
झापा, १८ पुस । झापाको बिर्तामोड नगरपालिका–४ स्थित एककिलोमिटरबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली र लागुऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोली बिर्तामोड–४ स्थित एककिलोमिटरबाट दमक नगरपालिका–४ का २३ वर्षीय राजा माझी, दमक–१ का २९ वर्षीय टेकबहादुर कुमाल र दमक–१ का ३३ वर्षीय हर्कबहादुर कुमाललाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लागुऔषध खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिक बाहेकको ६ ग्राम १५० मिलि ग्राम, प्रतिबन्धित औषधि “ल्ष्तचयशभउबm तबदभितक क्ष्ए९ल्ष्तचयकगल® ज्ञण्० ” लेखिएको ५५ ट्याब्लेट र ३ वटा मोबाइल बरामद गरेको छ । उनीहरुलाई इप्रका अनारमनीमा ल्याएर राखिएको छ भने थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


