
एजेन्सी, ३१ भदौ । एशिया कप टी–२० क्रिकेटमा आज बङ्गलादेश र अफगानिस्तान खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरू हुनेछ । समूह ‘बी’ अन्तर्गत बङ्गलादेश र अफगानिस्तानबीचको आजको खेललाई निर्णायक मानिएको छ ।
हङकङमाथि सहज जित निकालेको बङ्गलादेशलाई अफगानिस्तानलाई जित्नैपर्ने दबाब छ । आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् ।

एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

