
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
लमजुङ, ७ माघ । लमजुङ का किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले…
मेचीनगर, ६ माघ । इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय संस्थापक प्रिन्सिपल सञ्जीव राई मेरील्यान्ड स्टेट मेरील्यान्डे ‘डाक्टर अफ फिलोसफी इन एजुकेसन’ उपाधिबाट सम्मानित भएका छन् । मलेसियामा शुक्रबार आयोजित एक कार्यक्रममा युनिभर्सिटीले प्रिन्सिपल राईलाई उक्त मानार्थ उपाधि प्रदान गरेको हो । शिक्षाको माध्यमबाट समुदायमा जागरण फैलाउन योगदान दिएका विश्वभरिका उत्कृष्ट शिक्षासेवीहरुलाई युनिभर्सिटीले उक्त उपाधि दिने गरेको छ । मलेसियाको होटल सनवेमा उपाधि हस्तान्तरण कार्यक्रम राखिएको थियो । प्रिन्सिपल राई यसअघि नेपाल सरकाबाट समेत सम्मानित भइसकेका छन् । यसैबीच, इस्ट होराइजन मावि मलेसियामा यसै साता आयोजित विश्व स्कुल शिखर सम्मेलन (वल्र्ड स्कुल समिट) मा सम्मानित भएको छ । बेस्ट अल राउन्डर…
झापा, ६ पुस । प्रेमिकाले धोका दिएको भन्दै दमक वडा नं ७ का ४० वर्षीय विनोद थापाले आफ्नै शरीरमा आगो लगाएका छन्। घटना आइतबार बिहान ११ः४० बजेतिरको हो । शरीरमा पेट्रोल छर्किएर दमक नगरपालिका–७ का ४० वर्षीय विनोद थापाले आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार ‘प्रेमिकाले धोका दिएको’ भन्दै थापाले आफ्नै पेट्रोल छर्किएर लाइटर बाली शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उर्लाबारी नगरपालिका–७ पश्चिम बस स्टेण्डमा रहेको अन्नपूर्ण खाजा घरनजिकै थापाले शरीरमा आगो लगाएको जोशीले बताए । उक्त खाजा घर दमक–३ की २८ वर्षीया इन्द्र लिम्बूले सञ्चालन गर्दै आएकी थिइन् ।…
झापा, ६ माघ । ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । महोत्ससव आगामी माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ । बिर्तामोड महोत्सवको करिव दुई लाखले अवलोकन गर्नेछन् । महोत्सवले बिर्तामोडको मात्र नभई कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अध्यक्ष न्यौपानेको भनाई छ । महोत्सवमा छिमेकी राष्ट्रहरुबाट समेत आएर व्यवसायीले स्टल राख्ने र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने न्यौपानेले बताउनुभयो । त्यसको त ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’मा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य…
भद्रपुर, ६ माघ । झपाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनमैत्री प्रशासनका लागि विचौलिया र अनैतिक गतिविधि गर्ने बिरूद्ध निर्मम भएर लाग्ने बताएका छन् । केही दिन अगाडि सर्लाहीबाट झापा प्रशासनको नेतृत्व सम्हल्न आइपुगेका प्रजिअ अधिकारीले सरकारी कार्यालय अगाडि बसेर बिचौलियाको भूमिका खेल्नेदेखि सडक अतिक्रमण गर्दै नियम बिपरित व्यपार व्यवसाय गर्ने कार्यले सर्वसाधारणका काममा बाधा भएको गुनासो आउने गरेकाले त्यस्ता कार्य रोक्न निर्मम भएर लाग्ने बताएका हुन् । आफ्नै कार्यकक्षमा झापाली सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै प्रजिअ अधिकारीले खुल्ला सिमानाको फाइदा उँठाउँदै हुने गरेका चोरी तस्करी, लागुऔषध कारोवार जस्ता अनैतिक गतिविधि नियन्त्रणका लागि प्रहरी प्रशासन प्रतिबद्ध भएर लाग्ने समेत बताए ।…
