
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० मंसिर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पु¥याएको छ । आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा (सुप्रिया) खनाल र चार महिने शिशु टीकाराम खनालको सुतेको अवस्थामै जलेर मृत्यु भएको थियो । आज बिहान चारै जनाको जलेको शवको अवशेष सङ्कलन गरेर भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव…
सन्तोष शर्मा बनियानी, १० मङ्सिर । मादक पदार्थ सेवनका कारण अशान्त र कोलाहल हुने गरेको झापा बिर्तामोड–६ स्थित स्यालडाँगी र घण्टीबारी क्षेत्र यतिबेला शान्त र सभ्य बन्दै गएको छ । गाउँघरमा विकृति र अवाञ्छित गतिविधि बढेसँगै स्थानीयबासीले टोल गस्ती गर्न थालेपछि गाउँ शान्त र सभ्य बन्दै गएको हो । रातको समयमा जाँडरक्सी, लागुपदार्थ सेवन गरेर झैझगडा, होहल्ला गर्ने, पसल तथा सटरमा ढुङ्गा हान्ने, चोरी लगायतका अवाञ्छित गतिविधि बढेपछि राति टोल गस्ती गर्न थालिएको टोल गस्तीका संयोजक नवराज मेचेले बताउनुभयो । ‘गाउँटोलमा विकृति बढेपछि एक साता अघिदेखि गस्ती शुरु गरेका छौँ’, उहाँले भन्नुभयो, ‘गस्ती शुरु गरेयता गाउँमा शान्ति छ ।’ गस्ती…
काठमाडौँ, ९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सामान्य विषयवस्तुलाई मुख्य कार्यसूची बनाएर राष्ट्र प्रमुखलाई विवादमा तान्न नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको छलफल कार्यक्रममा नेता पौडेलले राष्ट्रपतिका लागि सवारी साधन किन्ने विषय सामन्य भएको बताउनुभयो । उहाँले सरकारको कामकाजका विषयमा आवाज उठाउन विपक्षी दललाई आग्रह गर्नुभयो । “जनताको भावनाअनुरुप काम भएको छ कि छैन, सरकार के गरेर बसिरहेको छ, त्यस विषयमा खबरदारी गर्नुस्, त्यो उचित हुनेछ,” नेता पौडेलले भन्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता दीपक खड्काले राष्ट्रपतिका लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताउनुभयो । नेपालको गौरवका…
भद्रपुर, ९ मङ्सिर । ‘पूर्वकै पशुपतिनाथ’ अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण, रुद्राभिषेक महायज्ञ र धनधान्याचल महायज्ञ यही मङ्सिर ११ गतेदेखि हुने भएको छ । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको ३६ औंँ वार्षिक अनुष्ठानका अवसरमा महायज्ञ गरिने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । विसं २०२३ मा स्थापित धाममा २०४० देखि प्रत्येक वर्ष बाला चतुर्दशीमा समापन हुने गरी महापुराण एवं अनुष्ठान सञ्चालन हुँदै आएका छन् । यही मङ्सिर २० गतेसम्म चल्ने अनुष्ठानमा देशविदेशका आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटक जलेश्वरधाममा भित्र्याउने लक्ष्य रहेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । अनुष्ठानमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई महाभारतकालीन घटनाक्रम एवम् धामको उत्पतिबारे विद्युतीय…
बनियानी, ९ मङ्सिर । झापामै ‘पहिलो पटक’ भद्रपुर–५ स्थित मेची नदी किनार ‘बिच भलिबल’ (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ । भद्रपुर वडा नं. ५ को आयोजनामा पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ हुन लागेको हो । भद्रपुर नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्कीले नगरमा खेलकुद क्षेत्रको विकाससँगै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताउनुभयो । ‘वडा नं. ५ मेची किनारै किनार भएको वडा हो’, उहाँले भन्नुभयो, ‘विदेशमा नदीको किनारलाई उपयोग गरेर धेरै आम्दानी लिइरहेका छन्, हामीले पनि मेची किनारको बगरलाई उपयोग गर्न सके धेरै सम्भावना छ…
