
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, २४ मङ्सिर । प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रुपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताउनुभएको छ । नेपाल बार एशोसिएशनले आज यहाँ आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधान न्यायाधीश मिश्रले भन्नुभयो, “अदालतमा विकृति मौलायो, भ्रष्टाचार भयो भनेर मात्रै हुँदैन, कसले कहाँ कति लियो, त्यो पनि उजुरी गर्नुपर्छ ।” न्यायालयलाई विकृतिमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । न्यायपालिकाको स्वतन्त्रता र निर्भिकताका लागि नेपाल बार एशोसिएशनको भूमिका प्रभावकारी हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले न्यायालयलाई अझै जिम्मेवार र जवाफदेही बनाउन सकिए मात्रै जनताले न्यायको अनुभूति गर्न सक्ने…
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौरादह नगर कमिटी (झापा)को प्रेस विज्ञप्ति गौरादह नगरवासी आम जनसमुदायहरु, नेपालको संविधानले व्यबस्था गरेको संघिय संरचना अन्तरर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको करीब १८ महिना बितिसकेको छ । गौरादह नगरपालिकाको निर्वाचनबाट जनप्रतिनिधिले जनताको भावना र अपेक्षा बमोजिम जनताका समस्या र आवश्यकता पूरा गर्न नसकोको भन्ने तिब्र चर्चा र आलोचना भई राखेको अबस्थामा गत मंसिर १३ गते नगर कार्यपालिकाको एकै दिन सम्पन्न प्रमुख र उपप्रमुखको अध्यक्षतामा बसेका दुईवटा बैठक र त्यसले गरेका निर्णयका बारेमा र त्यसै सम्बन्धि सार्वजनिक भएका विभिन्न प्रतिक्रियाका सम्बन्धमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचन सम्पन्न भई जिम्मेबारी बहन गरेको यति लामो…
बनियानी, २४ मङ्सिर । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम् पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले झापाको बिर्तामोडमा आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐन र पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तरक्रियाका सहभागीहरुले त्यस्तो माग गरेका हुन् । सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण गरेर २०७५ कात्तिक १ गतेदेखि लागू गरे पनि कार्यान्वयन हुन सकेको छैन । समितिका अध्यक्ष गङ्गाधर पराजुलीले अन्य श्रम क्षेत्रमा पारिश्रमिक वृद्धि भए पनि सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारको पारिश्रमिक वृद्धि हुन नसक्नु विडम्बनापूर्ण रहेको बताउनुभयो । “सरकारले ऐन निर्माण गरेको छ”, उहाँले भन्नुभयो, “ऐन कार्यान्वयनमा…
काठमाडौँ, २४ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने आर्थिक नीतिसम्बन्धी प्रस्ताव पारित गरेको छ । पार्टीको समग्र आर्थिक नीति प्रस्ताव समितिका तर्फबाट सहमहामन्त्री एवं समितिका संयोजक डा प्रकाशशरण महतले यही १९ गतेको बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव आज छलफलपछि पारित भएको हो । उहाँले केही सुझावसहितको नीति बैठकको सर्वसम्मतिले पारित गरेको बताउँदै उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धिलाई आर्थिक नीतिमा केन्द्रित गरिएको जानकारी दिनुभयो । काङ्ग्रेसले आर्थिक वृद्धिसहितको समानता हासिल गर्ने लक्ष्यलाई यथावत् स्वीकार्दै ती लक्ष्य प्राप्त गर्ने तरिकामा समयसापेक्ष गतिशीलता अपनाउने नीति लिएको छ । बैठकबाट पारित आर्थिक नीति…
काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दःुखद् रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । प्रधानमन्त्रीले पन्तको परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्दै भन्नुभयो, “दोषीको पहिचान ढिलोचाँडो हुन्छ, कुनै हालतमा दोषी उम्कन सरकारले दिने छैन ।” उहाँले सरकार सधैँ मानवअधिकारको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “विद्यालय…
रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ। मिखेल पपकोभ नाम गरेका उनले यसअघि पनि करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ। उनी हाल जेलमा नै छन्। ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो। उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन्। रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ। एजेन्सी
अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाहलगत्तै अमेरिकाको चर्चित अनलाइन पोर्टल ‘द कट’ मा एउटा लेख छापियो जसमा प्रियंका चोपडा एउटी अन्तराष्ट्रिय ठग कलाकार रहेको र उनले पैसाका लागि निक जोनसलाई फसाएर धोकापूर्ण रुपमा विवाह गरेको बताइएको थियो । यो लेख अमेरिकाकी पत्रकार मारिया स्मिथ नामकी एक महिला पत्रकारले लेखेकी थिइन । तिनै मारिया स्मिथले अहिले प्रियंका चोपडा र निक जोनससँग साथ माफी मागेकी छिन् । मारियाले उनको ट्वीटर अकाउन्टमा ट्वीट गर्दै लेखेकी छिन्, ‘प्रियंका चोपडा, निक जोनस र पाठकहरुसँग माफी चाहन्छु । मैले उनीहरुलाई मेरा शब्दहरु मार्फत अपमानित र दुखी बनाएँ । मैले जे पनि लेखेँ त्यसको जिम्मेवारी म…
काठमाडौँ, २४ मङ्सिर । नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ । उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने रु एक अर्ब ९१ करोड ६२ लाख सात हजार ८२० शेयर लाभांश शेयरधनीलाई वितरण गर्न लागिएको हो । त्यस्तै उक्त चुक्ता पूँजीको २२ प्रतिशत अर्थात् रु दुई अर्ब ३४ करोड २० लाख ३१ हजार ७८० नगद लाभांश…
काठमाडौँ, २४ मङ्सिर । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी दिनुभयो । बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् । रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ ।
इनरुवा, २४ मङ्सिर । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हँुदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार÷पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन । चार÷पाँच जनाको समूहमा रहेको शङ्कास्पद व्यक्तिलाई प्रहरी टोलीले रोक्न खोज्दा उनीहरुले प्रहरीलाई लक्षित गरी एक्कासि गोली फायर गरेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा सो समुहका एक व्यक्तिको मृत्यु भएको हो ।…