झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

हल्दिबारी, २८ मंसीर । नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दिबारीले रजत महोत्सव तथा उपशाखा सभा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । उपशाखा सभापति कर्णाखर प्रसाईको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्य भक्त खवासको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरुलाई सम्मान, विभिन्न कविता, गीत तथा मुक्तक वाचन गरी रजत महोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा हल्दिबारीमा रेडक्रस स्थापनामा महत्वपूर्ण योगदान पुर्याएका स्वर्गिय खगेन्द्र कार्कीलाई मरणोपरान्त सम्मान गरिएको छ । कार्कीको सम्मानपत्र उहाँका बुबा नरेन्द्र कार्कीले ग्रहण गर्नुभएको थियो । त्यस्तै यसअघि उपशाखाको नेतृत्व गर्ने सभापतिहरु रेवतिरमण नेपाल, इन्द्रबहादुर कार्की, सोमबहादुर तामाङ र कुमार राईलाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो…

Read More

सागर गौतम अर्जुनधारा, २८ मंसिर । ‘माटो नै मानव जीवनको मूल्य आधार हो’ भन्ने मूल नाराका साथ अर्जुनधारा नगर क्षेत्रमा एकदिवसीय निशुल्क माटोको नमूना परीक्षण शिविर सम्पन्न भएको छ । माटोमा उत्पादन क्षमता निकै कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको नगर प्रमुख हरि कुमार रानाले बताउनुभयो । अर्जुनधारा नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी परीक्षण गरेको हो । अर्जुनधारा नगरपालिका नगर कार्यपालिका कृषि विकास शाखा, शनिश्चरेको आयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला…

Read More

काठमाडौँ, २८ मङ्सिर । साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उहाँले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ । निर्माता विष्टले छ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्र निर्माण लागत रु ६५ लाख रहेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ काठमाडौँका सभापति सन्तराम बिंडारीले जीवन्त कथा वस्तुमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै…

Read More

यज्ञराज आङ्देम्बे दमक, २८ मङ्सिर । भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरीपछि अहिले झापा पनि भारतीयका लागि सुरक्षित अपराधस्थलका रुपमा चिनिन थालेको छ । खुला सीमाको फाइदा उठाएर पछिल्लो समय यस क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका शृङ्खलाबद्ध जघन्य अपराधका घटनामा भारतीय र सीमा क्षेत्रका नेपालीको समेत मिलोमता देखिन थालेको छ । भारतीयसँग नाता सम्बन्धका साथै आर्थिक लेनदेनसम्म हुने गरेपछि आवतजावत बढ्दै जाने र विस्तारै…

Read More

बनियानी, २७ मंसिर । झापामा सवारी साधनको चाप बढी हुने समयमा पुस १ गतेदेखि ट्रिपर सञ्चालनमा रोक लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा पुस १ गतेदेखि ट्रिपर सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार विद्यालय र स्वास्थ्य संस्था रहेका क्षेत्रमा ट्रिपर सञ्चालन गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, विभिन्न राजनीतिक दल, ट्रिपर तथा निर्माण व्यवसायी लगायतको सर्वपक्षीय बैठकपछि बुधबार उक्त…

Read More

अभिनेत्री दीपिका पादुकोणका साथ विवाह गरेका अभिनेता रणवीर सिंह अहिले काममा फर्किसकेका छन् । फिल्म ‘सिम्बा’को ट्रेलर सार्वजनिक भएसँगै अहिले रणवीर सिंह यस फिल्मको प्रमोशनमा व्यस्त छन् । यस फिल्ममा रणवीर सिंहका साथै अभिनेत्री सारा अली खानको पनि अभिनय रहेको छ । फिल्मको ट्रेलरमा रणवीर सिंहका साथै अभिनेता अजय देवगनलाई पनि देख्न सकिन्छ । फिल्म ‘सिम्बा’ को ट्रेलरमा अभिनेता अजय देवगन सिंघमको अवतारमा इन्ट्री गरेको देखाइएको छ । आफू अभिनित फिल्ममा अजय देवगनको यस किसिमको इन्ट्री रणवीर सिंहलाई भने चित्त बुझेको छैन । खबरहरुका अनुसार रोहित शेट्टी निर्देशित यस फिल्मको ट्रेलरमा अजयको इन्ट्रीले दर्शकको ध्यान अजयमाथि नै गएकाले रणवीर सिंहले…

Read More

काठमाडौँ, २७ मङ्सिर । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवाद’ को आज विमोचन गर्दै उहाँले काङ्ग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा काङ्ग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गर्नुभएकोे लोकतान्त्रिक समाजवाद आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै पूर्वराष्ट्रपति…

Read More

ताप्लेजुङ, २७ मंसिर । ताप्लेजुङको सिदिङवा गाउँपालिका–२ सादेवामा खरबारीबाट लडेर १ जनाको मृत्यु भएको छ । गत मंसिर २२ गते शनिवार दिउँसो पौने १ बजेको समयमा खरबारीमा खर काट्ने क्रममा भिरबाट लडेर सोही स्थान बस्ने ३८ बर्षका बिजय कार्की अचानक लडेर घाइते भएका थिए । भीरबाट लडेर गम्भीर घाइते कार्कीलाई उपचारको लागि झापा स्थित बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा गए राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Read More

मोरङ, २७ मंसिर । मोरङको ग्रामथान गाउँपालिका–६ ज्ञानी चौकमा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राती ११ बजेको समयमा मोरङ्ग सुनसरी सिँचाई आयोजनाको नहरको बाटोमा पूर्वबाट–पश्चिम तर्फ आउँदै गरेको को ३३ प ५६४० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई पुलबाट नहरमा खसि घाइते भएका चालक तत्काल पहिचान नखुलेका अन्दाजी २६ वर्षको पुरुष र सोही मोटरसाइकलमा पछाडी सवार इटहरी उप– महानगरपालिका–११ बस्ने वर्ष २५ को नरेश चौधरी घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते दुबैलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मोटरसाईकल चालकको सोही अस्पतालमा मृत्यु भएको हो भने…

Read More

फिदिम, २७ मङ्सिर । जापान निर्यात हुने अर्गेलीको माग उच्च रहे पनि मागबमोजिमको कच्चा पदार्थ निर्यात हुन सकिरहेको छैन् । जापानी नोट ‘येन’को छपाइमा प्रयोग हुँदै आएको अर्गेलीको माग उच्च भएसँगै यसको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण भने बढ्दै गएको छ । पाँचथरको फालेलुङको दाजुभाइ जडीबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था लिमिटेडको अगुवाइमा उत्पादित अर्गेली गत वर्षबाट जापान निर्यात हुन थालेको छ । सहकारीले गत वर्ष १३ टन अर्गेली जापान निर्यात गरेको छ । यसबाट रु ५९ लाख १५ हजार आम्दानी पाँचथरका गाउँमा भित्रिएको छ । केही प्रशोधित अर्गेली प्रतिकिलो रु ४५५ मा बिक्री भइरहेको सहकारीका अध्यक्ष ओमराज थाम्सुहाङले जानकारी दिनुभयो…

Read More