
झापा, २६ पुस । झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित न्यु इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको इष्टन होटलमा कामदारको मृत्यु भएको छ।
शुक्रबार साँझ होटलको चौथो तलामा फलामको पाइप सार्ने क्रममा कामदार सप्तरी खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय नरेशकुमार मण्डल अचानक भुईमा खस्दा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल मेची आम्दा अस्पताल धुलाबारीमा उपचारका लागि पठाइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतक मण्डलको शव अस्पतालमै राखिएको छ ।
Facebook Comments Box

