
गौरादह, ९ पुस । गौरादह नगरपालिका भित्रका अगुवा किसानहरुलाई उन्नत जातको मकै प्रवर्दन तथा बजारीकरण सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ ।
चुडाल खरिद बिक्री केन्द्र गौरादहले नगरपालिकाभित्रका वडा नं. १ देखि ७ सम्मका २५ जना किसानहरुलाई मकै खेती गर्ने तरिका सम्बन्धी तालिम दिएको हो । गौरादह–३ को सूर्योदय आधारभूत विद्यालयमा सञ्चालन गरिएको तालिममा क्षेत्रीय कृषी अनुसन्धान केन्द्र तरहरका वरिष्ठ कृषि वैज्ञानिक सन्तोष राज तृपाठीले सहभागी किसानलाई मकैको बिउ पहिचान, रोप्ने तरिका, रोग किरा निवारण र पहिचान सम्बन्धी प्रशिक्षण दिएका थिए ।
आइतबार तालिम समापनको अवसरमा गौरादह–२ का किसान लक्ष्मीप्रसाद घिमिरेको खेतमा मकै खेती गर्ने प्रयोगात्मक कक्षा सञ्चालन गरियो । चुडाल खरिद बिक्री केन्द्रका प्रमुख अशोक चुडालले सहभागीलाई प्रमाण–पत्र वितरण गरेको स्थानीय विशन बस्नेतले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


