीच भएको ऊर्जा क्षेत्रको सहकार्यसम्बन्धी सम्झौता कार्यान्वयनका लागि ऊर्जा सचिव र सहसचिवस्तरीय समिति गठन भएका छन् । नेपालले यसअघि नै समितिमा रहने पदाधिकारी छनोट गरिसकेको थियो । बङ्गलादेशले पनि समितिमा रहने पदाधिकारीको टुङ्गो लगाइसकेको जानकारी गराएको मन्त्री पुनसँगै बङ्गलादेश भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभएको छ । दुवै मुलुकले समितिमा रहने पदाधिकारी टुङ्ग्याइसकेका छन् । उहाँ भन्नुहुन्छ, “समितिहरुको पहिलो बैठक आगामी अक्टोबरमा काठमाडौँमा राख्न हामीले प्रस्ताव गरेका छौँ, यसबारेमा छिटै जानकारी दिन बङ्गलादेशले भनेको छ ।” सो बैठकमै आयोजनाका विषयमा ठोस छलफल हुने सहसचिव घिमिरेको भनाइ छ । पछिल्लो…

Read More

जाजरकोट, २३ भदौ । जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जिप छ । एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गरेर जिप खरिद गर्नुभयो । उहाँकै छिमेकी कालीबहादुर रोकाले पनि खच्चड बेचेर एउटा ट्याक्टर र एउटा जिप किन्नुभयो । उक्त नगरपालिका– ७ दल्लीबाट वडा नं १३ तल्लुसम्म ट्र्याक्टरबाटै सामान ढुवानी गरेर राम्रो आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । जाजरकोट–डोल्पा सडक डोल्पासम्मै पुगेपछि ध्यार र रोका मात्रै होइन उक्त नगरपालिकाका अधिकांश खच्चड व्यवसायीले पछिल्लो समय गाडी खरिद…

Read More

काठमाडौं, २३ भदौ । राजनीतिक दलका शीर्ष नेताले नै संसद सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै पिर्ता नगरेका छैनन् । समाचारमा उल्लेख गरिएअनुसार, संविधानसभा भंग भएको १० महिना बितिसक्दा पनि नेताहरुले ल्यापटप फिर्ता गरेका छैनन् । यसरी ल्यापटप फिर्ता नगर्नेमा प्रमुख सचेतक र दलका नेता समेत रहेको संसदको स्टोर शाखाका प्रमुख विनोदकुमार मालीको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ । स्टोर शाखा प्रमुख माली भन्छन्, ुयसबारेमा नेताहरुलाई खबर गरिएको छ । उहाँहरुले आफैंले जानेर बुझाउनुपर्ने हो हामीले भनिरहन पनि मिलेन ।ु मालीकै भनाइमा नियमाअनुसार सुविधा लिनु स्वभाविक भए पनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अव्यवहारिक…

Read More

नेपालगञ्ज, २३ भदौ । बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो । झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले उनीसँग यौनजन्य क्रियाकलाप गरेको बिहीबार साँझ प्रहरीमा जाहेरी आएको थियो । बिरामी किशोरीलाई झारफुक गर्ने नाममा ती व्यक्तिले निरन्तर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । आफूलाई साईबाबा भन्ने ती व्यक्तिले झारफुकको बहानामा गत वैशाखदेखि बलात्कार गर्दै आएको पीडितले बयान दिएकी छन् । बाहिर कसैसँग…

Read More

सन्तोष शर्मा झापा, २३ भदौ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नेपालकोे संविधानले सहकारीलाई महत्वपूर्ण रुपमा अघि बढाएको बताउनुभएको छ । झापाको बिर्तामोडमा शुक्रबार हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष बडालले सहकारी क्षेत्रमा संसारको कुनै पनि संविधानमा नेपालमा भएजस्तो व्यवस्था नभएको बताउनुभयो । ‘अन्तर्राष्ट्रिस्तरमा नेपालमा सहकारीका लागि भएको व्यवस्थाको चर्चा हुने गरेको छ’, उहाँले भन्नुभयो । सहकारी मैत्री योजना बनाउन सरकार लागिपरेको र सहकारी क्षेत्रमा लगाइएको कर घटाउने गृहकार्य भइरहेको समेत उहाँले सुनाउनुभयो । सहकारी कर तिर्ने क्षेत्र नभई कर तिर्ने नागरिक निर्माण गर्ने क्षेत्र भएको उहाँले बताउनुभयो । ‘सरकारले सहकारीलाई कर…