झापा, ६ माघ । मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार उक्त राजमार्गको कूल ९५ दशमलव आठ किलोमिटरको निर्माण आर्थिक वर्ष २०७६/७७ देखि सुरु भएको हो । हालसम्ममा सडकतर्फ सात वटा र पुलतर्फ ४२ वटा ठेक्का व्यवस्थापन भएको र औसत ८० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो । विभिन्न चरणमा गरी राजमार्ग निर्माणमा रु १० अर्ब १३ करोड बराबरको ठेक्का लागेको थियो । जसमा ७८…
झापा, ६ माघ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ । इजरायल र हमासबीच पछिल्लोपटक भएको युद्धविराम सम्झौता स्थानीय समय अनुसार आइतबार विहान साढे ८ बजेबाट लागू हुनेछ । युद्धविराम सम्झौता लागू हुनु केही घन्टाअघि टेलिभिजनमार्फत् सम्बोधन गर्दै नेतान्याहुले युद्धविराम सम्झौता अस्थायी भएको र यसको उल्लंघन भएमा कुनै पनि बेला आफ्नो देश युद्धमा जान तयार रहेको चेतावनी दिनुभएको छ । साथै इजरायलले हमासले सम्झौतामा तलमाथि गरे युद्धमा फर्कने अधिकार सुरक्षित राखेको र त्यसका लागि नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि समर्थन रहेको नेतान्याहुको भनाइ छ । नेतान्याहुले हमाससँगको…
चन्द्र बस्नेतकनकाई, ६ माघ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता ‘कनकाई कप–२०८१’ अन्तर्गत आज भएको दोस्रो दिनको चार खेलबाट २ टोली क्वाटर तथा २ टोली सेमिफाइनलमा प्रवेश गरेका छ्न। सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगितामा आज भएको दोस्रो दिनको चार खेलबाट भद्रपुर नगरपालिका , बिर्तामोड नगरपालिका क्वाटर फाईनलमा पुगेका हुन भने सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र टिभिए सिक्किमको पाउना टोली क्वाफाईनल बाट सेमिफाइनलमा प्रवेश गरेका छ्न। भद्रपुर र गौरादह नगरपालिकाबीच भएको पहिलो खेलमा भद्रपुर नगरपालिका बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाबीच भएको दोस्रो खेलमा बिर्तामोड नगरपालिका क्वाफाईनलमा पुगेको प्रतियोगिताका संयोजक जेनिस चौलागाईलेजानकारी दिनुभयो ।…
सन्तोष शर्माबनियानी, ६ माघ । नविनतम् प्रविधिबाट मकै खेती हुने भएपछि यहाँका कृषक उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि कृषक उत्पासाहित भएका हुन् । झापा बाह्रदशी गाउँपालिका–६ कृषक माता सोरेनले भन्नुभयो, “मकै रोप्ने बेलामा उम्रिन्छ जस्तो लाग्दैन थियो, अहिले उम्रिएको बिरुवा हेर्दा खेती राम्रै हुन्छ जस्तो छ ।” मकै खेतीका लागि एक बिघामा खनजोतमा मात्र रू १० हजारदेखि रू १२ हजार खर्च हुने उहाँले बताउनुभयो । “पहिलो पटक यसरी खेती गरिरहेको छु”, कमै उम्रिएपछि उत्साहित हुँदै उहाँले भन्नुभयो, “पहिलो पटक भएकाले के कसरी गर्ने भन्ने अनुभव छैन, उत्पादन राम्रो भयो…
मेष : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। न्यायिक कार्यमा सफलता मिल्ला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। वृष : अनावश्यक वादविवाद बढ्न सक्छ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्न सक्छ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्नेछ। यात्रामा सावधानी अपनाउनु होला। घरपरिवारमा झैझमेलाको अवस्था आउन सक्छ। मिथुन : सफल यात्राको योग छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम रहला। सेवा र सहयोग गर्ने समय आएको छ। कर्कट : पुनर्मिलनको योग छ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने…