
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, ९ साउन । सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउपालिका–६ र ७ घुस्कीका बासिन्दा र सशस्त्र प्रहरीबीच तनाव सिर्जना भएको छ । स्थानीय बासिन्दालाई धपाउनका लागि प्रहरीले गोली चलाउँदा दुई जनालाई गोली लागेको छ । सशस्त्र प्रहरीको गोली लागेर हरिनगर–६ घुस्कीका कैजुम मियाँ र महिजान खातुन घाइते भएका छन् । घाइते मियाँ र खातुनलाई उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीले २० राउण्ड हवाइफायर गरेको स्थानीय बासिन्दाले जिकिर गरेका छन् । सशस्त्र प्रहरीले भने आत्मरक्षाका लागि सात राउण्ड हवाइफाइर र अश्रुग्यास प्रहार गरेको जनाएको छ । घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षकसहितको नेतृत्वमा ९० प्रहरी परिचालन गरिएको छ…
झापा, ९ साउन । फुटबलको सवोर्च्च निकाय (फिफा) ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको १० खेलाडीमा पार्चुगलका क्रिष्टियानो रोनाल्डो, अजेर्न्टिनाका लिओनल मेसी, फ्रान्सका केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र राफायल भाराने टपटेन सूचीमा परेका छन् । त्यसैगरी बेल्जियमका इडेन हाजार्ड, केभिन डी बरुएन, इंग्ल्यान्डका ह्यारी केन, क्रोएसियाका लुका मोड्रिच र इजिप्टका मोहमद सलाह सूचीमा परेका छन् । १० जनामा संसारकै महँगो खेलाडी ब्राजिलका नेयमार जुनियर भने पर्न सकेका छैनन् । फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकार र फुटबल समर्थकको मतको…
काठमाडौँ, ९ साउन । राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो । नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पु¥याउन माग गर्नुभयो । उहाँले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गर्नुभयो । अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र…
हालै आफ्ना प्रेमी आयूष्मान देशराजसँग ईंगेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीले फिल्म ‘कथा काठमाडौं’ को एउटा गीतमा भल्गर सिन दिएकी छन् । यसबाट उनले चर्को आलोचना खेप्नु परेको छ । दोस्रो विवाहको तयारीमा रहेकी नायिकाले नायक प्रमोद अग्रहरीसँग दिएको अन्तरङ्ग दृष्य नेपाली दर्शकले सहजै पचाउने खालको छैन । यूट्यूवले समेत यो गीत ‘केही प्रयोगकर्ताहरुका लागि अनुपयुक्त’ रहेको भन्दै उमेर कन्र्फम गरेर मात्रै हेर्न सकिने बनाएको छ । अश्लिल र आपत्तिजनक खालका भिडियोहरुमा यूट्यूवले यस्तो गर्छ । यूट्यूवमा गीतमाथि थुप्रै नकारात्मक प्रतिक्रियाहरु आएका छन् । ती प्रतिक्रियाहरु बढि प्रियंकामाथि नै फोकस छन् । धेरैले उनलाई अश्लिल गाली गरेका छन् । कतिपयले पोर्न…
काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा आज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौँ सभामा उहाँले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ त्यसैअनुसार शिक्षण संस्था स्थापना गर्नुपर्ने बताउनुभयो । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाणपत्र व्यक्तिका लागि गौरवभन्दा पनि पीडाको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “चाहिएको छ कृषिविज्ञ प्रमाणपत्र छ अरू नै विषयको, यस्तो भएपछि मान्छे बेरोजगार हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अनि प्रमाणपत्र पाउँदाको उत्साह केही दिनमै पीडामा परिणत हुन्छ ।” सरकारले सबै क्षेत्रको अध्ययन गरेर कहाँ कति जनशक्ति आवश्यक छ सोही…
५ पटक सांसद् तथा मन्त्रीसमेत भइसकेका एक व्यक्तिले जीवनमा ५८ वटी महिलासँग बिहे गर्लान् भन्ने कल्पना सायदै गर्न सकिएला । तर बागुन सुम्ब्रुइ नामका व्यक्तिले भने धेरै सांसद् तथा मन्त्रीले गर्न नसकेको काम गरिदिए । उनले आफ्नो जीवनकालमा ५८ जना श्रीमती भित्राए । उनले यतिधेरै पत्नी बनाए कि जीवनको अन्तिम समयसम्म आइपुग्दा उनलाई आफ्ना सबै पत्नीको नामसम्म याद थिएन । यस्ता कीर्तिमानी सांसदको गत जून २२ मा मृत्यु भएको छ । भारतको झारखण्ड राज्यको पहिलो विधानसभा उपाध्यक्ष बागुन सुम्ब्रुईको हालै ९६ वर्षको उमेरका निधन भएको छ । श्रीमतीका धनी यी पूर्वमन्त्री तथा पूर्व सांसद् निकै सादा जीवन व्यतित गर्दथे ।…
कुनैबेला बलिउडको चर्चित र राम्रो जोडीको रुपमा रहेको रणवीर कपुर–दीपिका पादुकोणको केही वर्ष पहिले नै ब्रेकअपप भएर अलग्गिएका छन् । तर यो ब्रेकअपको जिम्मेदार को हुन् भन्ने खुलासा भने एक इन्टरभ्युमा दीपिकाले गरेकी छिन् । दीपिकाले रणवीरको नामै नलिइकन आफ्नो सम्बन्ध टुट्नुको दुःख व्यक्त गरिन् । एक इन्टरभ्युमा दीपिकाले भनिन् ‘मैले उस्लाई रङगेहात पक्रेको थिए, यहि त्यो समय थियो जब मैले सबै इमोशन भुलेर अलग हुने निर्णय गरे ।’ मेरो लागी कसैको पर्सनल हुनु शारीरिक सम्बन्ध जरुरी छैन । मलाई लाग्छ यसको लागी आफ्नो भावनासँग जोडिनु महत्वपुर्ण छ । म यस्तो सोच्छु, सबैको सोच यस्तो होस् यो जरुरी छैन ।…
काठमाडौँ, ९ साउन । आगामि भदौ ३० गते अर्थात सेप्टेम्बर १५ देखि संयुक्त अबर इमिरेट्स, युएईमा आउँदो सुरु हुने एसिया कप क्रिकेट २०१८ को खेल तालिका सार्वजनिक भएको छ । सेप्टेम्बर २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट मान्यता प्राप्त पाँच देश र छनौट भएर जाने एक गरी ६ देशले प्रतिस्पर्धा गर्ने छन् । नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबिच छनौट प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाको विजेताले एसिया कपमा स्थान बनाउने छ । यसको विजेता टिमले एसियाका टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्न पाउने छन् । भारत र पाकिस्तान समूह ए मा छन् । छनौट…
काठमाडौँ, ९ साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले प्रा डा केसीले उठाउनुभएका माग पूरा गर्न कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सरोकार भएका सबैको सहभागितामा माथेमा आयोग गठन गरेको र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा सो आयोगको मर्मअनुसार चिकित्सा शिक्षा अध्यादेश जारी भएको जानकारी दिनुभयो । कार्यक्रममा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाले प्रजातन्त्र, जनअधिकार र प्रेस स्वतन्त्रताका लागि आजीवन संघर्ष…