झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २३ मंसिर । इलामको सुर्योदय नगरपालिका–७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका(७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा बनभोज खाने क्रममा सर्किएर सोही सहकारीका कर्मचारी सोही स्थान बस्ने बर्ष ४५ को उदयमान चौधरी बिरामी परेका थिए । साँझ ५ बजेको समयमा खाना सर्किएर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा साँझ ६ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । मृतकको शव इलाका प्रहरी कार्यालय अनारमनीसंग समन्वय गरी कानूनी प्रकृया पश्चात पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ…

Read More

सन्तोष शर्मा बनियानी, २३ मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा किरात भाषा, लिपिका सर्जक, अन्वेषक सिरिजङ्गा सिं थेवेको सालिक निर्माण गरिएको छ । स्थानीय समुदायको अग्रसरतामा किरात भाषा, लिपि र साहित्यको संरक्षण तथा सिरिजङ्गा सम्मानका लागि सालिक निर्माण गरिएको हो । रु १४ लाखको लागतमा पाँच फिट ६ इञ्चको पूर्णकदको सालिक निर्माण गरिएको सिरिजङ्गा स्मारक निर्माण समितिका अध्यक्ष चन्द्र लिङ्देनले जानकारी दिनुभयो । सालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाले रु एक लाख ५० हजार, विदेशमा रहेका नेपालीबाट रु आठ लाख र स्थानीयवासीले रु ११ लाख ५० हजार गरी रु २० लाख सङ्कलन भएको उहाँले बताउनुभयो । सालिक सिरिजङ्गाको ३१५औँ जन्मजयन्तीका…

Read More

भद्रपुर, २३ मंसिर । संस्थागत विद्यालय शिक्षक युनियन झापाको चौथो अधिवेशनले होमराज खतिवडाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । झापाको दमकमा सम्पन्न अधिवेशनले ३ वर्षे कार्यकालका लागि खतिवडाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा दुर्योधन सिंह, उपाध्यक्षहरूमा क्रमशः युवराज दाहाल, भवानीशंकर उप्रेती विजय क्षेत्री र भावना निरौला छनौट भएका छन् । त्यसैगरी सचिवमा रेवतीरमण खनाल, कार्यालय सचिव काजी श्रेष्ठ, सहसचिव प्रमोद खतिवडा, टंक अधिकारी, पदम गजुरेल, कोषध्यक्ष राजन निरौला र सहकोषाध्यक्ष अनिल आचार्य चयन भएका छन् । सदस्यहरुमा क्रमशः सिताराम सुवेदी, दावादोर्जे तामाङ, पवन मोते, रमा सुवेदी, लिला कटुवाल, विकास अधिकारी लगायत…

Read More

चन्द्रकला भण्डारी कोलकाता, भारत, २३ मङ्सिर । सुन्तला सम्झिने बित्तिकै कसको मुख रसाउँदैन होला १ पाकेको सुन्तलाको रसिलो केस्रा खाँदा गुलियो मात्र हुँदैन, अनेकन भिटामिन तत्वले भरिपूर्ण यो फल बालवृद्धा सबैका लागि प्रिय र अमृततुल्य मानिन्छ । फलहरुको समेत राजा मानिने सुन्तला नेपालको पहाडी भू–भागमा फल्छ । अझ इलामको सलकपुर, धनकुटाको खोकु छिन्ताङ र भोजपुरको दिङ्लामा फल्ने सुन्तलाको स्वादका बारेमा धेरै चर्चा हुने गर्छ । नेपालको सुन्तलाले अब मुलुक बाहिर समेत चर्चा पाउन थालेको छ । भारतको पर्यटकीय शहर कोलकातामा जारी हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल ९सुन्तला महोत्सव०मा नेपाली सुन्तलाले भारतीय ग्राहकहरुलाई मोहनी नै लगाएको कोलकाताकी प्रसिद्ध सामाजिक कार्यकर्ता गीताली लहरी…

Read More

भारतीय टेलिभिजन स्टार प्लसको धारवारिक शो ‘साथ निभाना साथिया’की ‘गोपी बहू’ देवोलीना भट्टाचार्यलाई मुम्बई प्रहरीले हिरा व्यापारी राजेश्वर किशोरीलालको हत्याको विषयमा अनुसन्धान गर्न प्रहरी चौकीमा बोलाएको छ । देवोलीनाको नम्ब राजेश्वरको कल डिटेल्समा भेटिएपछि अनुसन्धानका लागि उनलाई प्रहरीले बोलाएको हो । उनलाई घाटकोपरको पन्त नगर पुलिस स्टेसनमा राखेर सोधपुछ भइरहेको छ । लामो समयदेखि वेपत्ता बनिरहेका राजेश्वरको शव केही समय अघि मात्र पनवेलको जंगल क्षेत्रमा फेला परेको थियो । समाचार अनुसार राजेश्वर २७ नोभेम्बरमा घरबाट निस्किएपछि उनी फर्किएका थिएनन् । उनी घाटकोपर पश्चिमको कामा लेनस्थित महालक्ष्मी अपार्टमेन्टमा बस्दै आएका थिए । उनी हराएपछि उनको परिवारले पन्त नगर पुलिस चौकीमा निवेदन…

