झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दुनियाँमा मान्छेको हत्या गर्नका लागि घाँटी थिचिएको, हतियार प्रयोग गरिएको, विष खुवाइएकोजस्ता घटना त सुनिएकै हो । तर, एकजना महिलाले आफ्नो पेट प्रयोग गरी मानिसको हत्या गरेकी छन् । अमेरिकाको पेन्सिल्भेनियामा एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी हुन् । ४४ वर्षीया विन्डी थोमसले आफ्नो पेटले थिचेर प्रेमी किनो बटलरको हत्या गरेको कुरा प्रहरीसमक्ष स्वीकारेकी छन् । उनको त्यो बयान सुन्दा पुलिस पनि झसङ्ग भएका थिए । आखिर उनले कसरी र किन यस्तो गरिन् ? पुलिस अधिकारीका अनुसार पेटले थिचेर मान्छेको हत्या भएको यो सायद पहिलो घटना हुनसक्छ । वास्तवमा पेटले थिचेर प्रेमीको हत्या गर्ने ती महिलाको जिउको वजन…

Read More

मङ्गलबारे, २३ मङ्सिर । इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको गए राति मृत्यु भएको छ । इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नंको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका–३ आमचोक निवासी ८३ वर्षीय बीर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो । घटनापछि लकान्द्रीलाई उपचारका लागि रबिस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिए र त्यहाँ उपचार हुन नसकेपछि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकल चालक वसन्त मगरलाई विर्तामोड इलाका प्रहरी कार्यालयले राति नै नियन्त्रणमा लिएको आमचोक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भुपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

Read More

उर्लाबारी, २३ मङ्सिर । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आउनुभएको चिया तथा मिठाइको पसल जलेर नष्ट भएको हो । पसल पुरै जलेर नष्ट हुँदा रु एक लाख ५० हजार बराबरको सामान क्षति भएको पथरीशनिश्चरे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो । राई परिवारले सोही पसलबाट हुने कमाइले घरपरिवार चलाउँदै आएको थियो । पसलमा राति कसरी आगो लाग्यो भन्ने कुरा खुल्न नसकेको शिविरका सचिव चम्पासिंह राईले जानकारी…

Read More

फिदिम, २३ मङ्सिर । बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा जन्म दर्ताको प्रमाणपत्र बनाउन नसकी अध्ययनमा समस्या भोग्दै आएका यहाँस्थित एकै परिवारका चार बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका छन् । गरीबी, अशिक्षा र अज्ञानताका कारण नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका पाँचथरको हिलिहाङ गाँउपालिका–७ साम्मेवाका चन्द्रलाल बराइलीका चार छोराछोरी वर्सिना, करिश्मा, सन्तोष र दीपक बराइलीले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका हुन । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको समन्वयमा चारैजना बालबालिकालाई जन्मदर्ताको प्रमाणपत्र उपलब्ध गराइएको हो । बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा चारै बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र बनाउन सकेका थिएनन् । जन्मदर्ता नहुँदा चन्द्रलालकी जेठी छोरी वर्सिनाले चार वर्षदेखि कक्षा दोहो¥याउँदै आएकी थिइन । सरकारी निकाय,…

Read More

उर्लाबारी, २३ मंसिर । मोरङको उर्लाबारीमा शनिबार लैङ्गिक हिंसासम्बन्धी एकदिने प्रक्षिण कार्यक्रम आयोजना गरिएको छ । संकल्प प्रदेश–१ द्वारा उर्लाबारी–५ स्थित नारी जागरण केन्द्रको सभाहलमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अधिवक्ता कला त्रितालले लैङ्गिक हिंसा, यौन दुव्र्यवहार, मुलुकी देवानी (सहिँता) ऐन र मुलुकी फौजदारी (सहिँता) ऐनको बारेमा जानकारी दिइन । उनले सामाजिक कुरुति अन्त्य गरी लैङ्गिक हिंसा न्युनिकरण गर्न सकिने उल्लेख गरिन् । तालिम समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारीले सबै अभिभावकले आ–आफ्ना सन्तानलाई सही बाटोमा हिँडाउन सके लैङ्गिक हिँसा न्युनिकरण हुने बिचार व्यक्त गरिन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले अपराध हुनुभन्दा अगाडि…

Read More

उर्लाबारी, २३ मंसिर । एक युवतीलाई जर्वजस्ती करणीको प्रयास गरी फरार रहेका मोरङ, उर्लाबारी–१ का २२ वर्षीय गणेश दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दर्जीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । अभियुक्त दर्जीले छिमकी २२ वर्षीया युवतीलाई कात्तिक २९ गते साँझ उनकै घर नजिकै जर्वजस्ती करणीको प्रयास गरेका थिए । प्रहरी कार्यालयमा उजुरी परेपछि दर्जी फरार रहेका थिए ।

Read More

काठमाडौँ, २३ मंसिर । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् । प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै वरिष्ट नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबारको सचिवालय बैठकमा सहभागी हुनुभएन । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

बनियानी, २३ मंसिर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले कृषिलाई प्रदेश सरकारको प्राथमिकतामा राखेको बताउनुभएको छ । झापाको मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २६ औँ वार्षिक साधारणसभामा शनिबार सम्बोधन गर्दै मन्त्री आङ्बोले त्यस्तो बताउनुभयो । अबको समय आर्थिक क्रान्तिको भएको बताउँदै उहाँले कृषिमाध्यमबाट उहाँले त्यो सम्भव हुने बताउनुभयो । ‘अबको युग आर्थिक क्रान्तिको हो’, उहाँले भन्नुभयो, ‘त्यसका लागि कृषि क्षेत्र उत्तम विकल्प हो, प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ । उहाँले स्वदेशी कृषिजन्य सामग्रीको निर्यात गरेर मुलुकमा समृद्धि ल्याउन सकिने बताउनुभयो । प्रदेश १ मा अदुवा, अलैँची, अम्रिसो, चिया, अकबरे लगायतका कृषिजन्य वस्तुको उत्पादनमा…

Read More

बिर्तामोड, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्ष नेपाली जनताको भावना विपरीत भएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले त्यस्तो बताउनुभएको हो । ‘धर्म निरपेक्ष जनताको भावना विपरीत छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकताको लागि हिन्दु धर्म आवश्यक छ ।’ राप्रपाले चुनावी मुद्दाको रुपमा हिन्दु राष्ट्र पुनः स्थापनालाई नलिएको बताउँदै अध्यक्ष थापाले जुन पार्टीमा आस्था राखे पनि हिन्दु राष्ट्र पुनः स्थापनामा साथ दिन आग्रह गर्नुभयो । ‘नेपाललाई हिन्दु राष्ट्र बनाएरै छोड्छौँ’, उहाँले भन्नुभयो, ‘यो अभियान कुनै धर्मविरुद्ध होइन, नेपाली जनताको पहिचानका लागि…

Read More

काठमाडौँ, २२ मंसिर । काठमाडौँ महानगरपालिका– ९ काँडाघारीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा नुवाकोट खड्कभञ्ज्याङ– ३ का २२ वर्षीय प्रज्वल तामाङ, सोही ठाउँ बस्ने रामेछाप फुपा– ७ का २३ वर्षीय सुजन श्रेष्ठ र काभ्रेका राजाराम दनुवार रहेका छन् । काँडाघारी चोकमा प्रहरीले बा२४प ८७८९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ पिएर मोटरसाइकल चलाएको र कागजपत्रसमेत नभएकाले आवश्यक कारवाही गर्न खोज्दा तामाङ र श्रेष्ठले घुस दिन खोजेको प्रहरीले जनाएको छ ।

Read More