झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २१ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७५÷७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको आज सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले नीतिमा टेकेर अपेक्षित नतिजा निकाली समृद्ध नेपालको सपना साकार पार्न सबैले गतिशीलता अपनाउन आवश्यक रहेकामा जोड दिनुभयो । मन्त्रालयले डिजिटल नेपाल निर्माण, सार्वजनिक प्रसारण सेवा गठन, हुलाक सेवाको आधुनिकीकरण, सुरक्षित मुद्रणालय स्थापना, नेपाल टेलिकमको गुणस्तर सुधार, कानूनी र नीतिगत विषयमा सरलीकरणसहित विगतभन्दा फरक शैलीमा एकीकृत कार्ययोजना सार्वजनिक गरेको छ । “तोकिएको समयमा तोकिएको लक्ष्यअनुसार काम…

Read More

काठमाडौँ, २१ साउन । नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससितको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए । पहिलो खेल कमजोर ब्याटिङ्का कारण गुमाए पनि दोस्रोमा उत्कृष्ट खेल प्रदर्शन गरेको उनले बताए । नेपाली क्रिकेटको आगामी यात्रा एशिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । एसीसी एशिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदैछ । नेपाली टोली बेलायतको लड्समा त्रिकोणात्मक टी–२० शृङ्खला र नेदरल्याण्ड्समा दुई खेलको एकदिवसीय शृङ्खला…

Read More

रत्ननगर, २१ साउन । चितवनको भरतपुर महानगरपालिका–वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ । स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिनुभयो । उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोस भएका अर्का एकजनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए । पाठकका अनुसार घटनास्थल नजीक शरीरका विभिन्न अंग फेला परे पनि उनको अवस्थाबारे पत्ता लागेको छैन । बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको…

Read More

इनरुवा, २१ साउन । जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई आइतबार पक्राउ गरेको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लगिरहेको अवस्थामा सुपारीसहित एक जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । नेपालबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ भने खबरको आधारमा ४० किलो सुपारीसहित देवानगञ्ज–१ का २३ वर्षीय सन्तोषकुमार मेहतालाई पक्राउ गरिएको हो । पक्राउ परेका सुपारी, मोटरसाइकल आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज सेतुबन्ध बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

तेह्रथुम, २१ साउन । तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने क्रमलाई रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रम बनाएको छ । पूर्वाधार निर्माण, आवश्यक स्रोत साधन परिचालन, खानेपानी व्यवस्थापनलगायत योजनाले बसाइँसराइ रोक्ने गाउँपालिकाले नीति लिएको अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । गाउँपालिकाबाट बसाइँसराइ लिएर गइसकेकालाई पुनः फर्काउने र शहरी क्षेत्रमा निस्किएर व्यवसाय गर्नेलाई लक्षित गरी बसाइँ सरेर आउनेलाई व्यावसायिक अनुदान उपलब्ध गराउने निर्णय भएको अध्यक्ष…

Read More

गौरीगञ्ज, २१ साउन । गौरीगँज गाउपालिकाला आर्थिक वर्ष ७५ ⁄ ७६ का लागि ४४ करोड ८२ लाख ४८ हजारको बजेट सार्वजनिक गरेको छ । गापाले चालु आर्थिक वर्षका लागि कृषि तथा पशु बिकासमा १ करोड ४७ लाख‚ पर्यटन बिकासमा २५ लाख‚उद्योग बाणिज्यमा १० लाख शिक्षामा १ करोड‚ स्वास्थ्यमा २५ लाख‚ खाने पानी तथा सरसफाइमा २० लाख‚लैँगिक समानता तथा सामाजिक समावेशीकरणमा ६८ लाख युवा तथा खेलकुदमा २० लाख रुपैया बिनियोजन गरेको छ । त्यसै गरि पुर्वाधार बिकाश मा १५ करोड ८३ लाख‚ वाताबरण तथा बिपद ब्यवस्थापनमा १ करोड ६५ लाख‚ सँस्थागत बिकाश तर्फ १ करोड ७० लाख रुपैया बिनियोजन गरेको छ…

