झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भारतको मध्य प्रदेशको सागर क्षेत्रमा बालिका बलात्कार गर्दै गरेका युवकलाई कुकुरले टोकेपछि बालिका उम्कन सफल भएकी छन् । १४ वर्षीया बालिकालाई दुईवटा युवकले बलात्कार गरिरहेको अवस्थामा घरमा पालेको कुकुरले दुवै बलात्कारीमाथि झम्टिन पुग्यो । कुकुरले बलात्कारीमाथि झम्टिँदै गर्दा एउटाको खुट्टामा गहिरो चोट लाग्ने गरी टोकी दियो । शनिबार राति बालिकाकी हजुरआमाले बालिकालाई मच्छर मार्ने धुप किनेर ल्याउन भनेकी थिइन । उनी धुप किन्न बाहिर निस्कँदै गर्दा दुई युवकले जबरजस्ती उठाएर घरनजिकै अँध्यारो ठाउँमा लगेका थिए । त्यसपछि उनीहरुले बालिकाको मुखमा कपडा कोची बलात्कार गर्ने प्रयास गरे । त्यही बेला बालिकाले पालेको कुकुर आएर बलात्कारीको खुट्टामा गहिरो घाउ हुनेगरी टोकिदियो। उनीहरु…

Read More

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् । मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न छाड्न आग्रह गरे । ‘म प्रधानमन्त्रीलाई आग्रह गर्छु, प्रदेशसभा प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस् । अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस् । गर्नु पर्ने काम गर्नुस्’ थापाले भने ‘यति मात्र बुझिदिए पुग्छ । संघीयता असफल, प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलता प्रधानमन्त्रीको पनि असफलता हुन्छ ।’ प्रधानमन्त्रीको व्यवहारले उनी संघीयता विरोधी देखिएको आरोपसमेत थापाले लगाए । झापाका कम्युनिस्ट नेता…

Read More

कुमार चौलागार्इं काठमाडौँ, ५ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहनुभएका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने हुनुभएको छ । अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि नेपाल प्रवेशमा रोक लागाएको हो । प्रशिक्षक कोजी नेपाली टोलीसँग एशियन गेम्सको लागि हाल इण्डोनेसियामा हुनुहन्छ । एशियन गेम्समा नेपाल समूह चरणको तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । विभागले पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका र श्रम स्वीकृति नलिइ नेपालमा काम गरेकाले प्रशिक्षक कोजीलाई सन् २०१८ सम्म नेपाल प्रवेशमा रोक लगाएको थियो । अध्यागमन विभागका निर्देशक जनार्दन गौतमले पर्यटक प्रवेशाज्ञामा १५०…

Read More

काठमाडौँ, ५ भदौ । एशियाली खेलकूदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औँ स्थान हात पारेका छन् । कूल ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६।३३ सेकेण्डमा पूरा गरे । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान शिरीषकै नाममा छ । उनको नाममा २५।८८ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ । आजको खेलमा शिरिषले नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाउन सकेनने । आगामी बिहीबार शिरीषले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । त्यसैगरी बुधबार गौरिका सिंहले २०० मिटर फ्रिस्टायल र शुभम् श्रेष्ठले १०० मिटर ब्रेस्टस्ट्रोकमा सहभागिता जनाउने छन् ।

Read More

भद्रपुर, ५ भदौ । झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् । सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ पुगिसकेको जिल्लास्थित स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी लक्ष्मी कँडेलले जानकारी दिनुुहुन्छ । उहाँका अनुसार बीमा गराएकामध्ये ५० हजार ५४९ जनाले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइसकेका छन् । दमकस्थित आम्दा अस्पतालले सबैभन्दा बढी १७ हजार ६०० जनालाई गत एक वर्षको अवधिमा बीमामार्फत उपचार सेवा प्रदान गरेको जनाएको छ । जिल्लाको १५ वटै स्थानीय तहमा स्वास्थ्य बीमा लागू गरिएको छ ।…

