झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

उर्लाबारी, २३ मंसिर । मोरङको उर्लाबारीमा शनिबार लैङ्गिक हिंसासम्बन्धी एकदिने प्रक्षिण कार्यक्रम आयोजना गरिएको छ । संकल्प प्रदेश–१ द्वारा उर्लाबारी–५ स्थित नारी जागरण केन्द्रको सभाहलमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अधिवक्ता कला त्रितालले लैङ्गिक हिंसा, यौन दुव्र्यवहार, मुलुकी देवानी (सहिँता) ऐन र मुलुकी फौजदारी (सहिँता) ऐनको बारेमा जानकारी दिइन । उनले सामाजिक कुरुति अन्त्य गरी लैङ्गिक हिंसा न्युनिकरण गर्न सकिने उल्लेख गरिन् । तालिम समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारीले सबै अभिभावकले आ–आफ्ना सन्तानलाई सही बाटोमा हिँडाउन सके लैङ्गिक हिँसा न्युनिकरण हुने बिचार व्यक्त गरिन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले अपराध हुनुभन्दा अगाडि…

Read More

उर्लाबारी, २३ मंसिर । एक युवतीलाई जर्वजस्ती करणीको प्रयास गरी फरार रहेका मोरङ, उर्लाबारी–१ का २२ वर्षीय गणेश दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दर्जीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । अभियुक्त दर्जीले छिमकी २२ वर्षीया युवतीलाई कात्तिक २९ गते साँझ उनकै घर नजिकै जर्वजस्ती करणीको प्रयास गरेका थिए । प्रहरी कार्यालयमा उजुरी परेपछि दर्जी फरार रहेका थिए ।

Read More

काठमाडौँ, २३ मंसिर । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् । प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै वरिष्ट नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबारको सचिवालय बैठकमा सहभागी हुनुभएन । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

बनियानी, २३ मंसिर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले कृषिलाई प्रदेश सरकारको प्राथमिकतामा राखेको बताउनुभएको छ । झापाको मेचीनगरस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २६ औँ वार्षिक साधारणसभामा शनिबार सम्बोधन गर्दै मन्त्री आङ्बोले त्यस्तो बताउनुभयो । अबको समय आर्थिक क्रान्तिको भएको बताउँदै उहाँले कृषिमाध्यमबाट उहाँले त्यो सम्भव हुने बताउनुभयो । ‘अबको युग आर्थिक क्रान्तिको हो’, उहाँले भन्नुभयो, ‘त्यसका लागि कृषि क्षेत्र उत्तम विकल्प हो, प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ । उहाँले स्वदेशी कृषिजन्य सामग्रीको निर्यात गरेर मुलुकमा समृद्धि ल्याउन सकिने बताउनुभयो । प्रदेश १ मा अदुवा, अलैँची, अम्रिसो, चिया, अकबरे लगायतका कृषिजन्य वस्तुको उत्पादनमा…

Read More

बिर्तामोड, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्ष नेपाली जनताको भावना विपरीत भएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको हिन्दु राष्ट्र पुनः स्थापना जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले त्यस्तो बताउनुभएको हो । ‘धर्म निरपेक्ष जनताको भावना विपरीत छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकताको लागि हिन्दु धर्म आवश्यक छ ।’ राप्रपाले चुनावी मुद्दाको रुपमा हिन्दु राष्ट्र पुनः स्थापनालाई नलिएको बताउँदै अध्यक्ष थापाले जुन पार्टीमा आस्था राखे पनि हिन्दु राष्ट्र पुनः स्थापनामा साथ दिन आग्रह गर्नुभयो । ‘नेपाललाई हिन्दु राष्ट्र बनाएरै छोड्छौँ’, उहाँले भन्नुभयो, ‘यो अभियान कुनै धर्मविरुद्ध होइन, नेपाली जनताको पहिचानका लागि…

Read More

काठमाडौँ, २२ मंसिर । काठमाडौँ महानगरपालिका– ९ काँडाघारीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउपर्नेमा नुवाकोट खड्कभञ्ज्याङ– ३ का २२ वर्षीय प्रज्वल तामाङ, सोही ठाउँ बस्ने रामेछाप फुपा– ७ का २३ वर्षीय सुजन श्रेष्ठ र काभ्रेका राजाराम दनुवार रहेका छन् । काँडाघारी चोकमा प्रहरीले बा२४प ८७८९ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ पिएर मोटरसाइकल चलाएको र कागजपत्रसमेत नभएकाले आवश्यक कारवाही गर्न खोज्दा तामाङ र श्रेष्ठले घुस दिन खोजेको प्रहरीले जनाएको छ ।

Read More

बिर्तामोड, २२ मंसिर । झापाका दुई स्थानमा आज दुर्घटना हुँदा छ जना घाइते भएका छन् । आज बिहान ९ बजे कमल गाउँपालिका–५ सशस्त्र चेक पोइन्टस्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको मे ३ प ९४९९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३२५० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक कमल–५ का ४० वर्षीय राजेश राई, मोटसाइकलको पछाडि सवार मेचीनगर–८ का २४ वर्षीय रंजित राई घाइते भएका छन् । घाइते उनीहरुको दमक लाइफ–लाइन अस्पतालमा उपचार भइरहेको छ भने सोही बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ख ५२३ नम्बरको ट्रिपर समेतलाई ठक्कर दिएको थियो । तीन वटै सवारी साधन, बस र ट्रिपर…

Read More

बनियानी, २२ मंसिर । झापाबाट भारत तर्फ लाँदै गरेको घरेलु मदिरा आज प्रहरीले बरामद गरेको छ । आज दिउँसो ३ बजे कचनकवल–४ खड्गगाछी स्थितमा प्रहरी गस्ती टोलीले ३÷४ जना मानिसले साइकलमा नेपालबाट भारततर्फ लादै गरेको लादै गरेको करिब ८० लिटर घरेलु मदिरा बरामद गरेको हो । मदिरा छाडेर उनीहरु फरार भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ, २२ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीका जायज काममा सरकारी हस्तक्षेप नहुने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आज यहाँ आयोजना गरेको प्रभातफेरी कार्यक्रममा उहाँले व्यवसायीका काममा सरकारी हस्तक्षेप हुन नदिने बताउनुभयो । देश बनाउने जिम्मेवारी निर्माण व्यवसायीकै हो भन्नुहुँदै मन्त्री महासेठले पूर्ण शक्तिका साथ देश निर्माणमा जुट्न व्यवसायीलाई अनुरोध गर्नुभयो । “विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भए होेलान्, अब त्यस्ता कमी कमजोरी सच्यााएर अघि बढ्नुको विकल्प छैन”मन्त्री महासेठले भन्नुभयो । उहाँले २०५२ सालदेखि विभिन्न कारणले पूरा नभएका योजनाको म्याद थप गर्ने प्रक्रिया…

Read More

काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि इञ्जिनीयरसहित प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल प्रगतिशील इञ्जिनीयर एशोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले इञ्जिनीयर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनुपर्नेमा जोड दिनुभयो । सरकार इञ्जिनीयरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्रीले भन्नुभयो “तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ ।” राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “समृद्ध नेपाल, सुखी…

Read More