
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
इलाम, २३ साउन । मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा स्थानीयवासीले सास्ती खेपिरहेका छन्। गत असार २३ गते इलाम नगरपालिका–९ मा पहिरोसहित सडक भासिएपछि सडक अवरुद्ध भएको हो। वर्षाका कारण भासिएको सडकमा काम गर्न समस्या भएपछि सडक डिभिजन कार्यालय, स्थानीयवासी र सुरक्षाकर्मीले सडक खुलाउने प्रयास गरिरहेका छन्। सडक अवरुद्ध भएपछि यात्रुले माइखोला वारी–पारी करिब डेढ किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता छ। बिरामी, अशक्त तथा ज्येष्ठ नागरिकलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्टेचरमा बोकेर वारपार गराउँदै आएका छन्। प्रहरीले असार १७ गतेदेखि सो क्षेत्रमा सहायता कक्षसमेत सञ्चालन गर्दै आएको छ। वैकल्पिक सडकमा…
झापा, २३ साउन । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् । उपभोक्तालाई प्रतिसिलिण्डर सात हजारका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई आज प्रहरीले पक्राउ गरेको हो । निजले सञ्चालन गरेको किराना पसलबाट तीन थान सिलिण्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिनुभयो ।
झापा, २३ साउन । बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लाका साना नदी तथा खोलामा बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ । महाशाखाले शनिबार बिहान ८ बजे जारी गरेको सूचनाअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, बागलुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, बझाङ र आसपासका जिल्लामा रहेका साना नदी तथा खोलामा बहाब बढ्ने अनुमान गरिएको हो । महाशाखाका अनुसार हाल कोसी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीहरूमा बहाब सतर्कता तहभन्दा तल रहेको छ । त्यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती…
सन्तोष शर्माझापा, २३ साउन । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा ३६ अर्ब ३८ करोड ३० लाख ४२ हजार ९२० रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा व्यापार घाटा १० अर्ब ५५ करोड १९ लाख ७८ हजार ६०० रुपैयाँले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा व्यापार घाटा २५ अर्ब ८३ करोड १० लाख ६४ हजार ३२० रुपैयाँ रहेको थियो । आयात र निर्यात दुवै घटेगत आर्थिक वर्षमा काँकरभिट्टा नाकाबाट हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । तथ्याङ्कअनुसार आयात १८.५१ प्रतिशत र निर्यात…
झापा, २३ साउन । डिभिजन वन कार्यालय झापाले जिल्लाका हात्तीपीडितलाई करिब २ करोड रुपैयाँ राहत वितरण गरेको छ । कार्यालयले गत आव २०८२/०८३ मा रू एक करोड ९९ लाख राहत वितरण गरेको हो । कार्यालयले हात्तीको आक्रमणबाट मृत्यु भएका छ जनाको परिवारलाई जनही रू १० लाखका दरले ६० लाख राहत वितरण गरेको कार्यालयका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो । त्यस्तै, १७ जना सख्त घाइतेलाई २६ लाख ६० हजार ८६२, १५ वटा पशुधनमा क्षति पुगेवापत १ लाख ५० हजार, १९१ वटा भण्डारण गरेको अन्नको क्षति भएवापत १५ लाख २० हजार २६४, २६८ घरगोठमा क्षति भएवापत ४२ लाख ५४ हजार ५६०…
झापा, २३ साउन । प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई झापा, भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, धनकुटा र बाराबाट पक्राउ गरिएको हो । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित थुम्बेदिन होटल एण्ड लजबाट तीन जना र कनकाई नगरपालिका–४ कोटीहोमबाट एक जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, भक्तपुर नगरपालिका–१ सल्लाघारीबाट एक, मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट एक, रूपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटेपिपलबाट एक, सिद्धार्थनगर नगरपालिका–९ उदयपुरबाट एक र नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१७ पिप्रहवाबाट एक जनालाई पक्राउ गरिएको हो । यसैगरी, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चुच्चेखोलाबाट एक जना, पाल्पाको रामपुर नगरपालिका–७ मोवटी शीतलनगरबाट एक,…
झापा, २३ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा…
झापा, २२ साउन । झापाको मेचीनगर नगरपालिका–१५ बङ्गसल सीमा क्षेत्रबाट भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका लत्ताकपडा तथा विभिन्न इलेक्ट्रोनिक्स सामानसहित दुईवटा सिटी सफारी सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर, झापाका अनुसार साउन २१ गते अपराह्न ४ बजे सशस्त्र प्रहरी निरीक्षक मुकेश प्याकुरेलको कमाण्डमा खटिएको ९ सदस्यीय मोबाइल गस्ती टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो । नियन्त्रणमा लिइएका सामान तथा सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि साउन २२ गते बिहान ११ः५५ बजे भद्रपुर भन्सार कार्यालयमा बुझाइएको थियो। भन्सार कार्यालयले बरामद सामानको भन्सार मूल्य ५…
झापा, २२ साउन । जापानमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औँ एसियन गेम्स ९एसियाली खेलकुद०मा नेपालबाट १३६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) २०औँ एसियन गेम्सका लागि २२ खेलमा सहभागी हुने खेलाडी संख्या टुङ्गो लगाएको हो । एसियन गेम्स २०२६ मा १३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिएका छन् । यस्तै २२ खेलमा कूल ३२ प्रशिक्षक समावेश हुनेछन् । खेलाडी र प्रशिक्षक गरी कूल १६८ जना नेपालबाट जापान जानेछन् ।
अशोक थापा मगर निर्देशित फिल्म हो ‘जलाकी’ । फिल्मको पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगी र अन्जु पन्तको स्वर रहेको छ । सुरेन्द्र रानाको शब्द, गायक योगीकै संगीत रहेको गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन् । गीतको भिडियो सुरेन्द्र राईले कोरियोग्राफी गरेका हुन् । गीतका अलवा निर्माण युनिटले फिल्म्का दुई पोष्टर सार्वजनिक गर्दै ४ मंसिर प्रदर्शन घोषणा गरेको छ । फिल्ममा सोनम र उपासनाको अलवा शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा…