
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धनुषा, ३ पुस । गणेशमान चारनाथ नगरपालिका ५ सढियामा सात वर्षीया बालिकामाथि बलात्कार भएको छ । घरमै रहेकी बालिकालाई सोमबार राति १० बजे स्थानीय २५ वर्षका रोशन बस्नेतले चकलेट दिने बहानामा घरबाट पर उखुघारीमा लागि बलात्कार गरेको प्रहरीले जनाएको छ । बालत्कृत बालिकाको अवस्था गम्भीर भएपछि स्थानीय स्तरमा उपचार सम्भव नहुँदा थप उपचारको लागि राति नै वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । उहाँका अनुसार बलात्कार गर्ने युवक बस्नेतलाई राति नै पक्राउ गरी मेडिकल परीक्षणको लागि बालिकासँगै धरान पठाइएको छ । यसरी भयो घटना स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टिविहीन…
‘कागजपत्र’को निर्माण टिमले यो चलचित्रको प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र चैत्रको ८ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति तय गर्दै यसको फस्टलुक पनि सार्वजनिक गरिएको हो । चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ । इपी इजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्रलाई अपिल बिष्टले लेखन तथा निर्देशन गरेका हुन् । सामाजिक कथामा तयार भएको यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने निर्देशक बिष्टले बताए । निर्देशक बिष्टको डेब्यू चलचित्र बक्स अफिसमा असफल भएकाले पनि उनका लागि ‘कागजपत्र’ विशेष छ ।
काठमाडौं, ३ पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशको लागि आज ललितपुर प्याट्रिएटस र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा दिउँसो एक बजे सुरु हुने खेलमा दुवै टिम जित हात पार्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहेका छन् । ललितपुर लिग चरणमा शीर्ष स्थानमा रहँदा लिगको दोस्रो स्थानमा रहँदै काठमाडौंले क्वालिफायर्स राउण्डमा स्थान बनाएको थियो । लिग चरणको खेलमा भने ललितपुरले काठमाडौंलाई १० विकेटले पराजित गरेको थियो । यही जितलाई निरन्तरता दिने लक्ष्यमा ललितपुर छ । काठमाडौं भने हारको बदला लिने दाउमा रहेको छ । यो राउण्डमा जित्ने टिम फाइनल प्रवेश गर्ने छ भने पराजित टिमले…
काठमाडौं, ३ पुस । पूर्व प्रधानमन्त्री डा. तुल्सी गिरीको निधन भएको छ । कलेजो सम्बन्धी रोगबाट पिडित गिरीको आफ्नै निवास बुढालिकण्ठमा निधन भएको हो । ९३ वर्षका गिरी राजाको शाषनको समयमा मन्त्रीपरिषदको उपाध्यक्ष समेत बनेका थिए । नेपाली कांग्रेसबाट राजनीति सूरु गरेक गिरी राजा महेन्द्रसँग सम्बन्ध बनाई पंचायत प्रवेश गरेका थिए । पंचायती व्यवस्थाका हार्डलाईनरका रुपमा चिनिएका गिरी ०३६ सालमा राजा महेन्द्रले गराएको जनमत संग्रहमा असहमति राख्दै ज्ञानेन्द्रले सत्ता हातमा नलिएसम्म श्रीलंका बसे । २ छोरा र २ छोरीका पिता गिरी जिवनभर पंच भएर बाँचे ।
काठमाडौं, ३ पुस । नेपाली कांग्रेसमा अब ११ जना पदाधिकारी हुने भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेललेको प्रस्तावअनुसार सभापति शेरबहादुर देउवा पक्ष विधानमा पदाधिकारीको संख्या बढाउन सहमत भएपछि विधानमा सहमति जुटेको छ । सहमति जुटेपछि आजै केन्द्रीय पदाधिकारीको बैठकबाट पारित गराएर सो विधानको मस्यौदालाई महासमिति बैठकमा पेस गरिने काँग्रेस स्रोतले जानकारी दिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विधानमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार हालको पदाधिकारी संख्या बढाएर ११ पुर्याइने भएको छ । सभापति, २ उपसभापति, तीन महामन्त्री, चार सह–माहामन्त्री र एक कोषाध्यक्ष हुनेछन् । पौडेल पक्ष पदाधिकारी बढाउनु पर्ने अडान रहेका कारण महासमिति बैठक शुरु भइसक्दा…
