
बिराटनगर, १ माघ । मोरङ र भोजपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पुस ३० गते इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलिले बिराटनगर-१ का रिहान अन्सारीलाई १ ग्राम २० मिलीग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय बालंखा, भोजपुरबाट खटिएको प्रहरी टोलीले आमचोक१० स्थितमा कोठा भाडामा बस्ने भोजपुर नगरपालिका १० का ४६ वर्षिय मचिन्द्र राईलाई उनकै कोठाबाट ८७ किलो ५०० ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

