झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १२ जेठ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता बिर्तामोडस्थित डोमालाल रंगशालामा हुन लागेको हो ।अखिल नेपाल खेलकुद महासंघ झापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को संयुक्त आयोजना प्रतियोगिता हुन लागेको हो । बिहान ७ बजेदेखि प्रतियोगिता शुरु हुने अखिल नेपाल खेलकुद महासंघ झापाका इञ्चार्ज मदन खड्काले जानकारी दिए ।मैत्रीपूर्ण खेलको प्रथम हुने टिमलाई २५ केजीको खसी र उपविजेतालाई १५ केजी लोकल कुखुरा प्रदान गरिने खेल संयोजक सुरेल आले मगरले बताए । प्रतियोगितामा आयोजक अखिल नेपाल खेलकुद महासंघ झापा, पिएलए, वाइसीएल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, अनेरास्ववियु (क्रान्तिकारी) एउटा…

Read More

बिर्तामोड, ९ जेठ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सिलाई कटाई, व्युटिपार्लर र व्याग बनाउने तालिमको सकिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले सञ्चालन गरेको तालिमको आज सकिएको हो । २ महिने सिलाई कटाई तालिममा वडा नम्बर २, ५ र ९ का गरि २० जना सहभागि थिए । यस्तै २ महिना देखिनै सञ्चालनमा रहेको व्युटिपार्लरको तालिममा वडा नम्बर २, ५, ७ र ९ का गरि ११ जनाको सहभागिता थियो । यसैगरि ४५ दिन सम्म सञ्चालन भएको व्याग बनाउने तालिममा १४ जना वडा नम्बर २ बाट सहभागि थिए । तालिममा सहभागि ४४ जनालाई प्रमाण पत्र प्रदान गरिएको…

Read More

सरोज भट्टराईशिवसताक्षी, ९ जेठ । झापामा पछिल्लो समय आयुर्वेद औषधालयमा सेवाग्राहीको संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ । जनस्तरमा वैकल्पिक उपचार विधिको रूपमा स्थापित हुँदै आएको आयुर्वेद चिकित्साप्रतिको जनविश्वास बढ्दै जाँदा औषधालयमा सेवा लिनेहरूको संख्यमा समेत वृद्धि भएको हो । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने विरामीको संख्या विगतका वर्षहरुमा हेर्दा बढ्दो देखिन्छ । शिवसताक्षीको दूधेमा आयुर्वेद औषधालय छ । यो पुरानो औषधालय हो । जसमा उपचार गराउनेको विरामीको संख्यामा दिन प्रतिदिन बढ्दो रहेको औषधालयका डा. कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए । ‘अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’, उनले भने, ‘यहाँ भने पहिलेको तुलनामा…

Read More

धनकुटा, ९ जेठ । उदयपुर र धनकुटाबाट लागुऔषध गाँजासहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ८ गते इलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार स्थितमा प्र १–०२–००१ ज ४४८० नम्बरको यात्रु वाहक गाडीमा सवार रहेकी धनकुटाको सहिदभूमि गाउँपालिका–७ की २६ वर्षीया लक्ष्मी राईलाई ५१ किलोग्राम गाँजासहित पक्राउ गरेको हो । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुरको त्रियुगा–९ की ४१ वर्षीया शिव माया लुङगेली मगरलाई ८ सय १० ग्राम गाँजासहित पक्राउ गरेको छ ।

Read More

झापा, ९ जेठ । मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ८ गते लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको सुन्दर हरैचा नगरपालिका–१० का समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई ब्राउन सुगर १ ग्राम ३ सय ३० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी, प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको प्रहरी टोलिले झापाको झापा गाउँपालिका–४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरीयालाई ८ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट मेचीनगर–७ इटाभट्टाका २५ वर्षीय…