Read More

काठमाडौँ, ५ भदौ । जापानले एसियन गेम्स खेल्न इण्डोनेसिया पुगेका चार बास्केटबल खेलाडीलाई घर पठाएको छ । सेक्सका लागि महिलालाई पैसा दिएको दाबी सार्वजनिक भएपछि चार खेलाडीलाई फिर्ता पठाइएको हो । खेलाडीहरु जाकार्तामा टिमको जर्सी लगाएर खानाका लागि बाहिर गएका थिए र महिलालाई होटलमा जान प्रस्ताव गरेको जापानी न्यूज एजेन्सी क्यादोले जनाएको छ । जापानको चिफ अफ मिसनले यसप्रति माफी मागेको छ । चार खेलाडीले जापानी बोल्ने स्थायीमार्फत बारबारे जानकारी लिएका थिए । उनीहरुले महिलालाई भेटेका थिए । बारमा केही घन्टा विताएका खेलाडीहरुले महिलालाई होटलमा ल्याएका थिए र शुक्रबार विहानसम्म सँगै थिए ।

Read More

प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं र हामीले सुन्दै आएका छौँ । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् । तर भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ । नहोस् पनि किन ? खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले सौदागर, वाकड र रहतानीका सडकमा ३ सय होर्डिङ बोर्ड राखेका छन् । त्यो पनि एकैरातमा । उनले प्रेमीसँग माफी माग्दै टाँसिएको सडकका होर्डिङ बोर्डमा लेखिएको छ–Shivade, I am Sorry !! सञ्चारमाध्यमहरुले यसबारे खबर प्रकाशनमा ल्याएपछि अहिले यो शहरको तातो विषय बनेको छ । घटनालाई लिएर…

Read More

भीष्मराज ओझा काठमाडौँ, ५ भदौ । नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् । त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन, २०५३ मा आवश्यक संशोधन गर्ने तयारी थालेको छ । पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति पाउने व्यवस्था गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक’ सङ्घीय संसद् सचिवालयमा दर्ता गराउनुभएको हो । सो प्रावधान लागू गर्न मन्त्रालयले मूल ऐनको दफा १७ मा संशोधनको प्रस्ताव गरेको जनाएको छ । प्रस्तावअनुसार कसैले वातावरण ऐन विपरीत प्रदूषण वा फोहरमैला गरेको…

Read More

बलिउडमा नायक–नायिकाहरुबीच अफेयर र ब्रेकअपको घटना सामान्य हुन् । कहिले कोसित अफेयर चल्छ र कहिले ब्रेकअप हुन्छ भन्न सकिँदैन । ब्रेकअपपछि कतिपयले सम्वन्ध पूर्णरुपमा तोडेर बस्छन् भने कतिले चाहिँ साथीको सम्वन्ध कायम राख्छन् । अभिनेत्री ऐश्वर्या रायको कुरा गर्ने हो भने उनी पूर्व प्रेमी सलमान खानसँग ब्रेकअपपछि कहिल्यै बोलेकी छैनन् । तर, सलमान र उनकी अर्की प्रेमिका कट्रिना कैफबीच भने अहिले पनि राम्रो सम्वन्ध छ । यता ऐश्वर्याका पति अभिषेक बच्चनको उनीभन्दा अगाडि थुप्रै युवतीहरुसँग अफेयर थियो । जसमध्ये एक थिइन् रानी मुखर्जी । रानीलाई छोडेर अभिषेक करिश्मा कपुरसँग सल्केका थिए । करिश्मा र अभिषेकबीच ईंगेजमेन्टसमेत भइसकेको थियो । तर,…

Read More

काठमाडौँ, ५ भदौ । लुका मोडरिक, क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह यूईएफए प्लेयर अफ दि इयरको अन्तिम तीनमा परेका छन् । लिओनल मेस्सी अन्तिम १० बाटै बाहिरिएका छन् भने नेइमार मनोनयनमा नै परेका थिएनन् । अब ८० प्रशिक्षक र ५५ पत्रकारको मतबाट रियल मड्रिडका मिडफिल्डर मोडरिक, युभेन्टसका रोनाल्डो र लिभरपुलका सलाह मध्येबाट एक जना विजेता बन्नेछन् । ३० अगष्टमा मोनाकोमा च्याम्पियन्स लिगको समूह चरणको ड्रका क्रममा विजेता घोषणा हुनेछ ।

Read More