Read More

खोटाङ, २१ साउन । धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी । ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ । गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो । हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित छ । जसका कारण वर्षेनी लाखौँ देशीविदेशी तीर्थयात्री हलेसी आउने गर्छन् । नेपालसँगै भारत, चीन, भुटान, जापान, अमेरिकालगायत विभिन्न मुलुकबाट विभिन्न धर्मावलम्बी हलेसी दर्शन तथा अवलोकन गर्न आउने गरेका छन् । हिन्दुधर्मावलम्बीले पूर्वको पशुपतिनाथ, बौद्धधर्मावलम्बीले दोश्रो लुम्बिनी र किराँतीले आदिम भूमि मान्ने हलेसी प्राकृतिक भू–बनोटको आधारमा पनि छुटाउनै नहुने एउटा ठाउँ हो । सडक…

Read More

सान नेपाल गौरादह, २१ साउन । झापाको गौरादह नगरपालिकाले आगामी चार वर्षभित्रमा नगरभित्रबाट फुसको छाना विस्थापित गर्ने भएको छ । नगरपालिकाले यसै आर्थिक वर्षमा नगरभित्र रहेका २ सय परिवारको घरमा भएको फुसको छाना हटाएर जस्तापाता खरिद गर्न बजेट बिनियोजन गरेको नगर प्रमुख रोहित कुमार शाहले जानकारी गराएका छन् । नगरपालिकाले चालु आर्थिक जस्तापता खरीदका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको नगर प्रमुख शाहले बताए । अहिलेको समयमा पनि विपन्न समुदायको घरमा फुसको छानो रहेकोले हरेक वर्ष छाना फेर्नु पर्ने बाध्यता रहेको र बर्षामा पानी चुहिएर घरमा बस्ने समस्या हुने भएकोले आफैँ खरिद गर्न नसक्ने परिवारको लागि नगरपालिकाले जस्तापाता खरिद गरिदिने…

Read More

बिर्तामोड, २१ साउन । बिर्तामोड नगरपालिकाले आफ्नो पशुपालन सम्बन्धी नीति तथा कार्यक्रम अन्तरगत लक्षित बर्गलाई खसी–बाख्रा वितरण गरेको छ । नगरको वडा नं ७ स्थित बेलडाँगी भुटानी शिबिर नजिकै रहेको टोलका १५ परिबारलाई ४५ वटा खसी बाख्रा वितरण गरिएको हो । आइतबार आयोजित कार्यक्रमका बीच खसी र बाख्रा बाँडिएको नगर पालिकाकी पशु अधिकृत सानुमायाँ श्रेष्ठले बताइन् । उनका अनुसार यस नगरका हालसम्ममा १०५ वटा खसी बाख्रा बितरण गरिएको छ । त्यहाँ आयोजित कार्यक्रममा नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, उप प्रमुख पबित्रा महतारा प्रसाईले खसी तथा बाख्रा प्रदान गरेका थिए ।

Read More

रुपेन्द्र शेर्मा उर्लाबारी, २१ साउन । सुन्दर भविष्यको कल्पना गरेर बिबाह गरेको केही महिनामै विदेश गएका मोरङ, सुनवर्षी नगरपालिकका वडान नं.२ का २९ वर्षीय सन्तोष विष्टको गत जुलाई १२ मा दक्षिण कोरियाको सिजिओ सहरमा सडक दुर्घटनामा परी मृत्यु भएको छ । १३ लाख रुपैयाँ ऋण गरेर गएको छोरो ऋण तिरी नसक्दै सधैंका लागि परिवारलाई छाडेर गएपछि यतिबेला उनको परिवार विचल्लीमा परेको छ । दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा उनको मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । दुर्घटना गराउने गाडी धनीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनको शव नेपाल ल्याउन समस्या भएको…

Read More