
झापा, १७ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले बुझाएको समानुपातिक बन्द सूचीका उम्मेदवारमध्ये २७ जना कोशीका रहेका छन् ।
बन्दसूचीमा २७ जना कोशी प्रदेशबाट रहेको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । सिफारिस गरिएकामध्ये पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट ८ जना रहेका छन् ।
झापाबाट समानुपातिकको सूचीमा लता प्रसाईं, निर्मला पाठक, मेनुका काफ्ले, विद्यानन्द राजवंशी, मीता घतानी, जितु गौतम, सोम पोर्तेल र अनिता कन्दङ्वा रहेका छन् । मोरङ, इलाम र उदयपुरबाट २–२ जनाको नाम सिफारिस भएको छ । मोरङबाट गुरु बराल र नरेश पोखरेल रहेका छन् भने उदयपुरबाट मञ्जु चौधरी र कान्ता राई तथा इलामबाट तारा गुरुङ र शकुन्तला लेप्चा रहेका छन् ।
एमालेले पाँचथरबाट भूमिका सुब्बा, सुनसरीबाट मौसम राई, धनकुटाबाट मनकुमारी तारा तितुङ, तेह्रथुमबाट विष्णुमाया विक, संखुवासभाबाट लक्की शेर्पा, खोटाङबाट उषाकला राई, सोलुखुम्बुबाट डुफकुमार बाँस्तोला र भोजपुरबाट परशुराम अधिकारी रहेका छन् । कोशीका ओखलढुंगा र ताप्लेजुङबाट भने कोही पनि बन्द सूचीमा नपरेको सूचना आफूलाई आएको खतिवडाले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

