
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २ पुस । काठमाडौँ किङ्ग्स–११ यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टोली विराटनगर वारिवर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ क्वालिफायरमा पुगेको हो । विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौँले १७ ओभर ५ बलमा मात्र पाँच विकेट गुमाएर पूरा ग¥यो । काठमाडौँका लागि केभिन ओब्राएनले नटआउट ४५ रन जोडे । प्रदीप साहुले अविजित २१ रन जोडे । विराटनगरका पारस खड्का र भान डेर मेर्वीले दुई÷दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ पाएको पारस खड्काको कप्तानीमा रहेको विराटनगरले…
सान नेपाल गौरादह, २ पुस । आरम्भ फाउण्डेशन झापा च्याप्टरले गौरादहमा मावि स्तरको वृहत विज्ञान प्रदर्शनी हुने भएको छ । आरम्भ फाउण्डेसन झापा शाखा मुख्य आयोजक र विद्योदय शिशु सदन सह–आयोजक रहने गरी यहि पुष ६ र ७ गते उक्त प्रदर्शनी गर्न लागिएको हो । प्रदर्शनी गौरादह २ मा रहेको विद्योदय शिशु सदनमा आयोजना गरिने जनाइएको छ । फाउण्डेशनले सोमवार गौरादहको दुर्गा मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराएको हो । प्रदर्शनीको माध्यमबाट आधुनिक विश्वमा भइरहेका वैज्ञानिक आविस्कार र अनुसन्धानहरुबारे जानकारी दिईने साथै विद्यार्थीहरु बिच प्रस्तुतिकरण र परिचयात्मक क्षमताको विकास गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको बताईएको छ ।…
इलाम, २ पुस । जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा नाच र झापाको सतार नाच प्रदर्शन गरिनाका साथै इलाम र पाँचथरको पर्यटकीय क्षेत्र सन्दकपुरबाट चौरी र घोडासमेत ल्याउने तयारी भइरहेको छ । विश्वमै लोपोन्मुख रातो हाब्रे ९रेडपाण्डा०समेत यहाँ ल्याउने तयारी भइरहेको आयोजक संस्थाका सल्लाहकार धर्म गौतमले बताउनुभयो । पर्यटकको सङ्ख्यामा वृद्धि जिल्लामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।…
सागर गौतम खुदुनाबारी, २ पुस । अर्जुनधारा नगरपालिकाको आयोजनामा संचालित ६ महिने निःशुल्क सिलाई कटाई तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगर स्तरीय संचालित सो तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो । दुईवटा केन्द्रमा प्रशिक्षार्थीले तालिम लिएको महिला तथा बालबालिका शाखाका पवित्रा बाँस्कोटाले जानकारी दिइन । नगरपालिकाले तालिमप्राप्त ४० जनालाई प्रमाणपत्र समेत उपलब्ध गराएको छ । उक्त प्रमाणपत्र नगर प्रमुख हरि कुमार राना र उप–प्रमुख कमला खतिवडाले सहभागिता जनाएका ४० प्रशिक्षार्थीलाई हस्तान्तरण गरेका थिए । तालिम समापन कार्यक्रमका अध्यक्ष रहेका नगर प्रमुख रानाले सिकेको सीप व्यवहारमा उतारेर आयमुलक काम गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । मेसिन…
सप्तरी, २ पुस । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घाइते भएका थिए । घाइते मिश्रको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा गएराति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । मिश्रका श्रीमती, दुई वर्षीय छोरा र बृद्ध आमा बुबा छन् । मिश्रको मृत्युसँगै आक्रोशित स्थानीयवासीले आज राजविराज–कुनौली सडक खण्ड अवरुद्ध पारेका छन् । प्रदर्शनकारीले तत्काल अपराधीलाई…
गौतमबुद्ध बज्राचार्य काठमाडौँ, २ पुस । नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि महिलामा यस्तो आकर्षण बढेको हो । स्वास्थ्य संस्थाहरूबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको ग्रामीण महिला सन्जाल नेपालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । संस्थाका अनुसार गत आर्थिक वर्षमा मात्र गर्भवती भएका ९६ हजार महिलाले सुरक्षित गर्भपतनको सेवा लिएका छन् । नेपालका ग्रामीण भेगसम्म महिलालाई सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न तीन हजारको सङ्ख्यामा चिकित्सक, नर्स तथा अनमीलाई तालिम प्रदान गर्नुका साथै करिब…
काठमाडौँ, २ पुस । नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि आज बिहान शुरु भएको कांंग्रेस महासमिति बैठक केही समयका लागि स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी पदाधिकारी बैठक जारी रहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । पदाधिकारी बैठकमा सहमति पश्चात् विधान मस्यौदाको प्रतिवेदन केन्द्रीय समितिबाट पारित गराई आजै महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर…
३२ रुपैयाँमा मानिसको बिक्रि हुन्छ भन्ने कुरा सायद कसैले पत्याउन सक्दैन । तर भारतको एउटा गाउँमा भने यो नपत्याउने प्रथा चलिरहेको छ । त्यहाँ २० रुपैयाँको भारुमा चेलीहरु बेचिन्छन् । भारतको मध्यप्रदेशस्थित शिवपुरी नामक गाउँको दर्दनाक कथा हो यो । उक्त गाउँमा २० रुपैयाँ भारुको टिकटमा किशोरीहरुको किनबेच हुन्छ । गाउँमा परम्परादेखि चलिआएको धडिचा नामक कुप्रथाका कारण चेलीहरु यस्तो नारकीय बाध्यता भोगीरहेका छन् । गाउँमा चेलीहरुको खरीद बिक्रि गर्ने धडिचा नामक प्रथा रहेको छ । जस अनुसार कुनैपनि पुरुषले २० रुपैयाँ भारु तिरेर गाउँकी कुनैपनि महिलालाई यौन सम्पर्कका लागि खरीद गर्न सक्दछ । उक्त प्रथा अनुसार पुरुषहरु आफ्नै पत्नीलाई २०…
काठमाडौँ, २ पुस । एभरेष्ट प्रिमियर लिग ९इपिएल० को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ । काठमाडौँले पहिलो खेलमा चितवनलाई ६ विकेटले जितेको थियो भने दोस्रो खेलमा ललितपुरसँग १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पोखरालाई पाँच विकेटले तथा चौथो खेलमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले हराउँदै प्ले अफमा स्थान बनाएको थियो । विराटनगरले पहिलो खेलमा ललितपुरलाई तीन विकेटले दोस्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा हराएको थियो । तेस्रो खेलमा भैरहवासँग चार विकेट र चितवनसँग पाँच रनको झिनो अन्तरले…
काठमाडौँ, २ पुस । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गर्नुभएको हो । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गर्नुभएको थियो ।