झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

दमक, ९ मङ्सिर । झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो । तीनकोठे नवनिर्मित घर टिनको छाना, सेन्टर बेरा भएको र प्रत्येक घरमा छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । एउटा घर निर्माणमा रु दुई लाख खर्च भएको निर्माण समितिका संयोजक प्रताप सुब्बाले जानकारी दिनुभयो । गाउँपालिकाले शनिबार एक कार्यक्रम गरी ती नवनिर्मित १२ वटा घर पीडित परिवारलाई हस्तान्तरण गरेको थियो । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नवनिर्मित घरको…

Read More

देवेन्द्र खड्का “रहरै रहर बोकेको सहर पो भएछ काठमाडौ” रहरै रहर बोकेर कहिल्यै नथाक्ने सहर भए छ काठमाडौ १ आशा(अभिलाषाहरु मनभरी बोकी धेरै बाटोहरु हुदै उपत्यका छिर्ने सहर भएछ काठमाडौ निस्वार्थ भावनाले तीन करोड नेपालीहरुका लागि शान्ती, समृद्धि र विकासको दिगो योजना बुन्नेहरु भन्दा जाल(झेलको प्रपञ्च बुनेर सिधा(सादालाइ ठग्ने खलनायकहरुको सहर पो भएछ काठमाडौ । स्वार्ग कि परीजस्ती सौन्दर्यतामा सजिएर बस्नु पर्नेमा निथ्रुक्क भीजेकी चरीजस्तै पो भएछ काठमाडौँ पुनर्जीवन प्राप्त होला भनी आशा अनि भरोसा बोकेर गाउँको खेतवारी र हलगोरु बेची अस्पताल आउनेहरुमाथि मरेपछि पनि तमसा गराइ रहने चिकित्सकहरुको सहर पो भएछ काठमाडौँ ।। देशकै मूल्य( मान्यता संस्कार संस्कृति धर्म(परम्पराको…

Read More

गौरादह, ९ मंसिर । गौरादह नगरपालिका–१ घर भएका परमेश्वर साह तथा कौसिला साहको परिवारमा अचानक ठुलो बज्रपात परे झैं भएको छ । वहाँहरुको छोरा सुरज साहको दुबै मृगौलामा समस्या देखिएको ले परिवारमा चिन्ता थपिएको हो । सामान्य आर्थिक अवस्था भएका साह दम्पतीलाइ दुबै मृगौलामा समस्या भएर थलिएपछि उपचारको लागि इस्ट मित्र, छरछिमेक र आफन्तलाई गुहार्न बाध्यता जस्तै भएको छ । २७ वर्षीय सुरजले ल्याब असिस्टेन्ट सम्बन्धी अध्ययन गरेका छन् । सानै उमेरमा मृगौलाले काम गर्न छोडेका साहको अहिले डाइलोसिस भइरहेको छ । डाइलोसिस गर्न समेत निकै महंगो भएकोले छोराको उपचारका लागि साह दम्पतीले सबै संग सहयोगको लागि अपिल गर्नुभएको छ…

Read More

काठमाडौं, ९ मंसिर । राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् । सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन् । संकेतिक विरोध स्वरुप भिख माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए। शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई घण्टासम्म भिख मागेर २३ सय ५० रुपैयाँ संकलन गरेका छन् । यो रकमबाट नमुना गाडी बनाएर राष्ट्रपतिलाई उपहार दिने योजना रहेको ढकालले बताए। यस विषयमा इन्जिनियर युवाहरुसँग छलफल भइरहेको उनको भनाइ छ। सामाजिक सञ्जालमा सक्रिय स्वतन्त्र युवा शनिबार भिख माग्न पशुपति क्षेत्रमा पुगेका हुन्।…

Read More

फिदिम, ९ मंसिर । पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन् । हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन् । उनका बुवा आसिकराम विदेशमा छन् । उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनी दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुँइमा लडिबुडी गर्छन् । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।

Read More

बिर्तामोड, ९ मंसिर । बिर्तामोड–९ मा १५ सदस्यीय उज्यालो दुर्गा बालक्लब गठन गरिएको छ । गठित क्लबको अध्यक्षमा रिता सापकोटा, उपाध्यक्ष गंगा श्रेष्ठ, सचिव सौरब चापागाईं, सहसचिव अनिस राजबंशी, कोषाध्यक्ष सौरब पौडेल र सहकोषाध्यक्षमा मनिता श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यमा रोनिस पाठक, पवन सुबेदी, जेनिस पाठक, निरज कटुवाल, कमला बिष्ट, सुनिराम मड्डी, दिक्षा ठकुरी, सन्ध्या रिमाल र गुन्जन खड्का रहेका छन् । बालबालिकाको क्षमता अभिबृद्धि तथा सामाजिक उत्तरदायित्व निर्माण गर्न क्लब गठन गरिएको बाल क्बल अध्यक्ष सापकोटाले बताइन् । विद्यालय बिदाको दिन त्यसै खेर गएको र यसलार्इ सदुपयोग गर्न विभिन्न गतिविधि गर्दै अघि बढ्ने सचिव चापागार्इंले जानकारी दिए…

Read More

काठमाडौं, ९ मंसिर । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो । त्यसमा एक बुलेटप्रुफ, अर्का दुई वटा बुलेटप्रुफ जस्तेै देखिने ‘फुलअप्सन’का विलासी गाडी हुनेछन् । गाडी खरिदलाई लिएर चर्को विरोध भइरहँदा पनि सरकारले थाइल्यान्डको ओरा इन्टरट्रेड कम्पनी लिमिटेडमार्फत गाडी ल्याउने तयारी गरेको छ । नेपालमा टोयोटा गाडी बिक्री गर्दै आएको वैद्य अर्गनाइजेसनले यसमा सहजीकरण गरेको छ । यसको ओरासँग सीधा सम्बन्ध छ । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।

Read More

काठमाठौं, ९ मंसिर । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौँ, ९ मंसिर । नेत्रविक्रक चन्द विप्लव नेतृत्व नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई सरकारले संरक्षण गरेको आरोप लगाए । नेकपाको पुनर्गठित भएको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा विश्वकर्माले निर्मला पन्त घटनाका दोषीलाई राज्य आफैँले संरक्षण गरेको बताए । कसरी दोषीलाई कारबाही गर्छ, विश्वकर्माले भने, दोषी पत्ता लगाउन राज्य पुर्णरुपमा असफल भएकाले हाम्रो पार्टीले खोजबिन गरी पत्ता लगाएर कारबाही गर्छ । विश्वकर्माले देशमा जनताको हितअनुसार काम नभएको बताउँदै जनताको मुक्तिका लागि अर्को आन्दोलन आवश्यक रहेको दाबी गरे । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौँ, ९ मंसिर । चिनियाँ राजदुतलाई सँगै लिएर प्रधानमन्त्री केपी शर्मा ओली ८ महिनाअघि लामाबगर आउँदा निर्माणधीन लामाबगर तिब्बत सिमाना सडकको स्थलगत अवलोकन गरे । निर्माणधीन माथिल्लो तामाकोसी जलविधुत् आयोजनाको बाँधमै पुगेर अवलेकनपछि सडकको महत्वको बारेमा जानकारी लिएलगत्तै ओलीले घोषण गरे, ढुक्क हुनुस्, ६÷७ किलोमिटर सुरुङमार्ग खनेरै भएपछि चाँडै लामाबगरदेखि तिब्बत नाका जेडिन्छ । उनले त्यही बेला भन्न भ्याए यो नाका चीनसँग नाया खोल्ने नाको उच्च प्राथमिकतामा छ । प्रधानमन्त्रीले स्थलगत रुपमै पुगेर गरेको घोषणापछि सीमा क्षेत्रका स्थानीदेखि समग्र जिल्लावासी नै हर्षित भए । तर, प्रधानमन्त्रीले घोषणा गरेको सडकको ८ महिनापछि नियमित आईरहेको बजेटसमेत काटेर सडक विभागले निर्माणधीन काम समेत…

Read More