Read More

ताप्लेजुङ, ९ जेठ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेकी ५१ वर्षीया विष्णुमाया लिङदेनको खोलाले बगाएर मृत्यु भएको छ । जेठ ८ गते दिउँसो फावा खोला तर्ने क्रममा खोलाले बगाउदा १ सय ५० मिटर टाढा लिङ्देन मृत अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याएको थियो ।

Read More

भद्रपुर, ९ जेठ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आठ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ । झापाको भद्रपुरमा आज आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा संस्थाले एक वर्षका लागि सदस्यका छोराछोरीहरु अभिषेक सदा, विराज टुडू, बिना टुडू, कृष्ण हेमरम, अस्मिता मुर्मू, अम्बिका मुर्मू, आशिका मुर्मू र विवेक मर्डीको अभिभावकत्व ग्रहण गरेको हो । त्यस्तै, संस्थाले उत्कृष्ट एटीएमतर्फ विञ्जला पोखरेल, उत्कृष्ट ऋणीहरु शान्ती राजवंशी, लक्ष्मी राई, कल्पना राजवंशी, उत्कृष्ट उद्यमीहरु पुनम साह, नमिता राजवंशी, रिम्पो घोषलाई सम्मानसहित पुरस्कृत गरेको छ । कार्यक्रममा थ्री जिरो क्लबका प्रकृति पोखरेल लगायतकालाई सम्मान गरिएको थियो । यस्तै, केन्द्रतर्फ उत्कष्टता हासिल गर्ने तीन…

Read More

मेचीनगर, ९ जेठ । संयुक्त पहिचानवादी मोर्चा मेचीनगर समिति गठन भएको छ । तेजबहादुर कन्दङवाको संयोजकत्वमा २३ सदस्यीय समिति गठन भएको हो । मेचीनगरको किरात याक्थुङ चुम्लुङ भवन इटाभट्टामा बिहीबार आयोजित एक कार्यक्रमका बीच मेचीनगर समिति गठन गरिएको संयुक्त पहिचानवादी मोर्चाका झापा संयोजक एलपी पालुङ्वाले जानकारी दिनुभयो । मेचीनगर समितिको सहसंयोजकमा कोपिला लावती, साधु मगर, वेद राजवंशी, प्रकाश लावती, हर्क पंधाक, सन्तोष योङ्या, मानधोज लिम्बु, बमबहादुर योङ्या, सदस्य सचिवमा यामबहादुर साउदेन चयन हुनुभएको छ । त्यस्तै, सदस्यमा अमर इजम, आशिष लिम्बु, सफल लिम्बु, भिम किराती, चन्द्रकला लिम्बु, रिता मेचे, संजिला तामाङ, उमा यक्पाङदेन, प्रदिप दनुवार, नन्द कमल लिम्बु, गणेश माया…

Read More

झापा, ९ जेठ । झापाको झापा गाउँपालिकाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति झापा–४ सुकुम्बासी स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी गस्ति टोलीले शिवसताक्षी–४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेरकुमार ताजपुरिया पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ साइकलमा आउदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा अनुरोध ताजपुरियाले लागाएको ट्रयाक सुटको दाहिने साइडको फेरमा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकसहित १ ग्राम १७० मिलिग्राम र प्लाष्टिक बाहेक ८०० मिलिग्राम फेला पारेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ९ जेठ । झापाको मेचीनगर नगरपालिकामा टेलिकमको तामाको तार चोरीमा संलग्न दुई जना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पानिटयाङकीका २७ वर्षीय तापच बरमन र सोही स्थानका २२ वर्षीय अमित सरकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । मेचीनगर–७, ५ नम्बर पोष्टमा रहेको चिया बगानमा प्रहरी चौकी सतिघट्टाबाट डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा चार मुठा तामाको तार फेला पारेको प्रवक्ता खड्काले बताउनुभयो । तौल गर्दा एक सय केजी रहेको तारको मूल्य करिब रू ८० हजार पर्ने जनाइएको छ । उनीहरुले…

Read More