
झापा, ११ असोज । नेपालले आज आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेल खेल्न लागेको हो।
खेल यूएईस्थित सारजाह क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति सवा ८ बजेपछि सुरु हुनेछ। तीन खेलको यो सिरिज अन्तर्गत दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

वेस्ट इन्डिजसँगको सिरिज सकिएपछि नेपाली टोली सोही स्थानबाट ओमान प्रस्थान गर्नेछ। ओमानमा अर्को सातादेखि सुरु हुने आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट प्रतियोगिताको तयारीस्वरूप नेपालले यो सिरिजलाई महत्वपूर्ण अभ्यासको रूपमा लिएको छ।
Facebook Comments Box

