
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ३ भदौ । स्थानीय तहमा अझै प्रशासनतर्फ करीब १३ हाजर र प्राविधिकतर्फ ३० हजार कर्मचारी अपुग छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले सङ्घीयता कार्यन्वयनसँगै स्थानीय तहमा कर्मचारी दैनिक रूपमा पठाए पनि अझै प्रशासनतर्फ १२ हजार ८७१ कर्मचारी अपुग भएको मन्त्रालयका स्थानीय तह शाखाका प्रमुख प्रेम लुइँटेलले जानकारी गराउनुभयो । सातसय त्रिपन्न स्थानीय तहमा प्रशासनतर्फ १८ हजार ३१ कर्मचारीमध्ये अहिले पाँच हजार १६० मात्र कर्मचारी छन् । सबभन्दा बढी नासु अपुग छ । बाह्र हजार ९६४ नायव सुब्बामध्ये ११ हजार ७२ अपुग छन् । उपसचिव लुइँटेलका अनुसार सहसचिव दुई, उपसचिव २१३, शाखा अधिकृत २७९, नायबसुब्बा ११ हजार ७२,…
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाममा देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दृढता व्यक्त गर्नुभएको छ । ट्विटमा लेखिएको छ, “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ ।” प्रधानमन्त्रीले नेपाली, अङ्गे्रजी, नेवारी, मैथिली र भोजपुरी भाषामा ट्विट गर्नुभएको हो । वर्तमान सरकार गत वर्ष फागुन ३ गते गठन भएको हो ।
उर्लाबारी, ३ भदौ । मोरङ विराटनगर–२ धरानरोड विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड विराटनगर पिपलचोकका ५० वर्षीय टङ्क भट्टराई मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार आज बिहान ९.४५बजे हार्डवेयरका कामदारले पसल खोल्ने क्रममा सुरक्षागार्ड भट्टराईको शव फेला पारेका हुन् । मृतक भट्टराईको शरीरमा रड, तथा भाला जस्तो हतियार प्रहार भएको देखिएको थापाले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको भए पनि सो घट्नामा संलग्नको पहिचान गर्न सकेको छैन ।
गौशाला, ३ भदौ । मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ । उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताउनुहुन्छ । चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनीहरूले होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खानेकुरा खान र पानीसमेत पिउन नदिने गरिएको अर्का पीडित सोगारथ डोमको भनाइ छ।होटलवालाले आफूहरूलाई बाहिरै उभ्याएर कागजमा खानेकुरा दिने गरेको र दिँदा पनि माथिबाट हातमा पर्ने गरी फालेर दिने गरेको उहाँ गुनासो गर्नुहुन्छ । उक्त नगरपालिका–१स्थित जलेश्वर–सम्सी सडक खण्डको छेउमै वर्षौदेखि बस्दै आएका…
काठमाडौँ, ३ भदौ । इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ । नेपाल आज भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको जाकर्तामा रहनुभएका ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिनुभयो । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् । यस्तै महिला टिम इभेन्टमा नेपाल समूह चरणको खेलमा माल्दिभ्ससँग ३–२ सेटमा पराजित भएको छ । महिला ब्याडमिन्टन टोलीमा नङ्शलदेवी तामाङ, रसिला महर्जन, जेसिका गुरुङ र अमिता गिरी रहेका छन् ।
जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ, र केही महिनापछि जाडो आउँछ । गर्मी बढि भयो भने के गर्ने ? जिउलाई चिसो र शितल बनाउने खालका उपायहरु अपनाउनुपर्ला । तर भारतमा एकजना मानिसले चाहीँ धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा हालेका छन् । मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले स्थानीय पुलिस चौकीमा सूर्य भगवान विरुद्ध उजुरी दर्ता गराएका हुन् । आफु पछिल्लो ६ हप्तादेखि उधुम गर्मीबाट पीडित भैरहेको भन्दै उनले आकाशबाट वषिर्रहेको आगोले आफुलाई निकै समस्या भएको उनले उजुरीमा उल्लेख गरेका छन् । अत्यधिक गर्मीको यो समस्याका लागि ब्रम्हाण्ड निवासी श्रीमान सूर्यनारायण जिम्मेवार रहेको…
बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् । दीपिकाले रणवीर सिंहसँगको विवाहका लागि फिल्म साइन नगरी बसेको एकथरीको अनुमान छ । दीपिका र रणवीरले आगामी नोभेम्भरमा बिहे गर्ने तय भइसकेको छ । तर, अर्काथरीको भनाईमा पद्मावतको सफलतापछि दीपिकाले चर्को पारिश्रमिकको डिमान्ड गर्न थालेकाले निर्माता(निर्देशक उनलाई लिन हच्किएका हुन् । यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।…
सान नेपाल गौरादह, ३ भदौ । भनिन्छ स्वास्थ्य नै धन हो । स्वास्थ्य खराव भएपछि मानिसले कुनै पनि काम गर्न सक्दैन । त्यसमा पनि भयानक रोगको सिकार भए पछि त भए भरको धन सम्पत्ति सकिदा पनि असफलता नै हात लाग्छ । यस्तै समस्या बाट चिन्तित बनेका छन् गौरादह–९ दहगाउँ निवासी बोधराज खनाल । खनाल ३८ वर्षीय युवा हुन् । खनालका दुबै मृगौलाले काम गर्न छोडेका छन् । परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । पेसाले ऊनी रेडियो, टिभी मर्मतको काम गर्छन् । उनको एक्लो कमाइले धानिएको परिवार माथी अहिले ठूलो बज्र परेको छ । गाउँमा रहेको ८ कठ्ठा जमिन…
काठमाडौँ, ३ भदौ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिनुभयो । फूटबलमा नेपाल शुरुआती दुई खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग निश्चित छ । समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानसँग वेस्ट जाभास्थित शहीद चन्द्रभागा रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । नेपालले हालसम्म एशियाली खेलकूदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ । सत्र खेलमा ६८ गोल…
काठमाडौं, ३ भदौ । सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ । ३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ । तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ । रक्सौल नाकामा पेट्रोल ६२ रुपैयाँ ७० पैसामा किनेर ११० रुपैयाँमा बेच्दा पनि आगामी १५ दिनमा पेट्रोलमा ३३ लाख, डिजेलमा १६ करोड आठ लाख र ग्यासमा ३३ करोड ४७ लाख घाटा हुन्छ भने मट्टीतेलमा एक करोड ६६ लाख नाफा हुनेछ ।…