
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सप्तरी, १८ मङ्सिर । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको हो । उक्त पार्टीका सदस्य सुनिलकुमार झाले पार्टीका साथीले जानकारी गराएपछि आफूले थाहा पाएको बताउनुभयो । राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमान्लाई छुटाइ दिने…
काठमाडौँ, १८ मङ्सिर । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय जीविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिले जनाएको छ । बाह्र दिनसम्म चल्ने महोत्सवमा १५० व्यावसायिक स्टल रहने छन् । चार जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुति रहने आयोजकले जनाएको छ । पचास हजारभन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको…
करीब एक दशकपछि यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘नाइँँ नभन्नू ल ५’ बाट अभिनयमा कमब्याक जनाएकी अभिनेत्री निरुता सिंहले एक नयाँ फिल्म साइन गरेकी छन् । भेट्रान निर्देशक विकासराज आचार्यले निर्देशन गर्ने फिल्म ‘हजार जुनी सम्म’ मा उनी फाइनल भएको निर्माण टिमले जानकारी दिएको छ । अभिनेत्री र निर्देशकको यो दोस्रो सहकार्य हुनेछ । निरुतालाई ‘नाइँ नभन्नू ल ५’ बाट विकासले नै कमब्याक गराएका थिए । हाल निरुता मह सञ्चारको फिल्म ुदाल भात तरकारीु गर्न मुम्बईबाट नेपाल आएकी छन् । अझै २ महिना उनी नेपालमा नै रहने बताइएको छ । फिल्ममा उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिँदैछिन् । ‘हजार जुनी…
उर्लाबारी, १८ मङ्सिर । मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । को१९प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो । गम्भीर घाइते अमितको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । गम्भीर घाइते मोटरसाइकल चालक ३० वर्षीय बोरिस धिमालको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
काठमाडौं, १८ मंसिर । १५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी भएको समायोजनसँगै पेट्रोल एक सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । दुई रुपैयाँ घटाएर बेच्दा पनि निगमलाई १५ दिनमा ५६ करोड ५८ लाख नाफा हुनेछ । अहिले दैनिक करिब ५० करोड रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री हुन्छ । यो हिसाबमा दिनमै करिब ४ करोड नाफा हुन्छ । निगमले कम नाफा राखेर समायोजन गरेको भए पेट्रोलियमको भाउ अझै कम हुने थियो । निगम…
काठमाडौँ, १८ मंसिर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए –१३ गते बिहान राजधानीका मुख्य चोकहरुमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासट्याग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो । जसरी सरकारले ११ गते राजधानीबासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेका थियो । निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो । प्रहरीले न्याय माग्ने ती पोस्टरलाई च्यातेन मात्र, टाँस्ने केहीलाई पक्राउसमेत ग¥यो । न्याय खोज्नेहरु झनै उत्साहित भए । पोल र भित्तामा पोस्टर त टाँगिएको थिए नै, सोमबारसम्म आइपुग्दा…
काठमाडौं, १८ मंसिर । गृहमन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगन गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले आदेश पास गराउन केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको छ । ‘मदिरा उत्पादन र बिक्रीवितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश, २०७५’ नाम दिइएको सो आदेशअनुसार ५० प्रतिशत पूर्वाधार तयार गरिसकेका मदिरा उद्योगले पनि अनुभति पाउने छैनन्। ‘नयाँ मदिरा उद्योगको अनुमति तथा दर्ता गर्ने कार्य हाललाई स्थगित गरिनेछ, इजाजतप्राप्त गरी ६० प्रतिशतभन्दा बढी लगानी र तयारी पूरा गरेका बाहेकका सञ्चालनमा आउन बाँकी मदिरा उद्योगलाई उद्योग सञ्चालन अनुमति…
काठमाडौं, १८ मंसिर । गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए । तर, त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिश्चियन भइसकेको दाबी धर्मआबद्ध संघसंस्थाहरूको छ। आजको नयाँ पत्रिकामा यो खबर छ । नेपालको जनगणना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी छन् । सन् २०२०…
कामठाडौं, १८ मंसिर । मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् । शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् । हेड टु हेड च्यालेन्जमा पराजित भए पनि उनी मल्टिमिडिया अवार्डमा बाजी मार्दै मिस वर्ल्डका लागि एक कदम अघि बढ्न सफल भएकी हुन् । मिस वर्ल्डको अन्तिम…
शरद शर्मा काठमाडौँ, १८ मङ्सिर । ‘एक नेपाली एक फलफूल’ को बिरुवा रोपण अभियानअन्तर्गत करीब २९ लाख फलफूलका बोटबिरुवा रोपिएका छन् । देशलाई फलफूलमा आत्मनिर्भर बनाउन सञ्चालन गरिएको अभियानमा गत जेठदेखि भदौसम्म २८ लाख ९० हजार ९१९ विभिन्न जातका फलफूल सहितका बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्ववातारण दिवसका अवसरमा गत जेठ २२ गते सिंहदरबारमा एभोकाडो र लिची रोपेर अभियानको शुरुआत गर्नुभएको थियो । अभियानका क्रममा सबभन्दा बढी कागती पाँच लाख चार हजार ४९४ र कम भुइँकटहर पाँच वटा मात्र रोपिएका छन् । कागतीपछि अलैँची चार लाख ६९ हजार १५०,…