
कनकाई, १ माघ । झापाको कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा आमाछोराको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
बिर्तामोडबाट माईधारतर्फ गइरहेको मे १ च ४५१५ नम्बरको मालबाहक गाडी र माईधारबाट बिर्तामोडतर्फ आइरहेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा पिकअपमा सवार भद्रपुर नगरपालिका– ८ की ४० वर्षीया सुष्मा राजवंशी उहाँका १८ महिनाका छोरा आरुति राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले राससलाई जानकारी दिनुभयो ।

घाइतेहरूको बिर्तासिटी र बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । दुर्घटनापछि फरार बस चालकको खोजी भइरहेको छ भने मालबाहक गाडीका चालक बिर्तामोड नगरपालिका–६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचाररत ः
१, जि झापा मेचिनगर नगरपालिका वडा नं.– १५ बस्ने बर्ष ६५ की फुलमुन्नि मुर्मु निधार र मुखमा चोट अवस्था सामान्य ।
२, ऐ.ऐ. बस्ने बर्ष ४२ की जमुना राजवंशी निधारमा चोट अवस्था सामान्य
३, ऐ बस्ने टिकेन्द्र राजवंशीको छोरा बर्ष ११ को अनिष राजवंशी टाउकोमा चोट अवस्था सामान्य
४, जि. झापा भद्रपुर न.पा. बस्ने आफुद राजवंशीको छोरा बर्ष १.५ को आरुति राजवंशी ( बालक ) को अस्पताल ल्याईपुर्याउना साथ डक्टरले चेकजाँच गर्दा ऐ १०ः१५ मा मृत्यु घोषणा गरेको
बिर्तासिटि अस्पताल बिर्तामोड उपचारत ः
१, जि.झापा भद्रपुर नगरपालिका वडा नं. ० ४ बस्ने बर्ष ४० को पुस्पलाल राजवंशी टाउको र दाहिने कुममा चोट अवस्था मध्यम
२, ऐ ८ बस्ने बर्ष ४० को आफुद राजवंशी टाउकोमा चोट, दाहिने हात र दाहिने खुट्टा भाचिएको अवस्था गम्भिर
३, निजको श्रिमति बर्ष ४० को सुस्मा राजवंशी दाहिने हात र खुट्टा भाचिएको, टाउकोमा चोट अवस्था गम्भिर
४, निजकै छोरा बर्ष १५ को आशिष राजवंशी बायँ हात र चिउडोमा चोट अवस्था सामान्य
५, जि. झापा भद्रपुर ९ बस्ने बर्ष ४० की टेमुना राजवंशी टाउकोमा र हातमा चोट अवस्था मध्यम
६, जि.झापा शिवसताक्षी नपा १० बस्ने बर्ष २९ की अन्जलि राई छातिमा भित्री चोट अवस्था मध्यम
७, जि.झापा बिर्तामोड न.पा. ३ बस्ने बर्ष २४ को अभिषेक राजवंशी बाँया हातमा भित्री चोट अवस्था सामान्य
८, जि.झापा मेचिनगर न.पा. १५ बस्ने बर्ष १५ की कृतिका राजवंशी टाउकोमा चोट अवस्था सामान्य
९, जि.झापा भद्रपुर न.पा.– ४ बस्ने बर्ष ४५ की पाथल राजवंशी दाहिने खुट्टा भाचिएको, मुखमा चोट अवस्था गम्भिर
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

