झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ५ मङ्सिर । झापाको बिर्तामोडमा सिटी पार्टी प्यालेस एण्ड कन्फ्रेन्स हल सञ्चालनमा आएको छ । दुई झापाली युवाको संयुक्त लगानीमा रू एक करोडको लगानीमा पार्टी प्यालेस सञ्चालनमा आएको हो । युवा व्यवसायी सुवोद पाठक र कृष्ण पौडेलले आज यहाँ पत्रकार भेटघाटको आयोजना गरी पार्टी प्यालेस सञ्चालनबारे जानकारी दिनुभयो । सञ्चालक पाठकले निम्न र मध्यम वर्गको पहुँचमा पु¥याउने उद्देश्यले पार्टी प्यालेस सञ्चालनमा ल्याइएको बताउनुभयो । ‘मानिसमा पार्टी प्यालेस भनेपछि धनाड्य परिवारले मात्र विवाह, पार्टी गर्छन् भन्ने सोच छ’, उहाँले भन्नुभयो, ‘निम्न र मध्यम वर्गले पनि कार्यक्रम गर्न सक्ने गरी सर्वसुलभ मूल्यमा सेवा दिन्छौँ ।’ उहाँले यहाँबाट न्यून खर्चमा पनि विवाह,…

Read More

भीमदत्तनगर, ५ मङ्सिर । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रनिनिधिसभा सदस्यसमेत रहनुभएका नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको विचार व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा नेता थापाले जनताको लामो प्रतीक्षापछि मुलुकमा स्थित सरकार आएको बताउँदै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको दाबी गर्नुभयो । कार्यकर्ता भेटघाटपछि जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा बसेका निर्मलाका बुवाआमासँग भेट्न पुगेका नेता थापाले न्यायका निम्ति लडाइँ जारी…

Read More

इनरुवा, ५ मङ्सिर । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको हो । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ । अहिले हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताउनुभयो…

Read More

नवलपरासी, ५ मंसिर । बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो—अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष दुर्गाहादुर राना मगरले भने, जग्गाधनी पुर्जा भएकाहरुसमेत खेतवारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व घट्यो, बस्ती रित्तिँदै गयो । सबै वडाध्यक्षको सल्लाहमा गाउँसभाबाट भएको निर्णय सुनाउँदै उनले भने, नयाँ आउनेलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौँ । गाउँपालिकाको आम्दानी बढ्दै गए भत्ता पनि बढाउँदै लैजाने योजना उनले बताए । पढ्ने राम्रो विद्यालय छैन, उपचार गर्ने अस्पताल छैन । रोजगारी…

Read More

काठमाडौँ, ५ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलग कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरु सलबलाउन थालेको बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौँले मंगलबार गरेको कार्यक्रममा पार्टीको अवधारणापत्र सार्वजनिक गर्दै उनले यस्तो खतरा औँल्याएका हुन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकाले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दु धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

भद्रपुर, ५ मङ्सिर । झापाको भद्रपुर–५ स्थित मेची नदीमा निर्मित मेची पुल निर्माण सम्पन्न भएको छ महिना बित्न लाग्दा पनि सञ्चालन आउन सकेको छैन । निर्माण कार्य शुरु भएको १० वर्षपछि पूर्णता पाए पनि पुलसँग जोडिने नेपाल–भारत दुवैतर्फको सडक निर्माण हुन नसक्दा पुल सञ्चालन आउन नसकेको हो । पुलसँग जोड्ने सडकका लागि नेपालतर्फको १.४५७ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा १.२९० किलोमिटर सडकको मुअब्जा विवाद टुंगो लग्न सकेको छैन । सरकारको रू ३३ करोड लागतमा बनेको मेची पुलको मङ्सिर तेस्रो साताभित्र उद्घाटन गर्नलाई हुलाकी सडक आयोजना क्षेत्रीय कार्यालय इटहरीले पहिलो चरणको सडक खाली गराउने काम शुरु गरिसकेको छ । ‘मङ्सिरको दोस्रो साताभित्र…

Read More

हेटौंडा, ५ मंसिर । १२ वर्षकै उमेरमा आमा बन्न लागेकी एक चेपाङ बालिकाको स्वास्थ्यमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतकी १२ वर्षीया गर्भवती बालिका गंगामाया चेपाङलाई सुरक्षित प्रसुति गराउन मंगलबार काठमाडौं लगिएको हो । प्रधामन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । हेटौंडामा भन्दा काठमाडौंमा उपचार गर्दा गंगामायालाई जोखिम कम हुने भन्दै प्रधानमन्त्री कार्यालयले उपचारका लागि काठमाडौं पठाउन भनेपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट ५७ लाख प्राप्त गर्नेछन् । सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेटजस्ता विश्वचर्चित खेलाडी खेलाडी रहेका छन् । आगामी फागुन ५ देखि चैत ३ गतेसम्म हुने प्रतियोगितामा छ क्लबले सहभागिता जनाउनेछन् । पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौँ विदेशी लिगमा आबद्ध भएका छन् । सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भए पनि उनलाई…

Read More

काठमाडौं, ५ मंसिर । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु छन् । ती उजुरी निरुपणमा आयोगले प्रभावकारी भूमिका नखेलेको द्वन्द्वपीडितको आरोप छ । द्वन्द्वपीडित साझा चौतारीका उपाध्यक्ष गोपालबहादुर शाहले भने –‘आयोगले आफ्नो म्यान्डेटअनुसार काम गर्नुप¥यो । संक्रमणकालीन न्याय टुंग्याउनैपर्छ ।’ द्वन्द्वका क्रममा भएका घटनामा संलग्न व्यक्तिहरुको छानविन प्रक्रिया निकै लम्बिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले अहिलेसम्म ६३ हजार उजुरी संकलन गरे…

Read More

काठमाडौं, ५ मंसिर । विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भारत कलकत्ताका ५४ बर्षीय बडिसतो गौतम भट्टचार्यलाई पक्राउ गरेको छ । लेखा विषय पढाउने बहानामा विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका उनलाई महनगरीय प्रहरी वृत्त बौद्धले अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको छ । वृत्तका प्रमुख उपरीक्षक डिएसपी नरेन्द्र चन्दका अनुसार उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने उनले प्रलोभन देखाएर २२ बर्षीया युवतीलाई पटकपटक बलात्कार गरेको जाहेरी यपरेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो । युवतीलाई प्रलोभनमा पारी बलात्कार गरेको उजुरी परेपछि उनलाई अनुसन्धानका लागि ल्याईएको छ, डिएसपी चन्दले भने । आजको नागरिक दैनिकमा खबर छ ।

Read More