
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ५ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाई अन्तिम समयका रुपमा भदौ ७ गतेको सीमा तोकेको हो । यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा आज अन्तिम समयसीमा तोकिएको हो । नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसङ्गठनका एकताको प्रतिवेदन आउन बाँकी छ । प्रतिवेदन ढिला भएका कारण यही भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी…
विश्वका इतिहास धेरै खूनी शासकहरुका कुकर्मले भरिएको छ । आफ्ना क्रूर महत्वाकांक्षा तथा अहंकारी इच्छाहरु पूरा गर्नका लागि ती कुख्यात शासकहरुले केही बाँकी राखेनन् । सनकी इच्छाहरु पूरा गर्ने बहानामा ती शासकका तरबारबाट धेरै निर्दोष मानिसका घाँटी छिनिएका कथाहरु इतिहासमा पढ्न पाइन्छ । यस्तैमध्येका एक तानाशाह हुन् व्लेड ड्राकुला । व्लेड रोमानियन साम्राज्यका राजा तानाशाह थिए । ओटोमन साम्राज्य तथा टर्की साम्राज्यसँगको युद्धमा उनले ठूलो संख्यामा महिला तथा बालबालिकाको बर्बरतापूर्वक हत्या गरको इतिहास छ । उनले नवजात शिशुसम्म पनि छाडेनन् । ती सम्राटको रुप पनि भयंकर थियो । डरलाग्दो अनुहार, ठूला ठूला दाँत साँच्चीकै मानिसको रगत पिउने राक्षस जस्ता ।…
दमक, ४ भदौ । मुगाधन–कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले सोमबार दमकका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको छ । दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरि त्यहाँका सय बढी ज्येष्ठहरुलाई सामूहिक रुपमा फलपूmल वितरण गरेका हुन् । आफ्ना दिवंगत आमा कृष्णकुमारीको स्मृतिमा ज्येष्ठहरुको दिर्घ जीवनको कामना गर्दे प्रतिष्ठानले फलफूल वितरण गरिएको आयोजक संस्थाकी अध्यक्ष समेत रहेकी संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाले बताईन् । प्रतिष्ठानले १ सय ५० जना ज्येष्ठहरुलाई विस्कुट, केरा, जुस वितरण गरेको हो । प्रतिष्ठानले आफनो स्थापना पछि विभिन्न सामाजिक कार्यहरु गर्दैआएको छ । त्यसअवसरमा सांसद सुव्वालाई प्रतिष्ठानले विशिष्ट सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको ज्येष्ठ नागरिक सम्मान…
काठमाडौँ, ४ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौँले आज तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट चार राउण्ड गोलीसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा खोटाङ हलेसीका २१ वर्षीय भूपेन्द्र राई, भोजपुर खावाका २३ वर्षीय सनित राई, सोलुखुम्बु तम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रे कोशीपारिका ३५ वर्षीय राजु भण्डारी, भक्तपुर ठिमीका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवन भरपुरका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप ढोडखानीका २६ वर्षीय सुजन थापा मगर रहेका छन् । बानेश्वर, कोटेश्वर,…
ताप्लेजुङ, ४ भदौ । बर्षदिन पुग्न लागेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर मारेको अभियोग लागेकी २० बर्षीय आमा कमला बिक माथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर गर्ने तयारी गरेको छ । ताप्लेजुङ जिल्ला अदालतबाट अनुसन्धानका लागि आईतवार ७ दिनको अनुमति पाएको प्रहरीले अनुसन्धान प्रकृया सुरु गरिसकेको म्यादभित्रै अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले अनुसन्धानबाट प्राप्त नतिजाका प्रारम्भिक संकेतले कमला माथि कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर हुने जानकारी दिए । पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारी भन्ने स्थानमा गत साउन ३०…
