झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ चैत । सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्मजयन्ती मनाइँदै छ । विशेषगरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदैछन् । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मनुभएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँड्नुभएको जैन ग्रन्थमा उल्लेख छ । अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने महावीरको सन्देश हो । अरुलाई दुःख दिनु पनि एक प्रकारको हिंसा भएकाले त्यसो नगर्न उहाँले शिक्षा दिनुभएको छ ।

Read More

मोरङ, २८ चैत । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम्तीका स्थानीय वासिन्दाले सडक बनेको आफ्नो नम्बरी जग्गाको मुआब्जा मागेको वर्षौं भयो । तर, उनीहरूले अझै मुआब्जा पाएका छैनन् । पूर्व–पश्चिम एसियन राजमार्गअन्तर्गत यो सडक खण्डको वयरवन–९ (थ) को ६४ नम्बर कित्तामा बाटो बनिरहेको छ । १९७० सालमा नापी भएर जग्गा कित्ताकाट भयो । त्यसको ५३ वर्षपछि सडकको लागि जग्गा छुट्याइयो । आफ्नो नम्बरी जग्गामा मुख्य राजमार्ग बनेपछि उनीहरूले मुआब्जा माग्दै धेरै वर्षदेखि संघर्ष गर्दै आएका छन् । अहिले काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीले सडक विस्तार गर्ने योजना बनायो । त्यही कारण त्यहाँका ४१ घरपरिवारको बिचल्ली हुने भएको छ ।…

Read More

डोटी, २८ चैत । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उहाँकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो । मृतक नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शङ्कर नागरी घाइते भएका हुन् । यसैगरी, सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र…

Read More

झापा, २८ चैत । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम आज राति पनि जारी रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक…

Read More

चन्द्र बस्नेत चारआली, २७ चैत । झापा मेचीनगरको चाराआली स्थित पाउ पाथीभरा मन्दिर परिषरमा गत १७ आईतबारबाट आज बुधबार २७ गतेसम्म लगाइएको एघार दिवसीय शिव महापुराण ज्ञान महायज्ञ सम्पन्न भएको छ। पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा लगाइएको एघार दिवसीय शिव महापुराण ज्ञान महायज्ञ २७ गते आज बुधबार सम्पन्न भएको हो । गत १७ गते आईतबार देखी लगाइएको महायज्ञ स्थलमा सम्पुर्ण धर्मप्रेमी महानुभावहरु विभिन्न संघ–सस्थाका प्रमुख तथा प्रतिनिधि , जिल्लाका प्रमुख जिल्ला अधिकारी देखि प्रहरी प्रमुख सम्म त्यस्तै आमा समूह , महिला समूह,भजनकृतन मंडली , उद्योगी –ब्यापारी , शिक्षासेवी, विद्यार्थी , पन्च कन्या , विभिन्न गुरुकुलका महानुभावहरु लाखौंको संङ्ख्यामा…

Read More

झापा, २७ चैत । आर्थिक वर्ष २०८१–८२ को आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको आठ महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनले यस अवधिमा निर्यात बढेर १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा,…

Read More

झापा, २७ चैत । नेपालले सहज जितसहित चार देशीय टी–२० सिरिज सुरुआत गरेको छ । बुधबार सम्पन्न पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको हो । यो नतिजासँगै नेपालले दुई अंक बटुलेको छ । अब नेपालले बिहीबार दोस्रो खेलमा कुवेतलाई चुनौती प्रस्तुत गर्नेछ । कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै १५४ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । अर्का ओपनर आसिफ शेखले ३३ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्‍याएका हुन् । त्यसमा कप्तान रोहितकुमार पौडेलले ३७ र बसीर…

Read More

झापा, २७ चैत । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष शुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभयो । कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही पर्यटनको समृद्ध वर्षका लागि कोशी प्रदेश पर्यटन वर्षले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पर्यटनका नीति, गन्तव्य निर्माणका लागि पर्यटन वर्ष सुरु गरिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताउनुभयो । प्रदेशमा रहेका अनेकौँ पर्यटनको सम्भावनालाई पहिचान गर्न पर्यटन वर्ष…

Read More

नेपालगञ्ज, २७ चैत । बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत जानकी गाउँपालिका–३ स्थित मानपुर नजिक आज दिउँसो रोकेर राखेको ट्याक्टरको ट्रली पछाडि लु. ७८ प ३८५० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा कोहलपुर नगरपालिका–२ का ४५ प्रहरी सहायक निरीक्षक टोपबहादुर बस्नेतको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई ट्रलीमा ठोक्किँदा वर्षीय गम्भीर घाइतेका बस्नेतलाई उपचारका लागि सञ्जीवनी मेडिकल कलेज अफ साइन्सेस नेपालगन्ज पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Read More

कनकाई, २७ चैत । अहिले रोजगारीका लागि विदेशिने युवाको संख्या बढ्दो छ । स्वदेशमै रोजगारीको अवसर नहुँदा दैनिकजसो सयौं युवा खाडीको चर्को घाममा पसिना बनाउन जान बाध्य छन् । बढ्दो युवा पलाउन रोक्न झापाको कनकाई नगरपालिकाले युवालाई आत्मनिर्भर बनाउने अभियान थालेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरका नौ वटै वडाका दुई÷दुई जना युवालाई छनोट गरेर स्वदेशमै गरीखाने बनाउन प्लम्बर र इलेक्ट्रिसियन तालिम दिन थालिएको छ । आजदेखि ४० जना युवालाई ५० दिने प्लम्बर र इलेक्ट्रिसियन तालिम दिन थालिएको नगरपालिकाका रोजगार संयोजक सरोज मैनालीले जानकारी दिनुभयो । कनकाई वडा नं. १ का वडा अध्यक्ष सुशील कुमार पोखरेलको अध्यक्षमा शुरु भएको…

Read More