
बिर्तामोड, २१ साउन । बिर्तामोड नगरपालिकाले आफ्नो पशुपालन सम्बन्धी नीति तथा कार्यक्रम अन्तरगत लक्षित बर्गलाई खसी–बाख्रा वितरण गरेको छ ।
नगरको वडा नं ७ स्थित बेलडाँगी भुटानी शिबिर नजिकै रहेको टोलका १५ परिबारलाई ४५ वटा खसी बाख्रा वितरण गरिएको हो । आइतबार आयोजित कार्यक्रमका बीच खसी र बाख्रा बाँडिएको नगर पालिकाकी पशु अधिकृत सानुमायाँ श्रेष्ठले बताइन् ।
उनका अनुसार यस नगरका हालसम्ममा १०५ वटा खसी बाख्रा बितरण गरिएको छ । त्यहाँ आयोजित कार्यक्रममा नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, उप प्रमुख पबित्रा महतारा प्रसाईले खसी तथा बाख्रा प्रदान गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