काठमाडौँ, ४ भदौ । उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीको सहजताका लागि ग्रेस इन्टरनेशनलले पहिलो पटक पूर्णतः डिजिटल प्रविधिमा आधारित अस्ट्रेलियन शैक्षिक मेलाको तयारी गरेको छ । कुनै कागज प्रयोग नगरी सहभागी विद्यार्थीको दर्ता गराई कागजरहित मेलाका लागि यही भदौ १३ गतेदेखि बुटवल, चितवन, पोखरा र काठमाडौँमा बृहद् अस्ट्रेलियन शैक्षिक मेलाको आयोजना हुने भएको हो । मेलाका लागि नेपाल सरकारले अनुमति दिइसकेको छ । उचित परामर्शका अभावमा विदेशमा पढ्न जाने विद्यार्थीले हैरानी पाइरहेको सन्दर्भमा मेलाले करियर डेभलपमेन्टका लागि सहज बनाउने ग्रेसका राष्ट्रिय निर्देशक एन्ड्रयु पौडेलले बताउनुभयो । सरकारबाट ‘नो अब्जेक्सन लेटर’ लिई विदेश जानेमध्ये अस्ट्रेलिया अहिले पहिलो सूचीमा पर्दै…
पोखरा, ४ भदौ । गण्डकी प्रदेश सरकारले सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा प्रारम्भ गरेको छ । सेवा शुरु भएसँगै टेलिफोन नं १०९४ मा फोन गरेर सर्वसाधारणले समस्या एवं गुनासो मुख्यमन्त्रीसमक्ष पु¥याउन सक्नेछन् । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा सर्वसाधारणको गुनासोको सुनुवाइ र सम्बोधनका लागि ‘हेल्लो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने छ । प्रदेश सरकारका काम कारवाहीका साथै सुझाव, प्रतिक्रिया, गुनासो सम्बोधनका लागि हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । सेवाको प्रभावकारिता र सुशासनका लागि यो कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उहाँले यसले जनता र नेताबीचको सम्बन्ध अझै नजिक र प्रगाढ बनाउने बताउनुभयो…
बलिउड फिल्म उद्योगमा अहिले रणविर सिंह र दीपिका पादुकोणको विवाहको चर्चा चलिरहेको छ । दीपिका रणवीर यही वर्षको नोभेम्बर २० मा इटालीको कोमो लेकमा विवाह गर्ने र विवाहका लागि यि दुवैले किनमेल समेत सुरु गरिसकेको खबरहरु आइरहेका बेला दीपिकाले यस्तो फोटो सेयर गरेकी छिन् जसका कारण अहिले उनी चर्चामा छिन् । दीपिकाले उनको इन्स्टाग्राममा एक फोटो सेयर गरेकी छिन । जुन फोटोमा उनी रणवीर कपूरका साथ पोज दिइरहेकी देखिन्छिन् । रणविर सिंहका साथ विवाहको तयारी गरिरहेकी दीपिकाले अर्का अभिनेता रणवीर कपूरको फोटो सेयर गर्नुलाई यतिबेला सबैले अचम्म मानेका छन् । उनी केही समय अघि रणवीर कपूरसँग गहिरो प्रेममा थिइन् ।…
भद्रपुर, ४ भदौ । केही समययता यौनजन्य दुव्र्यवहार र अपराधका घटना वृद्धि भएकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा नीति अपनाएको छ । अपराधका घटनामा प्रभावकारी रूपले अनुसन्धान गरी कानूनी दायरामा ल्याउन, अपराध तथा आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनका लागि एक महिने विशेष सुरक्षा नीति अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त नीति कार्यान्वयनका लागि २८५ प्रहरी खटाइएको जानकारी दिँदै प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले भन्नुभयो, “यौनजन्य घटना र त्यसका कारक तत्वबारे विवरण सङ्कलन गरी विश्लेषण गर्ने, घटना हुने वा हुनसक्ने ठाउँ पहिचान गरी निगरानीका जनशक्ति परिचालन गर्ने हाम्रो उद्देश्य हो…
काठमाडौं, ४ भदौ । प्रा.डा. गोविन्द केसीसँग यसअघि भएको सहमति अनुरुप काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने विषयमा शिक्षा मन्त्रालयले कार्यदल गठन गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तिरिय निर्णय गर्दै डा केसीसँग साउन १० गते भएको ९ बुँदे सहमति अनुसार सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन । समितिमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा शैलेशमणि पोखरेल, शिक्षा मन्त्रालयका सहसचिब डा हरि लम्साल, सुदूर पश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा शंकर भट्ट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहसचिव स्तरको एक जना सदस्य र नेपाल मेडिकल काउन्सिलको प्रतिनिधि सदस्य रहेका छन् ।