
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
रुकुम, २ पुस । रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको विषाक्त रक्सी सेवन गरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । “मृतकले ओरेञ्ज नाम लेखिएको बजारमा पाइने रक्सी खाएर सुतेको पाइयो”, उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले भन्नुभयो, “उक्त रक्सीकै कारण उनीहरुको मृत्यु भएको हुनसक्छ, यसबारेमा थप जानकारी भने शव परीक्षण पछि आउने छ ।” मुसिकोट नगरपालिका–१२ जुम्लावाङको एक विवाहमा सहभागी हुन आएका…
काठमाडौं,२ पुस । सरकारले कर्मचारी समायोजन अध्यादेशमा कर्मचारीहरुको गुनासो सुनुवाइ गर्न गुनासो व्यवस्थापन समिति गठन गरेको छ । अध्यादेशको व्यवस्थामा कुनै अस्पष्टता र गुनासो भएमा त्यस्ता गुनासा सुन्ने र समायोजन प्रक्रियालाई गुनासोरहित बनाउन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, कानून न्याय तथा स्रसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयका उपसचिव सदस्य रहेको समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा सामान्य प्रशासन मन्त्रालयका आन्तरिक व्यवस्था शाखाका उपसचिव रहेका छन् । पुस १ गते गठन भएको समितिले काम सुरु गरिसकेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । ‘कर्मचारीहरुका व्यक्तिगत तथा सामूहिक गुनासोहरु सुन्ने, छलफल गर्ने तथा…
काठमाडौं, २ पुस । खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ । बहुराष्ट्रिय कम्पनीहरुले टे«ड मार्क चोरीको उजरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो । उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि नक्कली पुष्टि भएको हो । उजुरीको आधारमा विभिन्न स्थानमा छापा, बिल भर्पाइका आधारमा अनुसन्धान गर्दा ट्रेड मार्क चोरी गरिएको पाइयो, विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने, बढी चलेका ब्रान्डका नाम चोरी गरिएका सामान बिक्री भएको पाइयो । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
कामठाडौं, २ पुस । कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमनले फिर्ता पठाईदिएको छ । श्रम स्वीकृति नलिइ गएका उनीहरुलाई अध्यागमनले नाम, पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्र्काको हो । वैधानिक कागजात नपुर्याई विदेश उड्न खोज्नेलाई अध्यागमनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ । मलेसियाका लागि औंठाछाप लगाएको प्रक्रिया गर्ने कम्पनी भीएलएलनविरुद्ध कानुनी कारबाही थालिएयता कामदार भिसामा मलेसिया जान सरकारले रोकेको छ । मलेसिया कामदार भिसासहितको पासपोर्ट लिएर गएका चार जनालाई बिहीबार पनि अध्यागमनले फर्काईदिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, २ पुस । पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्रयाकिङ सिस्टम’ प्रयोग ल्याउने तयारी गरेको छ । इन्डियन आयल कर्पोरेट (आइओसी)बाट सेक्युरिटी लकिङ सिस्टम जडान गरेर निगमको विराटनगर डिपोमा आएको ट्यांकरबाट २५ सय लिटर डिजल चोरी भएको घटना सार्वजनिक भएपछि यो प्रविधिमा पनि प्रश्न उठेको छ । अहिले प्रयोगमा ल्याएको लकिङ सिस्टममा पनि छिटपुट चोरीका घटना भएपछि निगमले अझ उन्नत प्रविधि प्रयोग गर्ने रणनीति बनाएको हो । आजको नागरिक दैनिकमा खबर छ ।
केशवराज भण्डारी झापा, २ पुस । झापामा व्यावसायिक कुखुरा पालन गर्ने कृषकहरुले ‘चिक्स होली डे’ घोषणा गरेका छन् । नेपाल कुखुरा पालक किसान संघ झापाले पत्रकार सम्ंमेलनको आयोजना गरी सो घोषणा गरेका हुन् । जस अन्तर्गत पुस १ गतेदेखि झापा जिल्लाभर रहेका कुखुरा पालक कृषकहरुले खोरमा चल्ला नहाल्ने निर्णय गरेका छन् । नेपाल कुखुरा पालक किसान संघ झापाका अध्यक्ष राजन पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ का वडा सदस्य माया खाती र लक्ष्मी महतरा, नेपाल कुखुरा पालक किसान संघ कनकाई नगर समिति सचिव सिर्जना कटुवाल, बिर्तामोड अध्यक्ष सौरभ सुमन प्रसाईं, हल्दिबारीका संयोजक किशोर आचार्य लगायत…
भद्रपुर, २ पुस । वीरता जेसिजले ३८औँ साधारणसभाका अवसरमा दुई वटा पुरस्कार वितरण गरेको छ । झापाको विर्तामोडमा आयोजित कार्यक्रममा मदन ढकाल स्मृति वीरता जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कारबाट लक्ष्मी काफ्ले सम्मानित हुनुभएको छ । उहाँ ‘नयाँ पत्रिका’ दैनिकको झापा समाचारदाता हुनुहुन्छ । त्यस्तै, दीलकुमार स्मृति वीरता जेसिज सक्रिय पूर्वअध्यक्ष पुरस्कार संस्थाका पूर्वअध्यक्ष विनोद बस्नेतलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही १५ हजार ५०० रहेको जेसिजका अध्यक्ष एकराज गिरीले बताउनुभयो । भद्रपुर जेसिजको भवन निर्माणका लागि वीरता जेसिजले ११ हजार ५०० सहयोग प्रदान गरेको छ । वीरता जेसिजको अधिवेशनबाट सन् २०१९ का लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया…
दमक, २ पुस । दमकस्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालले अक्षयकोषमा सहयोग जुटाउने उद्देश्यले आइतबारदेखि श्रीमद् भागवत महापुराण शुरु गरेको छ । महापुराणको आज दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले उद्घाटन गर्नुभयो । प्रतिष्ठानले स्थापना गरेको रु एक करोडको अक्षयकोषमा थप रकम जुटाउन महापुराण शुरु गरिएको पुराण आयोजक समितिका संयोजक वाइएन चम्लागार्इंले जानकारी दिनुभयो । यसअघि चार पुराण सम्पन्न भएको छ । पुराणबाट अक्षयकोषमा ८३ लाख जम्मा भएको प्रतिष्ठानका अध्यक्ष सीताराम खतिवडाले बताउनुभयो ।
दमक, २ पुस । भूटानी शरणार्थी शिविरमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आइतबारदेखि शुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १५५ खेलाडी सहभागी छन् । विभिन्न १३ तौल समूहमा महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । आइतबारको खेलमा भूटानले १३, नेपालले १० र भारतले एउटा स्वर्ण पदक जितेको छ । प्रतियोगितामा विश्व कराँते फेडरेशन, एशियाली कराँते फेडरेशन, नेपाल कराँते फेडरेशनका वरिष्ठ प्रशिक्षक र निर्णायक सहभागी रहेको प्रशिक्षक डम्बर मुखियाले जानकारी दिनुभयो ।
काठमाडौँ, १ पुस । विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिनुभयो । नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् । महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो ।…