काठमाडौँ, ३ पुस । उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै यौनिक शिक्षा प्रारम्भ गर्न आवश्यक रहेको सुझाव दिएको छ । सो संस्थाले घर र समाजबाटै त्यस्तो शिक्षाको खाँचो औँल्याएको हो । विद्यालय तहमा यौनिक शिक्षालाई थप प्रभावकारी तुल्याउँदै समाजलाई पनि सजग तुल्याउन सचेत हुनुपर्ने उक्त संस्थाका अध्यक्ष ज्योत्सना लुमले बताए । “यौनिकता भनेको यौन सम्पर्क मात्र नभएर यौन अवस्थामा…
वीरगञ्ज, ३ पुस । पर्सामा तस्करहरूले प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएका छन् । मंगलबार बिहान ३ बजेको समयमा नेपाल भारत सीमानाकामा पर्ने पर्साको जगननाथपुर गाउँपालिकास्थित पाँडेपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको भन्ने सूचनाका आधारमा तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि उल्टै आक्रामण भएको हो । आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । पर्साका एसपी रेवती ढकालले तस्करले मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको डिजेलसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जानकारी दिए ।
भद्रपुर, ३ पुस । भदौ १ गतेबाट कार्यान्वयनमा आएको अपराध संहितालाई बस्तुनिष्ठ र प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ सरकारी वकिलहरूको राष्ट्रिय भेला पौष ८ गतेबाट काठमाण्डौमा सम्पन्न हुने भएको छ । झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसित अन्तरक्रिया गर्दै पुरानो मुलुकी ऐन विस्थापित गरी कार्यान्वयनमा आएको अपराध संहिताको कानुनी प्रावधानका कतिपय अस्पष्टता हटाउन भेला सफल हुने जानकारी दिएका हुन् । पन्तका अनुसार सो भेलामा २५ वटा कार्यपत्र प्रस्तुत हुने छन् भने सरकारी वकिलको क्षमता अभिबृद्धि भइ बस्तुनिष्ठ न्याय सम्पादनका लागि वकालत सवल बन्ने छ । सो कार्यक्रममा देशभरका ४ सय हाराहारी सरकारी वकिल सहभागी हुने छन् भने ८०…
केशवराज भण्डारी झापा, ३ पुस । झापा अर्जुनधारा नगरपालिका कृषि शाखाको आयोजनामा कृषकहरुलाई अध्ययन अवलोकन भ्रमण गराएको छ । नगरभित्रका ३० जना कृषक दुइजना वडा अध्यक्ष, कृषि विकास शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको भ्रमण कार्यक्रम झापाको गौरादह नगरपालिका वडा नं. ६ मा रहेको महारानिझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित बिउ प्रशोधन केन्द्र र नमुना एकीकृत सहकारी खेतीको अध्ययन अवलोकन गरी फर्किएको छ । अध्ययनका क्रममा सहकारीले गरेको चाक्लाबन्दी खेती र त्यसको अवधारणाका विषयमा एकीकृत नमुना खेतीका अध्यक्ष वेदनिधि चापागार्इंले सुझाएका थिए । विभिन्न प्रविधिबाट गरिएको सहकारी खेतीमा ८२ बिगाहा जमिन लिजमा लिई व्यावसायिक गाई पालन, अचार उद्योग,…
काठमाडौँ, ३ पुस । सातवटै प्रदेशका उपसभामुखले पद दिइए पनि अधिकार नदिएर आफूहरुलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् । सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरुले गुनासो गर्दै लामो संघर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोपसमेत लगाए । प्रतिनिधिसभाका उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताउनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।