
झापा, २९ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।
आज पनि अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलरको मूल्य घटेको छ। तर युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरी, आज युरो १ को खरिदर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा छ। हिजो युरो १ को खरिदर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा छ। हिजो स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा थियो ।
त्यसैगरी आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ५४ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा छ । हिजो पनि बहराइन दिनारको निनिमयदर यही थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।


