झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संघीय समाजवादी फोरम नेपालका लागि हर्ष न बिस्मात भएको छ। आफैँ सहभागी भएको सरकारको समीक्षा गर्दै फोरम नेपालले हर्ष न बिस्मात भएको जनाएको हो। राजधानी दैनिक लेख्छ, पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता इस्तेयाक राई ओली नेर्तत्वको सरकारमा सहभागी छन्। यादव उपप्रधानमन्त्रीको हैसियतमा स्वास्थ्य तथा जनसंख्यामन्त्र र राई शहरी विकासमन्त्री छन् । संविधान संशोधनको शर्त एवं सहमतिसहित सरकारमा सहभागी फोरम नेपालले सरकारबाट नबाहिरिने र सहमति कार्यान्वयनका लागि दबाब दिइराख्ने जनाएको छ। शनिबार सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकमा यो विषयमा छलफल हुने एजेण्डा छ। पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख…

Read More

बैतडी, २२ मङ्सिर । भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोगडाकेदार–७ देउलेक निवासी २४ वर्षीय लक्ष्मण कार्कीको मृत्यु भएको बैङ्लोरबाट सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष लीलाधर कपाडीले जानकारी दिनुभयो । मोटरसाइकलामा पछाडि बस्नुभएका घाइते दोगडाकेदार–२ का वीरेन्द्र विष्टलाई तमिलनाडुबाट थप उपचारका लागि बैङ्लोर लगिएको छ ।

Read More

मेचीनगर, २२ मंसिर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि शुक्रबार फुटबल, भलिबल, बक्सिङ र भारोत्तोलनका खेलाडी छनोट गरिएको छ । भद्रपुरस्थित मेची रंगशाला, कर्भड हल र कन्काई मावि सुरुङ्गामा आयोजित जिल्लास्तरीय छनोट प्रतियोगिताबाट तीनवटा खेल विधामा झापाका खेलाडी छनोट गरिएको हो । मेची रंगशालामा भएको छनोटमा फुटबलको पुरुषतर्फ ७० जनाले भाग लिएकामा १६ जना खेलाडी छानिएका छनोट समिति संयोजक भगिरथ आले ‘मामा’ ले जानकारी दिए । कन्काई मावि सुरुङ्गामा भएको भलिबलको पुरुषतर्फ ३६ जनाले भाग लिएकामा १० र महिलातर्फ २५ जनाले प्रतिस्पर्धा गरेकामा १० जना छानिएका छनोट समिति संयोजक गजेन्द्र ताम्लिङले बताए । मेची रंगशालाको कर्भड हलमा भएको बक्सिङ…

Read More

बुटवल, २२ मङ्सिर । रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रबार बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो । बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिनुभयो । पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको र उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको समेत प्रसनि थापाले जानकारी दिनुभयो । पक्राउ परेका पाँच जनालाई नै हिरासतमा राखी अनुसन्धान थालिएको समेत उहाँले जानकारी दिनुभयो । पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न…

Read More

काठमाडौं, २२ मंसिर । सांसद आवसका लागि राज्यले बर्सेनि ६ करोड रुपैयाँ खर्च गरिरहेछ । तर, सरकार संसाद आवास भवन भने छुट्याईको १ सय ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ । मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्काएर राजकीय अतिथि गृह बनाउन खोजिँदै छ । संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवी विकले २१ गते संसद् बैठकको विशेष समयमा भनिन्, सबैभन्दा बढी छुवाछुत काठमाडौंमा रहेछ । हामीले एक महिना भयो कोठा पाएका छैनौँ । छुवाछुतको भेदभाव हुनेछैन भनेर संसद्मा सुनिरहेका छौँ । काठमाडौंमै यस्तो छ भने गाउँ गाउँमा के होला ? उनले दलित शब्द नै हटाउन…

Read More

काठमाडौं, २२ मंसिर । टेकुमा एउटा सानो त्रिपालभित्र छ, अपराध महाशाखाको साइबर क्राइम फाँट। त्यहाँ अचेल दिनभर तनाव हुन्छ। सामाजिक सञ्जालको प्रयोग व्यापक बनेसँगै यसको दुरुपयोग पनि बढिरहेको छ। साइबर क्राइम फाँटमा हरेक दिन २० देखि २५ जना पीडित उजुरी लिएर पुग्छन्। आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।, उजुरी लिएर पुग्नेमध्ये अधिकांश १३ देखि १७ वर्षसम्मका किशोरी छन्। धेरैजसो पीडक च्याट एप भएका फेसबुकसहितका सामाजिक सञ्जालमा फेक आइडीमार्फत ‘ब्ल्याक मेल’ गर्नेहरू छन्। पछिल्लो समय यो समस्या गाउँतिर बढी हुन थालेको छ। तर गाउँमा साइबर क्राइम हेर्ने प्रहरीको शाखा छैन। त्यसैले सबै दुव्र्यवहारको उजुरी आइपुग्न अवस्था नरहेको अपराध महाशाखाका प्रवक्ता…

Read More

काठमाडौं, २२ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० स्रोतले बतायो । आजको नयाँ पत्रिकामा यो खबर छ, महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् । तर, डिएनए रिपोर्ट नै निर्णायक हुने उनीहरूको भनाइ छ । पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन…

Read More

कैलाली, २१ मङ्सिर । लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले आज आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् । बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलो बुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले जानकारी दिनुुभयो । उनले आमा दिलबहारीदेवी चौधरी माथि पनि चिरपट प्रहार गरी घाइते बनाएका छन् । उहाँको टाउकोमा चोट पुगेको छ । गम्भीर घाइते उहाँलाई उपचारका लागि लालरत्न अस्पताल भर्ना गरिएको छ । प्रहरीले जहवारलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक जैसीले बताउनुभयो ।

Read More

काठमाडौँ, २१ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सार्वभौम सत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता एवं शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “देश विकासका योजना पनि ती उल्लेखित विषयलाई सम्बोधन गर्ने र बलियो पार्ने किसिमका हुनुपर्छ ।” राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औँ योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा छिटो विकास गरिने बताउनुभयो । विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर अघि बढ्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने…

Read More

भद्रपुर, २१ मंसिर । नेपालकै पुरानो नगरपालिका भद्रपुर खुल्ला दिसामुक्त घोषणा भएको छ । शुक्रबार आयोजना गरिएको घोषणा समारोहमा प्रदेश सभा सदस्य बसन्त बानियाँ र जिल्ला समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका कार्यवाहक अध्यक्ष मीना पराजुलीले समितिको तर्फबाट नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरे । भद्रपुर, झापामा खुल्ला दिसामुक्त घोषणा हुने १३ औं स्थानीय तह हो । १५ स्थानीय तह रहेको झापामा मेचीनगर र हल्दिबारी खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् । यी दुबै स्थानीय तह मंसीर २४ र २५ मा खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरिरहेका छन् । १५ हजार २…

Read More