झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २४ कात्तिक । विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उहाँको शालिकमा माल्यार्पण गरियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । उहाँले विधानअनुुसार पार्टी सभापति चल्न नसकेको आरोप लगाउनुभयो । विधानभन्दा सभापति माथि हुँदा पार्टी यस अवस्थामा आएको उहाँको भनाइ थियो । नेता सिंहले पार्टी सुधारका लागि आफूले जस्तोसुकै भूमिका खेल्न तयार रहेको स्पष्ट…

Read More

बनियानी, २४ कात्तिक । झापाको भद्रपुर नगरपालिकामा निर्माणाधीन शीत भण्डारगृहको निर्माण कार्य आठ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुनसकेको छैन । पन्ध्र महीनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ठेकेदारको लापर्बाहीका कारण आठ वर्ष बित्न लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको हो । भारतीय दूतावासको सहयोगमा निर्माण हुन लागेको शीत भण्डारगृहको २०६७ पुस १५ गते सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले रु चार करोड १३ लाख ३७ हजार ३७४ मा १५ महीनामा काम सम्पन्न गरिसक्ने ठेक्का पाएको भद्रपुर नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले जानकारी दिनुभयो । ठेकेदार धर्मराज थापा र शिवकुमार सोनीले शीत भण्डारगृहको २०६८ चैत १६ मा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता…

Read More

धनगढी, २४ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्र्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प २४२० नं को मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताउनुभयो । दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको छ । अन्य दुईको अवस्था सामान्य…

Read More

अमेरिकामा एक दम्पतिले आफ्नो गर्भको शिशुलाई पालैपालो दुबैजनाको गर्भमा राखेर जन्म दिएको छ । उक्त समलिंगी जोडी अन्ततः दुईवटा कोखमा एउटै बच्चा पालैपालो राखेर जन्म दिने दुनियाकै पहिलो दम्पत्ति बनेको छ । उक्त बच्चा दुईजना आमाको गर्भमा हुर्र्किएको पहिलो बच्चा बन्न सफल भएको छ । उक्त दम्पत्तिले आफ्नो पहिलो बच्चालाई जन्म दिनका लागि आइभिएफ प्रविधिको सहयोग लिएको थियो । ६ वर्षसम्म डेट गरेपश्चात् एश्ले र ब्लिस कल्टर नामका ती दुई समलिंगी महिलाले सन् २०१५ मा बिहे गरे । दुबैजनाले बच्चा जन्माएर आमा बन्न चाहन्थे । तर लेस्बियन भएका कारण उनीहरुले प्राकृतिक तवरले गर्भाधारण गर्न सक्दैनथे । त्यसपछि उनीहरुले टेस्टट्युब बेबी…

Read More

गाजलु फेम्ड निर्देशक हेमराज बिसी निर्देशित नयाँ फिल्म दि ब्रेकअपको हालै युट्युब रिलिज भएको आज हाम्रो बोलको गीतले राम्रो हाइप बनाएको छ । १० लाखको नजिक भ्यूअर्स रहेको गीतलाई सकारात्मक प्रतिक्रिया मिलेको छ । यस्तैमा हरेक नेपाली घरमा लक्ष्मी भित्राउन व्यस्त रहँदा निर्माण टिमले फर्स्टलुक पोस्टर रिलिज गरेको छ । आगामी पौष २७ गते दर्शक भेट्न तयार रहेको फिल्मको सार्वजनिक पोस्टरमा लिड अभिनेता आशिरमान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केलाई रोमान्टिक मूडमा देख्न सकिन्छ । शिल्पा, आशिरको काखमा देखिएकी छिन् । बाँकी लिड कलाकारलाई भने पोस्टरमा स्थान दिइएको छैन । फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल…

Read More

ओखलढुङ्गा, २३ कात्तिक । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाले वाक्साका अग्निपीडितलाई राहत उपलब्ध गराएको छ । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् । सडकको पहुँच नभएकाले आवश्यक सामान बोकेर पु¥याइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताउनुभयो । “पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन प्रयास ग¥यौँ”, उहाँले भन्नुभयो, “सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामग्री लिएर गयौँ र स्थानीय सरकारका तर्फबाट हुने सहयोग उपलब्ध गराएर फर्कियौँ ।’ राहत बोकेर गाउँपालिका अध्यक्ष मोतीराज राई, उपाध्यक्ष राईसहित अन्य जनप्रतिनिधि र स्थानीय सरोकारवाला वाक्सा पुगेका थिए । गाउँपालिकाको तर्फबाट त्रिपाल, ब्लाङ्केट, नुन, तेल, चामल र वडाको…

Read More

काठमाडौँ, २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताउनुभएको छ । तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो । तिहार पर्वमा प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा…

Read More

झापा, २३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम छ, भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको…

Read More

काठमाडौँ, २२ कात्तिक । ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने नेपालले लिएको थियो । खेलको ११आँै मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुवाती अग्रता लिएकी थिइन् । त्यस्तै खेलको पहिलो हाफको ३७औँ मिनेटमा भारतले एक गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्यायो । भारतका लागि कमलादेवी युम्नामले गोल गरिन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन । दुवै टोलीले…

Read More

भक्तपुर, २२ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताउनुभयो । दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले भन्नुभयो, “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप¥यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।” काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोनुर््परेको उल्लेख गर्दै उहाँले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार…

Read More