
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
रूपेन्द्र शेर्मा उर्लाबारी, ५ मंसिर । मोरङको उर्लाबारी–७ इटहरा रोडस्थित भक्तिराम अधिकारीको घरमा मंगलबार दिउँसो आगलागि हुँदा करिब एक करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागिबाट नगद, गरगहना, लत्ताकपडा, काठपात, फर्निचर, खाद्यान्न, कागजपत्र, भाँडावर्तन, किराना पसलका सामग्रीलगायत अधिकारीको घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । अधिकारीको घरको भुईतल्ला सर्टरसहितको पक्की, माथिल्लो तल्ला काठको र टिनको छानो थियो । उनी होलसेल र खुद्रा किराना पसल सञ्चालन गर्दै आएका थिए । आगलागिबाट अधिकारीको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । स–परिवार आफन्तको विवाहमा गएका बेला अधिकारीको घरमा आगलागि भएको हो । तालाचाबी लगाइएको अवस्थामा घरभित्रबाट आगोसहित…
बुधबारे, ५ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकामा मंसिर ३ गतेदेखि जारी ‘एनएमसी बुद्धशान्ति कप’ प्रदेश नम्बर १ स्तरीय नकआउट पुरुष भलिवल प्रतियोगिताको उपाधि भीडन्त आज हुँदैछ । हिजो भएको पहिलो सेमीफाइनल खेलमा संखुवासभालाई सोझो सेटमा हराउँदै आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङलाई ३–२ को सेटमा पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको संखुवासभा आयोजकसँग स्तव्ध भयो । प्रदेश नम्बर १ भित्रका दुई विभागिय टीम सहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा नेपाल प्रहरी र भोजपुरले समान २÷२ सेट जितेपनि अन्तिम सेटको खेल खेलाउन समय अभाव भएपछि बुधबार विहान ७ बजे पुनः खेलाइने आयोजकका अनिल वाग्लेले…
सन्तोष शर्मा झापा, ५ मंसिर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत आलु पकेट क्षेत्र घोषणा गरिएको झापा कमल गाउँपालिका–२ का कृषक आलुखेती विस्तारमा जुटेका छन् । आधुनिक कृषि–प्रविधिको प्रयोग गर्दै यहाँका कृषक सामुहिक खेती गर्दै खेती विस्तारमा जुटेका हुन् । गत वर्ष आलु पकेट क्षेत्र घोषणा भएपछि यहाँका कृषकले १८ बिघामा आलु खेती गरेका थिए भने यस वर्ष खेती विस्तार गर्दै ४० बिघामा आलु खेती गर्न लागिएको आलु पकेट क्षेत्रका संयोजक यामबहादुर राईले जानकारी दिनुभयो । ‘आलु पकेट क्षेत्रलाई घोषणा भएपछि यहाँका कृषक सामुहिक अग्र्यानिक आलु खेतीतर्फ आकर्षित भएका छन्’, संयोजक राईले भन्नुभयो, ‘यहाँका ६० जना कृषकले अहिले तीन वटा…
काठमाडौँ, ४ मङ्सिर । अहिलेसम्म ९३ स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ अनुसार स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गर्न सक्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये १९ स्थानीय तहको नाम, ५५ स्थानीय तहको केन्द्रको नाम परिवर्तन एवं नाम तथा केन्द्र दुवै २० स्थानीय तहको परिवर्तन गरिएका छन् । गाउँ÷ नगरसभाको बैठकले नाम र केन्द्र परिवर्तन गर्नका लागि दुई तिहाइले पारित गरेको प्रस्ताव…
भद्रपुर, ४ मङ्सिर । बालिका बलात्कार आरोपमा दमक नगरपालिका– ३ मा डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दीपक धमला पक्राउ परेका छन् । धमालाले एक बालिकालाई सोमबार राति ललाइफकाइ नजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोप लागेको छ । धमालालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमर थापाले बताउनुभयो । बालिकाको स्वास्थ्य परीक्षणका लागि आज मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
भैरहवा, ४ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो । आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ ।
विराटनगर, ४ मङ्सिर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताउनुभएको छ । राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आज विराटनगरमा आयोजित काङ्ग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उहाँले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताउनुभयो । जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मथलो विराटनगरमा काङ्ग्रेसभित्र गुटउपगुट नरहने उद्घोष गर्दै सभापति देउवाले पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता रहेको आंैल्याउनुभयो । उहाँले निर्मला पन्तको हत्याकाण्डमा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारको साख गिरेको बताउनुभयो । सभापति देउवाले सरकारले स्वतन्त्र न्यायालय र सुरक्षा निकायमा…
भद्रपुर, ४ मङ्सिर । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभएको थियो । साउदी अरबमै २०६९ पुस ३० गते उहाँको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताउनुभयो । त्यसबेला साउदी अरबकै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उहाँका छोरा नीरजलाई फोनमार्फत खबर दिएका थिए । छ वर्षपछि यही मङ्सिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझ्न काठमाडौँ जानुभएको…
काठमाडौँ, ४ मङ्सिर । प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय मनपुरण चौधरी र सोही ठाउँका २७ वर्षीय भुवन परियारलाई लागुऔधष (नाइट्रभेट) ८४० टब्यालेट र पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होमिन्द्र बोगटीले उनीहरुमाथि अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।
विनोदसिंह विष्ट बैतडी, ४ मङ्सिर । जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिनुभयो । जिल्लामा अहिले १२७ प्रसूति सेवा केन्द्रबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको उहाँले बताउनुभयो । गाउँगाउँमा प्रसूति सेवा शुरु भएपछि आमा र शिशुको ज्यान जोगाउने अभियान सफल भएको देहीमाडौँ स्वास्थ्यचौकीका अनमी हिरा बोहराले बताउनुभयो । पछिल्लो समय सुत्केरी सेवा लिन महिला पनि स्वास्थ्य संस्थामा आउने…