
झापा, ३ पुस । झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस २ गते विशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका–५ का धिरज न्यौपानेलाई ९ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ।
त्यसैगरी, झापाको इलाका प्रहरी कार्यालय दमकले दमक–६ का वीरबहादुर पौडेललाई १ ग्राम २३० मिलिग्राम ब्राउनसुगरसहित र कनकाई नगरपालिका–६ का गोपाल राजवंशीलाई १७० मिलिग्राम ब्राउनसुगरसहित अस्थायी प्रहरी पोष्ट दुर्गापुरले पक्राउ गरेको छ ।
त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का विशाल राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ५८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
Facebook Comments Box


