
दमक, २ पुस । भूटानी शरणार्थी शिविरमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।
प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १५५ खेलाडी सहभागी छन् । विभिन्न १३ तौल समूहमा महिला र पुरुष खेलाडीले प्रतिष्पर्धा गरिरहेका छन् । आइतबारको खेलमा भूटानले १३, नेपालले १० र भारतले एउटा स्वर्ण पदक जितेको छ ।

प्रतियोगितामा विश्व कराँते फेडरेशन, एशियाली कराँते फेडरेशन, नेपाल कराँते फेडरेशनका वरिष्ठ प्रशिक्षक र निर्णायक सहभागी रहेको प्रशिक्षक डम्बर मुखियाले जानकारी दिनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
