झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सागर गौतम खुदुनाबारी, २२ भदौ । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार भन्ने नाराका साथ ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यव्रmम अर्जुनधारामा सम्पन्न भएको छ । यसै अवसर पारेर अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखालेले विभिन्न विधामा नगर क्षेत्रका शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरेको छ । अर्जुनधारा नगरपालिकाको पांगणमा आयोजित कार्यक्रमका बीच दर्जनौँ व्यक्तिलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा उत्कृष्ट शिक्षा पुरस्कारबाट बरिष्ठ पत्रकार दिपिन राईलाई नगद ५१ सय रुपैंया सहित प्रंशशा पत्रले जिल्ला समन्वय समितिका सभापति सोम पोर्तेलले…

Read More

सन्तोष शर्मा झापा, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् झापा क्षेत्र नं. १ का सांसद सुरेन्द्र कार्की (पार्थ)ले ‘बालबालिकालाई निःशुल्क दूध’ अभियानको आज शुभारम्भ गर्नुभएको छ । झापाको मेचीनगर–१२ सहरेडाँगीस्थित सरस्वती बाल कल्याण माविका बाल कक्षामा अध्ययनरत् बालबालिकालाई दूध सेवन गराउँदै सांसद कार्कीले अभियान शुभारम्भ गर्नुभयो । ‘धरतीका निम्ति गोबर मल, बालबालिकाको निम्ति एक ग्लास दुध बनेर आउनेछ समाजवाद’ भन्ने नाराका साथ आजदेखि अभियान शुरु गरिएको हो । प्रतिनिधिसभा निर्वाचनताका सांसद् कार्कीले बालबालिकालाई निःशुल्क दूध उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो । सोही प्रतिबद्धता अनुरुप अभियान शुरु गरिएको हो । कार्यक्रममा विद्यालयका ६८ जना बालबालिकालाई दूध सेवन गराइएको…

Read More

विराटनगर, २२ भदौ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्ने बताउनुभएको छ । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकमा विशेष समयमा उहाँले प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले प्रदेशसभामा प्रदेश सदस्यले उठाएको प्रश्नको जवाफ दिने क्रममा गएको साउन २७ गते विराटनगर महानगरपालिकाको कार्यालयभित्र भएको विष्फोटनमा संलग्न व्यक्ति पक्राउ परेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले मोरङको लेटाङस्थित एक विद्यालयमा पानी खाएर बिरामी परेका विद्यार्थी उपचारपछि घर फर्केको र पानी ट्याङ्कीमा मिसाएको विषको विषयमा अझ छानबिन भइरहेको…

Read More

काठमाडौँ, २२ भदौ । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणका विरुद्ध र पेशा रोजगारीको हक, मानवअधिकार एवं सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि सडक आन्दोलन गर्नैपर्ने बाध्यता परेको जनाएको छ । विज्ञप्तिमा सर्वोच्च अदालतको सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको भविष्य अन्योल र अनिश्चित हुन नदिन तिनीहरुको सेवा, शर्त, सुविधा उल्लेख भएको सेवा कानून बनाई कार्यान्वयन गर्नू भन्ने विसं २०६७ माघ २३…

Read More

काठमाडौँ, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताउनुभएको छ । चारदिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीसँग छलफल गर्दै उहाँले भन्नुभयो, “सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल र भारतबीच भएका सम्झौता कार्यान्वयन तथा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउनु भ्रमणको उद्देश्य हो ।” हाल दुई देशबीचको सम्बन्धमा सकारात्मक विकास भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “नेपालमा राजनीतिक स्थिरतासँगै बलियो सरकार बनेको छ, भारतमा पनि बहुमतको सरकार छ, भारतीय प्रधानमन्त्रीको ‘छिमेकीलाई पहिलो’ नीतिअन्तर्गत काम भइरहेका छ । यही अवस्थामा नेपाल–भारत…