Read More

इलाम, २३ मङ्सिर । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ । तीन वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका यहाँस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उहाँका छिमेकी नेत्र रिजालका अनुसार शिवाकोटीको मृत्यु के कारणले भयो भन्ने बारेमा भने खुलेको छैन । शिवाकोटीको शवलाई आजै थाई एयरमार्फत नेपाल ल्याइने तयारी भइरहेको छ । पाँचथर स्थायी घर भएका शिवाकोटी केही वर्षअघि मात्र इलाम बसाइँ सरी आउनुभएको थियो । शिवाकोटीका श्रीमती र ६ जना छोरी रहेका छन् ।

Read More

दुनियाँमा मान्छेको हत्या गर्नका लागि घाँटी थिचिएको, हतियार प्रयोग गरिएको, विष खुवाइएकोजस्ता घटना त सुनिएकै हो । तर, एकजना महिलाले आफ्नो पेट प्रयोग गरी मानिसको हत्या गरेकी छन् । अमेरिकाको पेन्सिल्भेनियामा एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी हुन् । ४४ वर्षीया विन्डी थोमसले आफ्नो पेटले थिचेर प्रेमी किनो बटलरको हत्या गरेको कुरा प्रहरीसमक्ष स्वीकारेकी छन् । उनको त्यो बयान सुन्दा पुलिस पनि झसङ्ग भएका थिए । आखिर उनले कसरी र किन यस्तो गरिन् ? पुलिस अधिकारीका अनुसार पेटले थिचेर मान्छेको हत्या भएको यो सायद पहिलो घटना हुनसक्छ । वास्तवमा पेटले थिचेर प्रेमीको हत्या गर्ने ती महिलाको जिउको वजन…

Read More

मङ्गलबारे, २३ मङ्सिर । इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको गए राति मृत्यु भएको छ । इलाम र पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नंको मोटरसाइकलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका–३ आमचोक निवासी ८३ वर्षीय बीर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो । घटनापछि लकान्द्रीलाई उपचारका लागि रबिस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिए र त्यहाँ उपचार हुन नसकेपछि झापाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । ठक्कर दिने मोटरसाइकल चालक वसन्त मगरलाई विर्तामोड इलाका प्रहरी कार्यालयले राति नै नियन्त्रणमा लिएको आमचोक प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भुपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

Read More

उर्लाबारी, २३ मङ्सिर । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने ४० वर्षीय टेकबहादुर राईले गर्दै आउनुभएको चिया तथा मिठाइको पसल जलेर नष्ट भएको हो । पसल पुरै जलेर नष्ट हुँदा रु एक लाख ५० हजार बराबरको सामान क्षति भएको पथरीशनिश्चरे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिनुभयो । राई परिवारले सोही पसलबाट हुने कमाइले घरपरिवार चलाउँदै आएको थियो । पसलमा राति कसरी आगो लाग्यो भन्ने कुरा खुल्न नसकेको शिविरका सचिव चम्पासिंह राईले जानकारी…

Read More

फिदिम, २३ मङ्सिर । बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा जन्म दर्ताको प्रमाणपत्र बनाउन नसकी अध्ययनमा समस्या भोग्दै आएका यहाँस्थित एकै परिवारका चार बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका छन् । गरीबी, अशिक्षा र अज्ञानताका कारण नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका पाँचथरको हिलिहाङ गाँउपालिका–७ साम्मेवाका चन्द्रलाल बराइलीका चार छोराछोरी वर्सिना, करिश्मा, सन्तोष र दीपक बराइलीले जन्मदर्ताको प्रमाणपत्र प्राप्त गरेका हुन । पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको समन्वयमा चारैजना बालबालिकालाई जन्मदर्ताको प्रमाणपत्र उपलब्ध गराइएको हो । बाबुआमासँग नागरिकताको प्रमाणपत्र नहुँदा चारै बालबालिकाले जन्मदर्ताको प्रमाणपत्र बनाउन सकेका थिएनन् । जन्मदर्ता नहुँदा चन्द्रलालकी जेठी छोरी वर्सिनाले चार वर्षदेखि कक्षा दोहो¥याउँदै आएकी थिइन । सरकारी निकाय,…

Read More