Read More

बिर्तामोड, २३ भदौ । प्रहरीले शुक्रबार बेलुका ६ः२० भद्रपुर नगरपालिका–४ स्थित झापा चोकबाट करिब ३० किलोग्राम सुकुमेल बरामद गरेको छ । साइकलमा भन्सार छलेर नेपालबाट भारततर्फ चोरी पैठारी गरिरहेको अवस्थामा प्रहरीले रू ४० हजार मूल्य बराबरको सुकमेल बरामद गरेको हो ।

Read More

बिर्तामोड, २३ भदौ । झापाको मेचीनगर–५ स्थित नकलबन्दाबाट लागुऔषधसहित प्रहरीले बाबुछोरासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–३ बेलडाँगीका २७ वर्षीय बिखबहादुर राई, सोही स्थानका २९ वर्षीय पुकबहादुर कटुवाल र उनका चार वर्षीय छोरा सिमन कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले शुक्रबार बेलुका जेकजाँचका क्रमाका उनीहरुको साथबाट रू ९ हजार बराबरको लागुऔषध लुपिजेसिक, फेनारागन, डाइजोपाम बरामद गरेको हो । पुकबहादुरका छोरा सिमन पनि साथमा रहेकाले तीनै जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रनाउ बस्नेतले बताउनुभयो ।

Read More

रमेश लम्साल ढाका, २३ भदौ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव ९जिएमआर० प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले उक्त आयोजनाको विद्युत् खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराउनुभएको हो । शुक्रबार ढाकास्थित नेपाली दूतावासले गरेको कार्यक्रममा मन्त्री पुनले भन्नुभयो, “विद्युत् खरिद गर्ने निर्णय भइसकेको र अहिले दुई पक्षबीच खरिद दरलगायत अन्य प्राविधिक पक्षमा छलफल भइरहेको यहाँका मन्त्रीले जानकारी दिनुभएको…

Read More

बिर्तामोड, २२ भदौ । झापाको अर्जुधारा नगरपालिकाले ३९ औँ शिक्षा दिवसको अवसरमा २०७४ सालको माध्यमिक शिक्षा परिसद् (एसईई)—मा नगर उत्कृष्ट छात्रा अनजबी ढकाललाई सम्मान गरेको छ । ढकाललाई नगरप्रमुख हरिकुमार राणा, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जानुका गुरागाईं लगायतले नगदसहित सम्मानपत्रले प्रदान गर्नुभएको थियो । छात्रा ढकाल न्यू होप अंग्रेजी स्कूलबाट एसईई परीक्षा ३.७ जीपीए ल्याएर उत्तीर्ण भएकी थिइन् । सम्मानपछि ढकालले आफूलाई हौसला मिलेको प्रतिक्रिया दिइकी छन् ।

Read More

सन्तोस शर्मा झापा, २२ भदौ । खानेपानी मन्त्री बिना मगरले तीन वर्षभित्र घर–घरमा आधारभूत पानी पु¥याइने बताउनुभएको छ । झापाको बिर्तामोडस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को उद्घाटन गर्दै मन्त्री मगरले त्यस्तो बताउनुभएको हो । ‘नेपाल जलस्रोतमा दोस्रो धनी देश हो’, उहाँँले भन्नुभयो, ‘तर, पानीकै लागि नेपालीले धेरै समस्या भोग्नु परेको छ, खानेपानी मन्त्रालयले तीन वर्षभित्र सबै नेपालीको घरमा आधारभूत पानी पु¥याउने लक्ष्यका साथ गृहकार्य गरिरहेको छ ।’ संविधानमा शुद्ध खानेपानीलाई मौलिक अधिकारका रुपमा उल्लेख गरिएकाले शत्प्रतिशत नेपालीको घरमा शुद्ध खानेपानी पु¥याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको मन्त्री मगरले उल्लेख गर्नुभयो । दुषित…

Read More