
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
उदयपुर, १८ भदौ । जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल सजायको फैसला गरेको छ । न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्ष जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको स्रेस्तेदार रीतबहादुर मगरले बताउनुभयो । २०७४ फागुन २५ गते बेलुका नगरपालिका–३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको बेला चौधरीले जबर्जस्ती पक्रेर घारीमा लगी बलात्कार गरेको अभियोगमा प्रहरीले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
पेशाले मोडेल रहेकी बुल्गेरियाकी क्रिस्टिन कामेनोवा रातारात चर्चित बनेकी छिन् । उनको लोकप्रियता अचानक यतिधेरै बढेको छ कि इस्टाग्रामका फलोअर्स हजारौँ पुगेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुमा पनि उनी छाउन सफल भएकी छिन् । यस्तो चर्चा पाउनुको कारक तत्व चाहीँ उनका नक्कली स्तनहरु हुन् । आफ्नो नक्कली वक्षस्थलका कारण उनले यस्तो उपाधि जितिन् कि दुनियालाई छक्कै बनाइन् । एउटा सुन्दरी प्रतियोगितामा उनले मिस सिलिकन स्टारको उपाधि जितेपछि एकाएक उनको चर्चा चुलिएको हो । स्तन प्रत्यारोपण गरी वक्षस्थलमा सिलिकन कोचेर भिमकाय बनाएकी उनले सुन्दरी प्रतियोगितामा पनि मिस सिलिकन स्टारको उपाधि पाइन् ।नक्कली वक्षस्थलका कारण ब्युटी टाइटल प्राप्त गरेपछि मानिसहरुले उनका बारेमा सोसल…
टोक्यो, १८ भदौ । जापानका प्रमुख तेल आयातकर्ताले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन् २०१५को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग व्यापार गर्नबाट अरु मुलुकलाई पनि रोक्ने गरी गत महिना नयाँ प्रतिबन्ध घोषणा गर्नुभएको थियो । इरानको कच्चा तेल उद्योग र बैंकिङ क्षेत्रमाथि लक्षित गरी दोस्रो चरणका प्रतिबन्ध आगामी नोभेम्बर ५ देखि कार्यान्वयन गर्ने अमेरिकी भनाइ छ । जापानले इरानी तेल आयातलाई निरन्तरता दिने योजना अघि…
खुदुनाबारी, १८ भदौ । झापाको अर्जुनधारा–६ मा नवनिर्मित गाउँघर क्लिनिक उद्घाटन भएको छ । उक्त वडामा समावेशी टोलमा रहेको गाउँघर क्लिनिकको रिबिन काट्दै अर्जुनधारा नगर प्रमुख हरि कुमार रानाले उदघाटन गरेका थिए । गाउँ घर क्लिनिक उदघाटन गरेपछि नगर प्रमुख रानाले भने– गाउँघर क्लिनिकलाई शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि कार्यपालिकाले निर्णय गरी प्रदेश–१ सामाजिक विकास मन्त्रालयमा सिफारिस गरी सकिएको बताए । गाउँघर क्लिनिक संञ्चालन समितिका अध्यक्ष डम्बर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा–६ का अध्यक्ष लोकनाथ गौतम, गोमादेवी लुइटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आर्थिक प्रतिवेदन वाचन मनोरथ पाण्डेले प्रस्तुत गरेका थिए । कार्यक्रममा नवनिर्मित भवन निर्माण गर्ने दाताहरुलाई…
बिर्तामोड, १८ भदौ । झापाको बिर्तामोडमा ‘द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी’ सञ्चालनमा आएको छ । अध्ययनका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड जान चाहने नेपाली विद्यार्थीका लागि परामर्श दिने उद्देश्यले बिर्तामोडमा सातौँ शाखाका रुपमा द नेक्स्टका सञ्चालनमा आएको हो । झापाको बिर्तामोडमा आज पत्रकार भेटघाटको आयोजना गरी द नेक्स्टका निर्देशक खड्गबहादुर ताम्ली लिम्बूले फास्ट ट्रयाक एजुकेशन कन्सल्टेन्सीको सहकार्यमा शैक्षिक परामर्श तथा भाषा शिक्षण गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । ‘नेपाली विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाने क्रम बढेको छ’, उहाँले भन्नुभयो, ‘हामी सत्यतथ्य र सही परामर्श दिएर विद्यार्थी अध्ययनका लागि जाने वातावरण निर्माण गर्छौं ।’ द नेक्सटले अष्ट्रेलियामा रहेका १८ वटा विश्वविद्यालय,…
अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो नेपाल आईडलको सिजन २ यतिखेर चलिरहेको छ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगीता आयोजना भएसँगै यसले खुबै चर्चा पायो । सामाजिक सञ्जाल, युट्युव तिर अहिलेपनि युट्युवको शीर्षस्थानमा आइरहेको हुन्छ । यसैबिच नेपाल आईडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दास यतिखेर देशबिदेशका कार्यक्रमहरुमा निकै ब्यस्त छन् । उनले थुप्रै गीतहरु गाईसकेका छन् । नेपाल आईडलका अन्य बिजेता भन्दा उनले चलचित्रका गीतहरुमा बढी स्वर दिएका छन् । पछिल्लो समय चलचित्रका निर्माता तथा निर्देशकले उनलाई खोज्ने गरेका हुन्छन् । यसैबिच उनले स्वर भरेको ‘रोज’ चलचित्रमा समावेश ‘फूल हैन’बोलको गीत यतिखेर चर्चामा छ । यहि भदौ २२ गतेबाट प्रदर्शनमा…
अमेरिकाको फ्लोरिडामा एक २४ वर्षे युवतीले ६८ वर्षका वृद्धसँग बिहे गरिन् । कुनै गहिरो प्रेम बसेर वा बाध्यताले होइन उनले बिहे गरेको । ती वृद्ध निकै नै धनी रहेको थाहा पाएपछि उनले आफूभन्दा ३ गुणा जेठा वृद्धसँग बिहे गरेकी हुन् । मनग्गे सम्पत्ति भएको बुढासँग बिहे गरेपछि जीवनमा ऐश आराम गर्न पाइन्छ भन्ने लोभले ती युवतीले दुनियाँलाई तीनछक पार्नेगरी बिहे त गरिन् तर जब बिहेपछि जुन सत्यको पर्दा उघारियो त्यसले ती युवती सायद जीवनभर नपखालिने दाग बोक्न बाध्य भइन् । बिहेपछि वृद्ध लोग्नेको बारेमा जब उनलाई यथार्थ कुरा थाहा भयो, तब उनको विस्मातको सीमा रहेन । वास्तवमा जुन वृद्धसँग उनले…
बिर्तामोड, १८ भदौ । काँकडभिट्टा नाकाबाट ठूलो परिणाममा भारतीय रूपैयाँसहित एक नेपाली युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर निवासी ३२ वर्षीय रविन्द्र बज्राचार्य रहेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी हेकुवा राजस्व गुल्म काकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेश घिमिरेका अनुसार बज्राचार्यलाई १२ लाख ८० हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो। मेचीनगर नगरपालिका–६ स्थित भन्सार चेकपोइन्टमा चेकजाँचका क्रममा उक्त रकम फेला पारिको प्रहरीले जनाएको छ। उनले सो रकम भारतबाट नेपाल भित्र्याई काठमाडौं लैजान लागेको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताएका छन्। बरामद गरिएका भारतीय रुपैयाँ ५०, १०० र २०० का नोट छन्। पछिल्लो समय झापा र भारतको पश्चिम…
काठमाडौँ, १८ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एशियाली महिला विकास मञ्चले आज यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक विविधतासहितको सहअस्तित्व अनिवार्य रहेकोमा जोड दिनुभयो । उहाँले नेपालले संविधान र अन्य कानूनमार्फत महिलाको हक अधिकार सुनिश्चितताका लागि राज्यका हरेक निकायमा समानुपातिक समावेशिताको व्यवस्था लागू गरेको बताउँदै मुलुक समृद्धिका लागि महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्तीकरण गर्नु आवश्यक छ भन्नुभयो । विश्वमै महिलामाथि हुने विभेद अन्त्य गर्ने घोषणा गरिए पनि महिलामाथि हुने विभेद कायमै रहेको उल्लेख…
विराटनगर, १८ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझब बमोजिम कारर्बाही गरिने विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले जानकारी दिनुभयो । पाँच प्रतिशत निर्माण कम्पनीका ठेकेदारका कारण अन्य ठेकेदारले पनि दुःख पाएको आफूले महसुस गरेको बताउँदै मन्त्री महासेठले सडक र पुलको निर्माणलाई प्रभाबकारी बनाउन पहल गर्ने र यस्को अनुभूति नेपाली जनताले केही समयपश्चात् मात्र गर्ने चर्चा गर्नुभयो । उहाँले रकम लिई निर्माणमा बदमासी गर्ने निर्माण कम्पनीलाई रु…