झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बर्दिया, २६ कात्तिक । ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ वर्षीय युवक छन् । उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । प्रहरीका अनुसार आईतबार करिब ४ बजे दुई बालिका बाख्रा चराउन गएका थिए । साथी पानी पिउन गएको मौका छोपी उनीहरुले ती बालिकालाई बलात्कार गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २६ कात्तिक । तीन हाँगामा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता राजसंस्था र चुनाव चिह्नको विवादले भाँडिएको छ । कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच सोमबार एकता घोषणा गर्ने कार्यक्रम थियो । तर, थापा र राणाबीच राजसंस्था र चुनाव चिह्रनका विषयमा विवाद भएपछि आईतबार दिउँसो एकत प्रक्रिया भाँडिएको नेताहरुले बताएका छन् । सोमबार दिउँसो १ बजे एकता घोषणाका लागि लिइएको राष्ट्रिय सभागृहको सभाहल बुकिङ पनि एकता भाँडिएसँगै रद्ध गरिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

सुर्खेत, २५ कात्तिक । यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ । यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र तिला गाउँपालिका–४ जुम्लाका दुई महिलाले आफू जबर्जस्ती करणीमा परेको उजुरी प्रहरीमा हालेका हुन् । पातारासीका पीडित महिलाको बयानका आधारमा जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका ४५ वर्षीय भैरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । तिला गाउँपालिकाका–४ जुम्लाका एकै घरका दुई महिला जबर्जस्ती करणीका चार आरोपित भने फरार रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । कात्तिक १८ गते घरभन्दा करीब…

Read More

काठमाडौँ, २५ कात्तिक । सरकार तथा प्रतिपक्षी दलका नेताहरुले अहिलेसम्मकै बलियो सरकार बनेकाले राजनीतिक स्थिरतालाई कायमै राखेर जनकाङ्क्षाअनुसार देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । रिपोर्टर्स क्बलमा आज आयोजित साक्षात्कारमा नेपाली काङ्ग्रेसका नेता चिनकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दलले सरकारको राम्रो कामको कहिल्यै विरोध नगरेको भन्दै सरकार तथा प्रतिपक्षी मिलेर देशलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । दुई तिहाइको सरकारको कार्यशैली कछुवा गतिमा चलेको भन्दै उहाँले काङ्ग्रेससहित प्रतिपक्षीको पनि विरोध नभएको बेला राजनीतिक स्थिरता कायमै राखी सरकार समृद्धिको बाटामा लाग्नुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले सरकार गठन भएको आठ महीनामात्रै भएकाले सरकारको आंशिक समीक्षा गर्न सकिए पनि पूर्णसमीक्षा गर्ने बेला…

Read More

काठमाडौँ, २५ कात्तिक । सुन तोलामा एक हजारले घटेको छ । आज छापावाल सुन प्रतितोला रु ५९ हजार र तेजाबी सुन प्रतितोला रु ५८ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गत मङ्गलबार छापावाल सुन प्रतितोला ६० हजारमा कारोवार भएको थियो । त्यसपछि तिहारका लागि बन्द भएको कारोवार आजदेखि पुनःसञ्चालन भएको छ । अन्तरराष्ट्रिय बजारमा ‘पहेँलो धातु’को भाउ घटेकाले तथा डलरभन्दा भारतीय रुपैयाँ मजबुत भएकाले नेपाली बजारमा सुनको भाउ केही सस्तो भएको महासङ्घले जनाएको छ । यस्तै चाँदी आज रु २५ घटेर तोलामा रु ७४५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Read More

बनियानी, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले नेकपामा नयाँ धारको कुरा निराधार भएको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले त्यस्तो बताउनुभएको हो । ‘बाहिर आएको कुरा बाहियात र निराधार छ’, उहाँले भन्नुभयो, ‘नेकपामा कुनै नयाँ धार छैन ।’ तल्लो र वर्गीय संगठन भंग भएकाले पार्टी भित्र केही असन्तुष्टि रहेको उहाँले उल्लेख गर्नुभयो । ‘नेकपा ठूलो पार्टी हो, लाखौँ सदस्य र लखौँ समर्थक छन्’, उहाँले भन्नुभयो, ‘उहाँहरु अहिले असंगठित हुनुहुन्छ, यस्तो बेलामा केही असन्तुष्टि आउनु स्वाभाविक हो ।’ पार्टी एकताका लागि काम भइरहेको बताउँदै नेता खनालले स्थायी समितिको बैठक पछि एकता…

Read More

रवीन्द्र काफ्ले फिदिम, २५ कात्तिक । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ती पूर्वी नेपालमा आज विशेष पर्वका रुपमा मनाइएको छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई विशेष पर्वका रुपमा मनाउने गरिएको छ । फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लासहित राजधानी काठमाडौँ र विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज पाँचथरको फिदिममा विशेष कार्यक्रम आयोजना गरिएको छ । यहाँ फाल्गुनन्दका हालै निर्मित दुई शालिक अनावरण गरिएको तथा धार्मिक प्रवचन आयोजना गरिएको छ । किराँत समुदायका आधुनिक धर्मगुरु आत्मानन्द लिङ्देनले फिदिममा आयोजित…

Read More

बनियानी, २५ कात्तिक । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५ नं. को पिकअप भ्यानले ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राईले जानकारी दिनुभयो । चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Read More

इलाम, २५ कात्तिक । इलामको देउमाई नगरपालिका–७ स्थित पर्यटकीयस्थल सिद्धिथुम्कामा तीनदिने पर्यटन महोत्सव शुरू भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ भन्ने नाराका साथ आजदेखि महोत्सव शुरू भएको आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईंले जानकारी दिनुभयो । यहाँको खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान पर्यटकीय आकर्षण हुन् । महोत्सवको पहिलो दिन साँस्कृतिक झाँकीको साथ कार्यक्रमको उद्घाटन, दोस्रो दिन भव्य साँस्कृतिक कार्यक्रम र तेश्रो दिन समापन समारोह हुनेछ । स्थानीय व्यावसायिक कृषि प्रणाली, मौरीपालन व्यवसाय यहाँ राम्रोसँग फस्टाएको छ । महोत्सवमा कृषि प्रदर्शनी र मौरीको समेत स्टल राखिएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन केही…

Read More

मङ्गलबारे, २५ कात्तिक । इलामका तीन स्थानीय तहले महागुरु फाल्गुनन्द जयन्तीको अवसरमा आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । यहाँका फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । गाउँ कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरिएको फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । महागुरु फाल्गुनन्दलाई सरकारले विसं २०६६ मा १६औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । विसं १९४२ कात्तिक २५ गते इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाको चुक्चिनाम्बामा जन्मनुभएका महागुरुको जन्मजयन्तीका अवसरमा रुपाटारस्थित किराँत मन्दिरमा किराँत धर्मावलम्बीले पूजाआजा गर्दै आएका छन् । किराँत धर्मका महागुरु तथा समाज सुधारक फाल्गुनन्दको बसोवास रहेको स्थल माङसेबुङ गाउँपालिकाको लारुम्वामा किराँत धर्मानुरागीहरूले पूजापाठ गर्ने…

Read More