
सान नेपाल
गौरादह, ९ पुस । कृषि विकास शाखा गौरादहले किसानहरुलाई रोग कीरा नियन्त्रण गर्न स्प्रे टयाङ्की वितरण गरिएको छ ।
कृषि विकास शाखा कार्यालयमा गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाहले एक कार्यक्रमका बीच किसानहरुलाई टयाङ्की वितरण गरेका हुन् । नगरपालिकाले किसानहरुलाई राहत दिनका लागि ट्याङ्की खरीदमा ३ लाख उपलब्ध गराएपछि नगरपालिका भित्रका किसानहरुलाई ७५ प्रतिशत अनुदानमा १०० जना किसानहरुलाई ट्याङकी वितरण गरिएको हो ।
कार्यालयले दुई जना माछापालक किसानहरुलाई एरिएटर मेसिन पनि वितरण गरेको छ । नगरपालिकाभित्र बसोेबास गरी आर्थिक अवस्था विपन्न भएका किसानहरु, आदिबासी, दलित र जनजाति समुदायका किसानहरुलाई स्प्रे ट्याङकी वितरण गरिएको कृषि विकास शाखा प्रमुख प्रदिप कुमार श्रेष्ठले बताए ।
ट्याङकीमा किसानहरुलाई अपनत्वको अनुभुति गराउन उनीहरुको २५ प्रतिशत लगानी गरिएको पनि प्रमुख श्रेष्ठले बताए । यस वर्ष नगरपालिका भित्रका १०० जना किसानहरु लाभान्वित भएको कृषि विकास शाखा गौरादहका कर्मचारी देवी प्रसाद सिंहले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


