
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ । महासंघ झापा शाखाको आज बिर्तामोडमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक र विकृत रुप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आह्वान गरेको हो । बैठकपछि अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले जारी गरेको विज्ञप्तिमा पत्रकार मम्मेलनमा दिइने खर्चले समाचार नै नहने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्च व्यावसायिक पत्रकारिताका लागि घातक मात्र होइन,…
काठमाडौँ, १० मङ्सिर । सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब प्रधानसेनापति छैटौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । जङ्गीअड्डास्थित खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० गोलले पराजित गर्दै एपिएफ फाइनल पुगेको हो । एपिएफको जीतमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरिन् । खेलको ३५औँ मिनेटमा सावित्राले अनिताको पासमा गोल गरिन् । त्यस्तै खेलको ६९औँ मिनेटमा अनिताले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसको एक मिनेटपछि नै एपिएफले पेनाल्टी पायो । मोनिका पुलामी मगरले गोललाइन नजीक हातले बल छोएपछि सिधै रातो कार्ड पाइन् । पेनाल्टीलाई सावित्राले गोलमा परिणत गर्दै ३–० को…
भद्रपुर, १० मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सताक्षीधामलगायत धार्मिक पर्यटकीयस्थललाई गुरुयोजनासहित अघि बढाउनुपर्ने बताउनुभएको छ । गुरुयोजनासहित अघि बढाइएका पर्यटकीय महत्व बोकेका पूर्वका धार्मिकस्थलका लागि बजेट विनियोजन गर्ने प्रदेश सरकारको नीति रहेको उहाँले बताउनुभयो । झापाको शिवसताक्षी नगरपालिका–११ मा रहेको प्रसिद्ध धार्मिकस्थल सताक्षीधाममा आज आयोजित सताक्षी गोरक्षा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सताक्षीधाम प्रदेश नं १ कै प्रसिद्ध धार्मिक ऐतिहासिकस्थल भएकोले यसलाई पर्यटकीय दृष्टिले प्रवद्र्धन गर्न प्रदेश सरकारले बजेट दिने वचन दिनुभयो । श्रीगोलोक गोवद्र्धन गौशाला, सताक्षीधाम मन्दिर विकास समिति लगायतले आयोजना गरेको उक्त महोत्सव एघार दिनसम्म चल्ने र शिवपुराण वाचन गरिने आयोजक समितिका अध्यक्ष सन्त…
काठमाडौँ, १० मङ्सिर । पहिलो संस्करणको ‘एमएम कप’ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुस २१ देखि माघ ७ गतेसम्म इनरुवामा हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश, एक स्थानीय र एक पाहुना टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विप्लप घोषले जानकारी दिनुभयो । विजेताले उपाधिसँगै रु चार लाख एक हजार, उपविजेताले रु दुई लाख एक हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५÷२५ हजार पाउनेछन् । उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले…
काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र रुपमा अघि बढाइने बताउनुभएको छ । मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उहाँले विकासको गतिलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई रहेको छ भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौँ ।” सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्न गत असोज २८ गते डा रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय मानव संसाधन प्रक्षेपण कार्यदल गठन गरेकोे थियो । समितिका अन्य सदस्यमा डा माधव दाहाल, डा इन्दिरा पराजुली, डा…
भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रिय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ। भाइरसले विहान संक्रमण गरेमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ। शरिरको जैबिक घडीमा हुने असरले संक्रमणको जोखिम बढ्ने मुसामा गरिएको सो अध्ययनमा उल्लेख छ। अध्ययनले भाइरसको महामारी रोक्न एउटा नयाँ उपाय प्रदान गर्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन्। अध्ययन अनुसार विहान इन्फ्लुयन्जा संक्रमित मुसामा साँझ संक्रमित भएको भन्दा १० गुणा बढी भाइरसको मात्रा देखिएको थियो। ‘यो निकै ठूलो अन्तर हो,’ अध्ययन टोली सदस्य अखिलेश रेड्डीले भने । ‘भाइरसलाई पनि संक्रमण गर्न उचित समय चाहिँदो रहेछ। नत्र भने ऊ गतिशिल…
काठमाडौँ, १० मङ्सिर । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई प्रभावकारीरुपमा अघि बढाउने भएको छ । स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भए पनि राम्रोसँग सञ्चालन हुन नसकेकाले त्यस्ता क्याम्पसलाई अनुदान दिन थालेको हो । त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदीशकुमार पोखरेलले उक्त प्रणाली व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि क्याम्पसलाई प्रोत्साहन दिन थालिएको बताउनुभयो । त्रिविले भौतिक पूर्वाधारविना स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सञ्चालन गरेकाले आलोचना हुँदै आएको थियो । स्नातकोत्तर तहमा विसं २०७१ बाट केन्द्रीय क्याम्पसमा र विसं २०७२ बाट उपत्यकाका आङ्गिक क्याम्पसमा उक्त प्रणाली शुरु गरेको त्रिविले यस वर्षदेखि देशभरि नै लागू गरेको छ । सेमेस्टर प्रणाली सञ्चालन भए पनि शैक्षिक…
मुम्बइ। मुम्बइमा १० वर्षअघि भएको आतंकवादी आक्रमणमा संलग्न आतंकवादीको बारेमा जानकारी दिनेलाई अमेरिका सरकारले ५० लाख डलर पुरस्कार दिने भएको छ । अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोले आइतबार यसको घोषणा गरेका हुन् । जो कोहीले पनि यो आक्रमणको षड्यन्त्र बनाउने वा यसमा मद्दत गर्नेहरुको जानकारी दिनेछ उसलाई पुरस्कार दिइनेछ । यो आतंकवादी आक्रमणमा ६ जना अमेरिकी नागरिक पनि मारिएका थिए । आक्रमणको १० वर्ष पुगेको अवसरमा विदेशमन्त्री पोम्पियोले भने ‘अमेरिकी सरकार र सबै नागरिकको तर्फबाट म भारत र मुम्बइ शहरप्रति सहानुभूति जनाउँछु । हामी आतंकवादी आक्रमणमा आफन्त गुमाउने परिवार र उनीहरुका साथीहरुसँग उभिएका छौं ।’ पोम्पियोले अमानवीय हमलामा जिम्मेवार लश्कर…
बलिउड अभिनेत्री प्रियंका चोपडा जसरी पनि आफ्नो बिहेलाई चर्चित बनाउन चाहन्छिन् । हालै मात्रै आफ्नी प्रतिस्पर्धी दीपिका पादूकोणको बिहेको जति चर्चा भयो, त्यसलाई उछिन्ने उनको एक मात्र ध्येय छ । दीपिका र प्रियंकाको बिहेमा केही फरकपन हुनेछन् । दीपिकाले इटली पुगेर लगनगाँठो कसेकी थिइन् भने प्रियंका भारतकै जोधपुरमा बिहे गर्दैछिन् । दीपिकाका दुलाहा बलिउडकै हिरो थिए भने प्रियंकाले अमेरिकी दुलाहा रोजेकी छिन् । आफ्नो बिहेलाई अन्तर्राष्ट्रिय चर्चा दिलाउनका लागि प्रियंकाले नयाँ उपाय निकालेकी छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहेको निम्तो गरेकी छन् । मोदीलाई निम्तो कार्ड दिन प्रियंका हुनेवाला दुलाहा निकलाई लिएर प्रधानमन्त्री निवास पुगेकी थिइन् । उनीहरुले…
चितवन, १० मङ्सिर । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ चितवन शाखाले आज आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताउनुभयो । चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उहाँले सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उहाँको भनाइ थियो । उहाँले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।” कार्यक्रममा नेपाली…