
झापा, १२ माघ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा झापा–५ निर्वाचन क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशेष चासोको केन्द्र बनेको छ । यस क्षेत्रमा कूल १ लाख ६३ हजार ३७९ जना मतदाता छन् ।
यस क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेका छन् भने अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पनि यही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

ओलीलाई एमालेले ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गर्दै चुनाव अभियान चलाइरहेको छ भने रास्वपाले बालेनलाई समेत ‘भावी प्रधानमन्त्री’का रूपमा घोषणा गरिसकेको छ । दुई सम्भावित प्रधानमन्त्री उम्मेदवार एउटै क्षेत्रमा आमनेसामने भएपछि राजनीतिक माहोल थप तातिएको छ ।
झापा–५ मा कमल गाउँपालिकाका ७ वडा, गौरादह नगरपालिकाका ८ वडा, गौरीगञ्ज गाउँपालिकाका ४ वडा र दमक नगरपालिकाका १० वडा समावेश छन् ।

