
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पुष्टि भएकाले शुक्रबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनको प्रमाणपत्रबारे उजुरी परेपछि भएको छानबिनका क्रममा भारतबाट नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा कैद र जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको घिमिरेले बताए ।
झापा, ४ माघ । झापाको मेचीनगर नगरपालिका वडा नं. १२ माइलाबारी टोलस्थित होटल लिटल सेफ फास्ट फुड क्याफेमा आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। दामोदर दाहालको दुई तले घरको तल्लो तलामा प्रदिप लिम्बुले सञ्चालन गरेको उक्त क्याफेमा इन्भर्टरको तार सर्ट भएर गएराति करिब १ बजे आगलागी भएको हो । आगलागीबाट फ्रिज, र्याक, विभिन्न ब्राण्डका रक्सीहरू, नगद २५ हजार रुपैयाँ, इन्भर्टर, दुई वटा ब्याट्री र अन्य सामग्री जलेर नष्ट भएको छ । आगो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा करिब १ः२० बजे नियन्त्रणमा लिएको थियो । आगलागीले क्याफे आंशिक रूपमा जलेर नष्ट भएको छ…
झापा, ४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। हिजो केही घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको छ। त्यसैगरी आज कुवेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्ड, युरोसहितका मुद्राको मूल्य पनि बढेको छ। यी मुद्राको मूल्य हिजो पनि बढेको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८९ पसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा थियो। गएको बुधबार अमेरिकी डलर एकको खरिददर…
मेष : कार्यसिद्धिको योग छ। सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। वृष : जिद्दीपनाले गर्दा काम बिग्रन सक्छ। शत्रु पक्ष हाबी हुन सक्छन्। सरकारी निकायको भय रहला। उमङ्ग र उत्साहमा कमी आउनेछ। घरायसी वातावरणमा केही असामञ्जस्य देखिन सक्छ। मिथुन : आफन्तको साथ र सहयोग मिल्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। नयाँ कामको अवसर र शुभकार्यको चर्चा चल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक र वैदेशिक कार्य अघि बढ्नेछ। कर्कट : नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। रोकिएका काम पुनः सुरु…
झापा, ४ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज बिहान कोशी, बागमती र मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका केही भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
झापा, ४ माघ । बीपी राजमार्गमा अन्तरगत सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बा.३ ख ८४४५ नम्बरको माइक्रो सडक तल खस्दा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका– १० घर भएका ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको जिप्रका सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए। गम्भीर अवस्थाका दुई घाइतेलाई धुलिखेल अस्पतालबाट राति नै काठमाडौँको ट्रमा सेन्टरमा लगिएको डीएसपी खड्काले बताए। जनकपुर १२ का २३ वर्षीय रिचवन नदाफ र मनिका नदाफको हाल ट्रमा सेन्टर काठमाडौँमा…
झापा, ३ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित पाँचथरका एक युवालाई प्रहरीले आज बेलुका पक्राउ गरेको छ । यहाँस्थित पुरानो मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेको पाँचथर फिदिम नगरपालिका–१३ का ३० वर्षीय सनम राईलाई शंका लागी चेकजाँच गर्दा निजले मलद्वारमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्लाष्टिकबाहेक २ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भद्रपुर, ३ माघ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१–८२ को छ महिनामा गत आवको सोही अवधिको तुलनामा १२ दशमलव ३७ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार चालु आवको समीक्षा अवधिमा रु एक अर्ब ५१ करोड ७२ लाख ९७ हजार राजस्व संकलन भएको छ भने गत आवको सोही अवधिमा रु एक अर्ब ३५ करोड तीन लाख राजस्व संकलन भएको थियो । कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको अधिकृत ज्ञानेन्द्र राईले जानकारी दिए । “चालु आवको छ महिनामा रु एक अर्ब ८८ करोड ५८ लाख २१ हजार राजस्व संकलनको लक्ष्य…
झापा, ३ माघ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटीले देशभरका पुस्तक तथा स्टेसनरी व्यवसायी एकजुट हुनुपर्ने बताएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको छैठौं वार्षिक साधारण सभालाई विहीबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष शिवाकोटीले भने, ’युगौँ युगसम्म पुस्तक तथा स्टेसरीको व्यवसाय र व्यवसायी टिकी राख्ने हो भने देशभरका व्यवसायी एकजुट हुनुको विकल्प छैन ।’ पुस्तक र स्टेशनरी व्यवसायलाई तीन तहकै सरकारले शैक्षिक र सांस्कृतिक हिसावमा महत्वपूर्ण स्थान दिनुपर्ने उनले बताए । सरकारका हरेक शैक्षिक गतिविधिमा पुस्तक व्यवसायीलाई पनि सहभागिता गराउनु पर्ने उनको जोड थियो । सरकारी तथा निजी प्रकाशन गृहका पाठ्यपुस्तक…
झापा, ३ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको छ । समयमा पक्षघातको उपचार नहुँदा तथा जीवनरक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष आठ सय जनाले ज्यान गुमाउँदै आएका छन् । यस्तो अवस्थामा गरी अमेरिका सरकारको सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले आज प्रेस विज्ञप्ति निकालेर जनाएको छ । उक्त मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहन्छ । ‘थ्रोम्बोलाइटिक ड्रग्स’ नामक औषधिको एक मात्रा सेवन…