
सुनसरी, १ माघ । सुनसरीको प्रहरी चौकी अमडुवा, दुहबीले सुनसरीको बर्जु गाउँपालिका–४ हरबनी स्थितबाट बेवारिसे अवस्थामा रहेको ५ सय ५४ किलो ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।
पुस ३० गते विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका-४ स्थित बाँस झ्याङबाट ५ सय ५४ किलो लागू औषध गाँजा बेवारिसे अवस्थामा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भइरहेको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