मङ्गलबारे, ९ मङ्सिर । इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्नुभएको थियो । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु शेर्पाले भन्नुभयो । पर्यटकीय दृष्टिकोणले उपयुक्त मानिएको यस क्षेत्रका डाँडाकाँडाबाट आगामी दिनमा उडान गर्न सकिने समेत उहाँको भनाइ छ । शेर्पाले नाम्तोक डाँडाबाट करीब एक घण्टासम्म आकाशमा उडाएपछि घुर्बिसे पञ्चमी बजार नजिकै रहेको ठिङ्गेपुरको पाण्डवधारा नजिक अवतरण गर्नुभएको थियो । उहाँले यसअघि विभिन्न ३८…
भीष्मराज ओझा काठमाडौँ, ९ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ । सोहीअनुसार पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदनसहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा आज केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्नुभयो । मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३…
दमक, ९ मङ्सिर । झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो । तीनकोठे नवनिर्मित घर टिनको छाना, सेन्टर बेरा भएको र प्रत्येक घरमा छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । एउटा घर निर्माणमा रु दुई लाख खर्च भएको निर्माण समितिका संयोजक प्रताप सुब्बाले जानकारी दिनुभयो । गाउँपालिकाले शनिबार एक कार्यक्रम गरी ती नवनिर्मित १२ वटा घर पीडित परिवारलाई हस्तान्तरण गरेको थियो । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नवनिर्मित घरको…
देवेन्द्र खड्का “रहरै रहर बोकेको सहर पो भएछ काठमाडौ” रहरै रहर बोकेर कहिल्यै नथाक्ने सहर भए छ काठमाडौ १ आशा(अभिलाषाहरु मनभरी बोकी धेरै बाटोहरु हुदै उपत्यका छिर्ने सहर भएछ काठमाडौ निस्वार्थ भावनाले तीन करोड नेपालीहरुका लागि शान्ती, समृद्धि र विकासको दिगो योजना बुन्नेहरु भन्दा जाल(झेलको प्रपञ्च बुनेर सिधा(सादालाइ ठग्ने खलनायकहरुको सहर पो भएछ काठमाडौ । स्वार्ग कि परीजस्ती सौन्दर्यतामा सजिएर बस्नु पर्नेमा निथ्रुक्क भीजेकी चरीजस्तै पो भएछ काठमाडौँ पुनर्जीवन प्राप्त होला भनी आशा अनि भरोसा बोकेर गाउँको खेतवारी र हलगोरु बेची अस्पताल आउनेहरुमाथि मरेपछि पनि तमसा गराइ रहने चिकित्सकहरुको सहर पो भएछ काठमाडौँ ।। देशकै मूल्य( मान्यता संस्कार संस्कृति धर्म(परम्पराको…
गौरादह, ९ मंसिर । गौरादह नगरपालिका–१ घर भएका परमेश्वर साह तथा कौसिला साहको परिवारमा अचानक ठुलो बज्रपात परे झैं भएको छ । वहाँहरुको छोरा सुरज साहको दुबै मृगौलामा समस्या देखिएको ले परिवारमा चिन्ता थपिएको हो । सामान्य आर्थिक अवस्था भएका साह दम्पतीलाइ दुबै मृगौलामा समस्या भएर थलिएपछि उपचारको लागि इस्ट मित्र, छरछिमेक र आफन्तलाई गुहार्न बाध्यता जस्तै भएको छ । २७ वर्षीय सुरजले ल्याब असिस्टेन्ट सम्बन्धी अध्ययन गरेका छन् । सानै उमेरमा मृगौलाले काम गर्न छोडेका साहको अहिले डाइलोसिस भइरहेको छ । डाइलोसिस गर्न समेत निकै महंगो भएकोले छोराको उपचारका लागि साह दम्पतीले सबै संग सहयोगको लागि अपिल गर्नुभएको छ…