Read More

सामान्यतः साना बच्चाहरुले कपडामै पिसाब गर्छन् । जब उनीहरु ठूला हुन्छन्, बिस्तारै दिसापिसाब केहीबेर रोक्न सिक्छन् । तर केही मानिसमा वयस्क भएपछि पनि पिसाब रोक्न नसक्ने समस्या रहिरहन्छ । केही मानिसमा बानीका कारण हुनसक्ने भएपनि अधिकांश मानिसमा यस्तो समस्या रोगका कारण हुन्छ । यस्तो रोगलाई युरिनरी इन्कन्टिनेन्स भनिन्छ । यो दिमागसंग सम्बन्धित रोग हो । यसको लक्षण पार्किन्सन्ससंग मिल्छ, जसमा नचाहँदा नचाहँदै पिसाब निस्कन्छ । के हो युरिनरी इन्कन्टिनेन्स ? पार्किन्सन्समा जस्तै यो रोगमा पनि डिप्रेसनका लक्षण देखिन्छन् । बिरामी तनावमा हुन्छन् र पिसाब रोक्न सक्दैनन् । यसले महिला र पुरुषलाई अलग–अलग तरिकाले प्रभावित बनाउँछ । बच्चामा पनि यो समस्या…

Read More

काठमाडौं, २२ भदौ । पार्टी एकताका क्रममा आफूलाई अपमान गरिएको भन्दै आक्रोषित बनेका झलनाथ खनाल अझै सन्तुष्ट बन्न सकेका छैनन् । तत्कालिन माओवादी र एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन गर्दा खनाल चौँथो वरियतामा पुगेपछि रिसाएका हुन् । उनलाईभन्दा माधवकुमार नेपाललाई अघिल्लो वरियतामा राखेको कुराले खनालको मन झनै कुँडिएको छ । त्यसैले अहिले पनि उनी भन्ने गर्छन्, “मार्यादक्रम तोडेर ममाथि अपमान गरिएको छ । यसरी पार्टी चल्दैन ।” एक टेलिभिजनसँग अन्तरवार्ता दिदैं खनालले पार्टीभित्र अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड मात्रै मिलेर नहुने बताए । कार्यकर्तालाई पनि मिलाउनुपर्नेमा खनालले जोड दिए । “कम्युनिष्ट पार्टीले कसैलाई अन्याय गर्न पाईदैन ।…

Read More

भारतको हैदरावाद पुलिसमा एउटा अनौठो काण्ड आएको छ । जसका कारण पुलिस इतिहास खोतल्न बाध्य भएको छ । मुद्दा हो सुनको लञ्चबाकस चोरीको । उक्त खाजाको डिब्बा केवल सुनबाट मात्र बनेको थिएन, त्यसमा बहुमूल्य हिरा तथा मोतिपनि जडित थिए । उक्त खाजाको डिब्बाका अलावा हैदरावादका अन्तिम सासक मिर उस्मान अली खानको निलम जडित सुनेको चियाकप, रिकापी तथा चम्चा पनि चोरी भएको छ । जम्माजम्मी तिन किलो वजनका सामान चोरी भएका छन् । जसको मूल्य झण्डै ५० करोड भारु पर्ने बताइएको छ । सोमबार मात्र पुलिसले ती बहुमूल्य सामान चोरी भएको जानकारी पायो । आइतबार राति ती सामान चोरी भएको अनुमान…

Read More

बच्चन परिवारको घरमा बुहारी बनेर भित्रिन खुट्टा उचालिसकेकी थिइन् करिश्मा कपुरले । तर, भाग्यमा नलेखिएपछि कसको के लाग्छ ? बलिउड महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन र अभिनेत्री करिश्मा कपुर पाँच वर्षसम्म अफेयरमा रहे । एउटा वैवाहिक समारोहमा उनीहरुको भेट भएको थियो । करिश्माले एक अन्तरवार्तामा हिराको औठी दिएर अभिषेकले प्रेम प्रस्ताव राखेको बताएकी छन् । ‘उनले एक्कासी हिराको औंठी दिएर मलाई प्रपोज गरे, मैले नाई भन्नै सकिनँ,’ उनले भनेकी छन् । पाँच वर्ष लामो अफेयरपछि उनीहरु वैवाहिक सम्वन्धमा बाँधिन तयार भए । दुवैका परिवारले पनि मञ्जुरी दिएपछि उनीहरुबीच ईंगेजमेन्ट भयो । विवाहको मिति तोकिएको थिएन । तर, ईंगेजमेन्टको ४(५…

Read More